एकतीस लाख २५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । ग्रीन भेञ्चर्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । ...