पिन्चुबूढा र पिन्चुबूढीका सन्तानले रचेका गीत
यो त्यति बेलाको कुरा हो, जब पृथ्वीमा घोर अन्धकार छाएको थियो। धर्ती पूरै पानीले भरिएको थियो। त्यही पानीको फिँजबाट ठाकुर पिता र ठाकुर माताको सिर्जना भयो। उनीहरूले आफ्नो शक्तिको प्रतापबाट पृथ्वीको धुवाँ र अन्धकार हटाए अनि हावा निर्माण गरे। त्यसपछि उमारे पानीमा बिरूवा; र त्यही पानीमा रमाउने एक जोडी हाँस। सृष्टिको यो क्रम बढ्दै...