एमाले सचिवालय बैठकमा विद्या भण्डारीको विषय प्रवेश
नेकपा (एमाले) को च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयले प्रवेश पाएको छ। सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषयमा छलफल गर्नुपर्छ भनेको सचिव भट्टराईले बताए। ‘पूर्वराष्ट्रपतिका बारेमा छलफल हुन्छ। अध्यक्षले छलफल गर्नुपर्छ...