ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ललितपुर क्विन्सले गर्‍यो सलिनालाई रिटेन

२ मिनेट अघि   सेतोपाटी

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ। गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो।  सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला...

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

५ मिनेट अघि   थाहाखबर

बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ।  भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो। यसको केन्द्रविन्दु स्यान्ड...

ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर बनाइरहेको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

१४ मिनेट अघि   सेतोपाटी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ । समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ। सम्झौताअनुसार आयोजनाको कूल रकमको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाखभन्दा बढी...

आइएमई पे र खल्तीको एकीकृत सेवा, अब ‘खल्ती बाइ आइएमई’

१९ मिनेट अघि   सेतोपाटी

आइएमई पे र खल्ती वालेट मर्ज भएर आज(साउन १) बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ।  यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्।  यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’...

हतियार लुकाएर राखेको आशंकामा दुई जना पक्राउ

२२ मिनेट अघि   थाहाखबर

विराटनगर : हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ जना पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल समेत बरामद गरेको छ। जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो।...

सुख्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

३२ मिनेट अघि   सेतोपाटी

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो। त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो। एकीकृत जाँचचौकीमा मालवाहक...

'सिटामोल' फिल्मको गीत 'मुटुभित्र खिल छ हजुर' सार्वजनिक

३३ मिनेट अघि   सेतोपाटी

साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म 'सिटामोल' को दोस्रो गीत 'मुटुभित्र खिल छ हजुर' सार्वजनिक भएको छ। बुधबार सार्वजनिक मर्मस्पर्शी गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि देखिएका छन्। बाबुल गिरीको संगीत तथा...

एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने

३८ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन्।  एनआइसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो।  यस सम्झौतासँगै अब बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।  यस...

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

४७ मिनेट अघि   थाहाखबर

पर्वत : ऋणीहरूले ऋण फिर्ता नगरेर धेरै सहकारीहरू अझैसम्म पनि समस्याग्रस्त अवस्थामा छन्। कुनै एक उद्देश्य देखाएर सहकारीबाट ऋणीहरूले निकालेको पैसा मिटर ब्याजमा लगाउनेदेखि अन्य उद्देश्यहरूमा खर्च भएका धेरै उदाहरण छन्। ब्याज असुलीमा सहकारीहरूले आँखा चिम्लिएर गरेको लगानी अनि सहकारीबाट...

४० लाख खर्चेर झरनाको व्यवस्थापन गरेपछि ओइरिन थाले पर्यटक

४७ मिनेट अघि   सेतोपाटी

लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना। उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भइ सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न...

तक्मे बुढाको फिल्म 'मैझारो' को छायांकन सुरू

४८ मिनेट अघि   सेतोपाटी

अभिनेता विल्सन विक्रम राईले फिल्म 'मैझारो' को छायांकन सुरू गरेका छन्। बिहीबार नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट फिल्मको छायांकन सुरू गरिएको हो। 'तक्मे बुढा' नामबाट चर्चित विल्सनको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ। पूर्वी पहाडको...

तोलामा तीन सय रूपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति?

५७ मिनेट अघि   सेतोपाटी

बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।  बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार भने सुन प्रतितोला एक लाख ९२ हजार...

साम्बाले अब अस्ट्रेलियन लिग खेल्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्।  साम्बा सिजन २०२५-२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरुको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ।  यो लिगमा १२ टोलीले...

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

१ घण्टा अघि   सेतोपाटी

लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट...

सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

तौलिहवा : कपिलवस्तुको  महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ। झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो। घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो। केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो।...

बासिबिदो बसेको मनसुन

१ घण्टा अघि   सेतोपाटी

मध्य बर्खाको मौसम छ। बिहीबारबाट त साउन नै सुरू भइसक्यो। ऋतुचक्र अनुसार पनि साउन र भदौ मुसलधारे पानी पर्ने याम हो।  तर देशका एकाध ठाउँबाहेक कतै पनि भारी वर्षा भएको छैन। हल्का (१० मिलिमिटरसम्म) देखि मध्यम (१० मिलिमिटरदेखि ५०सम्म) वर्षा...

चुरा पोतेको बजार, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : साउन महिना आएसँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरूले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो। खासगरी असन-इन्द्रचोक क्षेत्रमा चुरा पोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक...

बंगलादेशमा शेख हसिनाको गृहनगरमा भड्कियो हिंसा, चार जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा हिंसा भड्किएको छ। बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलनपछि उदाएको नेशनल सिटिजन पार्टी(एनसिपी) को र्‍यालीका क्रममा बुधबार हिंसा भड्किएको हो। बंगलादेशमा विद्यार्थी आन्दोलन सफल भएको एक वर्ष पुगेको अवसरमा एनसिपीले जुलाई एक देखि नै विभिन्न सहरहरूमा उत्सव मनाउँदै आएको थियो।...

कीर्तिपुर रङ्गशाला निर्माणको काम थमाधम, थिति बसाल्न दण्ड गर्‍यौ : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुँदा हर्जाना तिरेर काम गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै...

आर्थिक वर्ष सुरु, नयाँ बजेट कार्यान्वयनमा आउँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नयाँ आर्थिक वर्ष २०८२/८३ आज सुरु भएको छ। आजैदेखि सरकारले ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो। अघिल्लो...

बजेट ल्याउन नसकेका २३ पालिका बने बेखर्ची

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आर्थिक वर्ष सकिँदा पनि बजेट सार्वजनिक गर्न नसकेका २३ पालिकाले बेखर्ची भएका छन्। असार १० गतेसम्म बजेट पेश गरी असार मसान्तसम्ममा पारित गरिसक्नुपर्नेमा हिजोसम्म ११ नगरपालिका र १२ गाउँपालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन्। ७३० स्थानीय तहले भने समयमै...

कर्णालीमा आज सार्वजनिक बिदा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : कर्णाली प्रदेशले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष साउन एक गते यो पर्व मनाउने प्रचलन रहेको छ। २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा...

बाढीपछि केरूङमा फसेकालाई तातोपानी हुँदै फर्काइने, नेपालले थाल्यो पहल

२ घण्टा अघि   सेतोपाटी

गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा फसेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ।   रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पुल नै बगाएपछि केरूङमै अड्किएका नेपालीहरूलाई वैकल्पिक बाटोबाट नेपाल फर्काउन पहल थालिएको जानकारी दिए।  ल्हेन्देमा बाढी आएपछि...

केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्र्रमुख सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठकको तयारी र एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी...