सहरका अनौठा मान्छे!
तृप्त छन् पेटहरू तृप्त छन् आँखाहरू तर हरदम अतृप्त छन् आजकल केही थान हिजोका धनी सहरिया मानिसका हृदयका कुनाहरू! आलिसान महल भित्रका मान्छेलाई पर्याप्त छन् सबै सुविधाहरू तर खै किन हो पाइन छाडेछन् त्यहाँभित्र आँखा जुधाउने मान्छे साँच्चैको घाउ देख्ने...