एएफसी महिला एसियन कप छनोट : जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरूलाई जितको शुभकामना दिएका छन्। श्रीलङ्काको टोलीलाई जितेर आज शनिबार उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन्। उज्वेकिस्तानको तासकेन्दस्थित...