ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाले ५९ लाख खर्च गरेर रवि लामिछानेका पक्षमा जुटायो २४ लाख ५७ हजार जनाको हस्ताक्षर

२७ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ। बिहीबार केन्द्रीय कार्यालय चःमतिमा पत्रकार सम्मेलन गरेर रास्वपाले सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेका...

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

२ मिनेट अघि   सेतोपाटी

अब विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने भएका छन्।  मौद्रिक नीतिमा घोषणा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले परिपत्रमा संशोधन गरेर यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।  हाल भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले प्रतिपटक २५ सय अमेरिकी डलरसम्म साट्न...

कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

५ मिनेट अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष सुरू हुने दिन साउन १ गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरू तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्। प्रदेश सरकार कार्य विभाजन...

बैंकहरूले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋणपत्रमा लगानी गर्न पाउने

७ मिनेट अघि   सेतोपाटी

अब वाणिज्य बैंकहरूले आफ्नै लागि ऋणपत्रमा लगानी गर्दा (किनेको र बेचेको दुवैको जोड) प्राथमिक पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्।  हालसम्म प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे।  बैंकले आफूसँग मौज्दात रहेको परिवर्त्र्य विदेशी मुद्राको लगानी व्यवस्थापन...

पाँच करोडभन्दा धेरै लागतका आयोजना ठेक्का लिने निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने

१६ मिनेट अघि   सेतोपाटी

पाँच करोड रूपैयाँभन्दा बढी लागत भएका सडक, पुल, बाँध, नहरजस्ता आयोजनाको निर्माण सम्पन्नपछि पनि कम्तिमा पाँच वर्ष निर्माण व्यवसायीले मर्मत गर्नुपर्ने भएको छ। अर्थमन्त्रालयले बिहीबार चालु वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको लागि मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो।...

सहरका अनौठा मान्छे!

२१ मिनेट अघि   सेतोपाटी

तृप्त छन् पेटहरू तृप्त छन् आँखाहरू तर हरदम अतृप्त छन् आजकल केही थान हिजोका धनी सहरिया  मानिसका हृदयका कुनाहरू! आलिसान महल भित्रका मान्छेलाई पर्याप्त छन् सबै सुविधाहरू तर खै किन हो पाइन छाडेछन् त्यहाँभित्र आँखा जुधाउने मान्छे साँच्चैको घाउ देख्ने...

एनआइसी एसिया बैंकले गर्ने लिलाम बिक्री अब पोर्टलमा हेर्न सकिने

३० मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ती तथा धितो सुरक्षणमा रहेको सम्पत्तीसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ।  बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तीहरू सम्बन्धी सम्पूर्ण किसिमका...

शेखर कोइरालाले खुमलटार पुगेर भेटे प्रचण्डलाई

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका छन्। अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार उनकै निवास खुमलटारमा पुगेका हुन्। ‘अध्यक्षज्यू र कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रम, संघीय सरकार र मन्त्रीहरूका पछिल्ला अडिओ प्रकरण...

प्रभा र हिमालले विश्व पारा एथलेटिक्स खेल्ने

३१ मिनेट अघि   सेतोपाटी

हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन्। भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन्। हिमालले सटपुट तथा प्रभाले...

एमालेको सचिवालय बैठक : विधान संशोधनबारे छलफल जारी

३५ मिनेट अघि   थाहाखबर

काठमडौँ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा अहिले सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा आज विधान संशोधनको बहस औपचारिकरुपमा प्रवेश पाएको छ।  एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई कार्यकाल एउटा पदमा रहिसकेपछि...

पर्यटन बोर्डका पूर्वसिइओ डा.धनञ्जय रेग्मी रास्वपा प्रवेश

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटीबी)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश...

पढ्दै गर्दा हराएको भविष्य!

४१ मिनेट अघि   सेतोपाटी

हामीमध्ये धेरैले वातावरण, जलवायु परिवर्तन र जैविक विविधता जस्ता विषयहरू स्कुल, कलेजमा पढेका छौँ। तर ती किताबका अक्षरहरू कहिलेकाहीँ हाम्रो दैनिक जीवनको यथार्थसँग मेल खान सक्दैनन्। यो लेखमा मैले मेरो गाउँ, किसान, खोलो र सानी केटीको मासुम प्रश्नहरूबाट सिकेका ती...

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा

४६ मिनेट अघि   सेतोपाटी

आइएमई पे र खल्ती मर्ज भएर बिहीबार (साउन १ गते)बाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। बिहीबार एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा गरिएको हो।  झन्डै एक दशकदेखि विभिन्न डिजिटल...

ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

५७ मिनेट अघि   सेतोपाटी

दाङको दंगीशरणको रहरपुरमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।  दंगीशरण गाउँपालिका–१ रहरपुरका २५ वर्षीय प्रहरी जवान शिवन चौधरी र सोही ठाउँ निवासी १८ वर्षीय क्षितिज चौधरी घाइते भएका छन्।  प्रहरी चौकी हिवुवा काभ्रेमा दरबन्दी भई प्रहरी चौधरी रोसी...

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ।  रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार...

अमेरिकाबाट पठाएको सहयोग डाँगी परिवारलाई हस्तान्तरण

१ घण्टा अघि   सेतोपाटी

अमेरिका जाने क्रममा बाटोमै अस्ताएका पूर्वबहादुर डाँगीका परिवारलाई ६ लाख सहयोग हस्तान्तरण गरिएको छ। गत फागुन २१ गते अवैध मार्ग (तल्लो बाटो) हुँदै अमेरिका जाने क्रममा घानाको आका भन्ने स्थानमा हृदयघातका कारण डाँगीको ३७ वर्षको उमेरमा मृत्यु भएको थियो।  नेपाली...

छुट्टै डेरामा लागुऔषधको भण्डार, गर्थिन् नयाँ-नयाँ सुटकेशमा ओसारपसार

१ घण्टा अघि   सेतोपाटी

लागुऔषध नियन्त्रण ब्युरोले एक जना महिलालाई लागुऔषध ट्रामाडोल र गाँजासहित पक्राउ गरेको छ। लागुऔषधको रूपमा प्रयोग हुने ट्रामाडोल काठमाडौंको बालाजुस्थित एक कोठाबाट बिहीबार ठूलो संख्यामा बरामद भएको हो। प्रहरीले मोरङको बेलबारी-३ घर भई बालाजु बस्ने ३२ वर्षीया निकु राईलाई पक्राउ गरेको...

ओलीले भने, 'विद्यालाई अहिल्यै नेतृत्व दिन सकिँदैन'

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा छलफल नै नभएको बताएका छन्। १४ असारमै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर सक्रिय गतिविधि गरिराख्दा ओलीले भने पार्टीमा फर्किनेबारे कुनै सल्लाह नगरेको...

भूमि मन्त्रीले भने- अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफू र आफ्नो मन्त्रालयसँग सरोकार नै नभएका व्यक्तिहरूले अडिओ सार्वजनिक गरेको बताउँदै चरित्र हत्या गर्न मात्रै खोजिएको दाबी गरेका छन्। बिहीबार मन्त्रालयले ‘आर्थिक वर्ष २०८१–२०८२ मा मन्त्रालयबाट भएका उपलब्धिहरुबारे जानकारी दिन’ भन्दै पत्रकार सम्मेलन...

'शिक्षक हो भनेर ममाथि भएको यौन दुर्व्यवहार सहेर बस्न सकिनँ'

१ घण्टा अघि   सेतोपाटी

ओखलढुंगामा एक किशोरीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै एक शिक्षकविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन्। किशोरीका गाउँकै स्थानीय ती शिक्षक मोलुङ गाउँपालिकाको एक स्कुलमा पढाउँछन्। किशोरीले उनीविरूद्ध २०८१ पुस १४ गते अदालतमा मुद्दा दर्ता गराएकी हुन्। ४५ वर्षीय शिक्षकका गल्ती नजरअन्दाज गरिदिन आफन्त, छरछिमेकले दबाब दिए...

साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकाको पोस्टमा नेपालको सात गोल

१ घण्टा अघि   सेतोपाटी

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा तेस्रो खेलमा जित निकालेको छ। बंगलादेशमा चार टिमबीच डलब राउन्ड रोबिनको आधारमा भइरहेको दोस्रो राउन्डमा नेपालले श्रीलंकामाथि ७-० गोलको जित निकालेको हो। अघिल्लो राउन्डमा पनि नेपालले श्रीलंकालाई ७-० गोलले नै हराएको...

अब केन्द्रीय सर्भरमा अवरोध आए पनि विमानस्थलको अध्यागनमा काम नरोकिने

१ घण्टा अघि   सेतोपाटी

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय सर्भरमा समस्या आए पनि काम नरोकिने भएको छ। यसअघि अध्यागमन कार्यालय केन्द्रीय सर्भरमा मात्रै निर्भर हुँदै आएको थियो। जुन बेलाबेलामा समस्या आएर अध्यागमनको काममा अवरोध हुने गरेको थियो। सर्भरमा समस्या आउँदा कतिपय कालोसूचीमा रहने...

रास्वपाको हस्ताक्षर अभियान : ४६ लाख चन्दा संकलन, झण्डै ६० लाख खर्च

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेका पक्षमा गरिएको हस्ताक्षर संकलन अभियानमा हालसम्म झण्डै ६० लाख खर्च भइसकेको बताए। रास्वपाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी अभियानका लागि छुट्टै कोष संचालन गरिरहेको जनाएको हो। रास्वपाले सभापति लामिछानेमाथि भएको राजनीतिक...

काठमाडौँ महानगरले विद्यालयका सटर भत्कायो तर पैसा दिएन‚ किन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कक्षाकोठा साँघुरो भएको भन्दै सरकारी विद्यालयले भाडामा लगाएका सटर भत्काइ दियो। महानगरपालिका नगरप्रहरीले २०८१ जेठ बाटै जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) ठमेल,रत्नराज्य माध्यमिक विद्यालय बानेश्वर, मंगलादेवी माध्यमिक विद्यालय गुह्येश्वरीकाे सटर भत्कायाे। यसैगरी जनकल्याण माध्यमिक विद्यालय बौद्ध,पशुपति मित्र माध्यमिक विद्यालय...