ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

३७ सेकेन्ड अघि   सेतोपाटी

नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको...

आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका वेला आगजनी भएका संस्था पुनः उठ्ने तयारीमा छन्। चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेशन, भटभटेनी, एनसेल लगायतमाथि ठूलो क्षति पुगेको छ। विनोद चौधरीको रवि भवनको निजी निवासमा लुटपाट हुनुका साथै चौधरी समूहअन्तर्गत सतुंगलको सिजीको फ्याक्ट्रीदेखि थापाथलीस्थित...

पर्सामा कारागार आसपास र मुख्य राजमार्ग दंगाग्रस्त क्षेत्र घोषणा, अझै जारी छ कर्फ्यू र निषेधाज्ञा

८ मिनेट अघि   सेतोपाटी

पर्सामा जेनजीको आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ। बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ। बजार क्षेत्रमा पसलहरु खुल्न थालेका छन्। बीरगन्जबाट लामो तथा छोटो दुरीका लागि चल्ने सवारी साधन सुचारु भएका छन्। तर स्थानीय प्रशासनले कर्फ्यू तथा निषेधाज्ञाको...

कास्की प्रशासनले सुरू गर्‍यो अत्यावश्यक सेवा

२० मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ। सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपदको काम शुरु गरेको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले जानकारी दिइन्। प्रशासनले अहिले दुइवटा सामान्य मर्मतसम्भार गरेर सेवा दिन सुरु गरेको छ।...

लाइसन्स छपाइ र वितरण बन्द

२९ मिनेट अघि   सेतोपाटी

यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसन्स) छपाइ तथा वितरण कार्य बन्द गरेकाे छ।  विभागले एक विज्ञप्ती जारी गर्दै विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको जनाएको हो। विभागका अनुसार भदौ...

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ। मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पुरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन...

देशभरिका कारगारबाट भागेकामध्ये ३ हजार ७२३ कैदीबन्दी पक्राउ

३७ मिनेट अघि   सेतोपाटी

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी...

काभ्रे प्रहरीले २ दिनमा बरामद गर्‍यो ७३० राउण्ड गोली, ७ जना नियन्त्रणमा

४६ मिनेट अघि   सेतोपाटी

काभ्रे प्रहरीले दुई दिनमा ७३० राउण्ड गोली र ७ जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हराएको ७३० राउण्ड गोली फेला पारेको छ। २४ गते इलाका प्रहरी कार्यालय बनेपामा आगजानी गरेका ७ जनालाई नियन्त्रणमा लिइएको छ। ...

कार्यथलोमा आगजनीपछि बिलखबन्दमा छन् सिंहदरबारका कर्मचारी (तस्बिरहरू)

५८ मिनेट अघि   सेतोपाटी

देशको प्रशासनिक केन्द्र सिंहदरबार बौरिन सकेको छैन। आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक सम्बोधन गरी छिट्टै पुनर्निर्माण हुने आशा पनि व्यक्ति गरेकी छन्। तर कर्मचारी अझै विश्वस्त हुन सकेका छैनन्। खरानी बनेको पश्चिम मोहोडा,...

सुमनाले भनेकी थिइन्– रविलाई 'पास', बालेन 'युवाहरूको आशा'

५९ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी सुमना श्रेष्ठको सभापति रवि लामिछानेसँग केही समयदेखि नै सम्बन्ध चिसिँदै गएको थियो। उनीहरूको चिसिएको सम्बन्धको श्रृंखला लामो छ। त्यसका केही झलक पार्टी सभापतिबारे सुमनाले गरेका टिप्पणीले पनि दिन्छन्। गत...

देशभरबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्म तीन हजार ७२३ कैदीबन्दी...

दुई महिनाको सुत्केरीमाथि बलात्कार

१ घण्टा अघि   सेतोपाटी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा  दुई महिनाको सुत्केरीमाथि बलात्कार भएको खुलेको छ।  रक्सिराङ वडा- २ इन्द्रोङमा बस्ने चेपाङको परिवारमा श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार गरेको खुलेको छ।  शुक्रबार (भदौ २७) राति केही अन्जान व्यक्तिहरूले सुत्केरी महिलामाथि बलात्कार भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।  ‘श्रीमानलाई...

के 'बलिदान', 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' फूलपातीमै आउँछन्?

१ घण्टा अघि   सेतोपाटी

जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिका कारण फिल्महरूको प्रदर्शन पनि प्रभावित बनेको छ। हल ठप्प हुँदा प्रदर्शनरत फिल्म रोकिएका छन्। प्रदर्शन तयारीमा रहेका फिल्मको रिलिज स्थगित गरिएको छ।  असोज ३ गतेका लागि रिलिज तोकिएको 'जारी २' उक्त मितिमा रिलिज नहुने...

भेटेको ५ लाख नगद युवकले गरे फिर्ता

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बानेश्वरमा लुटपाट हुँदा बाटोमा भेटेको ५ लाख नगद युवकले प्रहरीलाई फिर्ता गरेका छन्। ललितपुर महानगरपालिका-११ बस्ने ३७ वर्षीय सुरेश देउलाले आइतबार बिहान जिल्ला प्रहरी परिसर ललितपुर पुगेर पाँच लाख १० हजर ५ सय रुपैयाँ फिर्ता गरेका हुन्। उक्त रकम...

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित ६ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार...

रोकिएका यात्रुलाई पहिले पठाइने, त्यसपछि दसैंलाई टिकट बुकिङ खुल्ने

१ घण्टा अघि   सेतोपाटी

दसैंका लागि अहिले नै अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।  अहिले प्रदर्शनका कारण उपत्यकामा रोकिएका यात्रुलाई पठाएपछि मात्र दसैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो।   आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र यातायात व्यवसायीबीचको बैठकले यस्तो...

टेन्टमुनि सर्वोच्च अदालत: २४ हजार बढी मुद्दा के होला? (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतको गेट अगाडि आइतबार बिहानैदेखि भिड छ। सर्वोच्चका कर्मचारीहरू सँगसँगै सुरक्षाकर्मी, तारिख लिन आएका मानिसहरू उपस्थित छन्। करिब ११ बजेतिर कर्मचारीहरू आएर के कसरी व्यवस्थापन गर्ने भनेर परिसरमै छलफल गरी टेन्टमुनि डेस्कको स्थापना गरेका थिए। कर्मचारीहरूले रेजिस्टर ल्याए र अलमलमा परिरहेका...

क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण संकलन गरिरहेको छ।  ‘अहिले तत्काल अरु काम भन्दा पनि प्रदर्शनबाट क्षतिहरू के के भएको छ, त्यसको विवरण संकलन गर्ने काम भइरहेको छ’ मन्त्रालयकी सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितले...

नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान मन्त्रीहरू निस्कन थाले बाहिर

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षा दिई राखेका तत्कालीन मन्त्रीहरू बाहिर निस्कन थालेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नेताहरूलाई सेनाले सुरक्षामा राखेको थियो भने मन्त्रीहरूलाई पनि सुरक्षा दिएर...

३५ किलोमिटर सडक नबन्दा पन्ध्र सय बढी कन्टेनर ४५ दिनदेखि तातोपानी पारी अलपत्र

१ घण्टा अघि   सेतोपाटी

तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान ४५ दिनदेखि रोकिएको छ।  कोदारीमा अवस्थित करिब ३५ किलोमिटरसडक खण्डको मर्मत नहुँदा चीनको नेलम यार्डमा करिब १५ सयबढी कन्टेनर अलपत्र परेका छन्।  दसैं नजिकिँदै गर्दा उद्योगी तथा व्यापारीहले कच्चा पदार्थ र तयारी सामान नपाउँदा गम्भीर...

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

१ घण्टा अघि   थाहाखबर

चितवन : कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्। कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार...

खाद्य कम्पनीले दसैंमा खसीबोका बिक्री गर्ने सम्भावना कम, सुपथ पसल चल्ने

१ घण्टा अघि   सेतोपाटी

हालैको प्रदर्शनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीको तयारी स्थगित गरेको छ।  यसवर्ष १८ सय खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको कम्पनीले  तयारी अगाडि बढाउन सकेको छैन।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

सिडिओ कार्यालय काठमाडौंको सेवा तोकिएका विभिन्न ठाउँबाट लिन सकिने

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयबाटै पूर्ववत अवस्थामा सेवा सञ्चालन नहुन्जेल तोकिएका विभिन्न कार्यालयबाट सेवा लिन सकिने बताएको छ। भदौ २४ गतेको प्रदर्शनका क्रममा काठमाडौं सिडिओ कार्यालयमा आगजनी भएको थियो।  कार्यालयले सूचना निकालेर अत्यावश्यक भएमा विभिन्न कार्यालयबाट सेवा उपलब्ध गराउने व्यवस्था...

पाकिस्तानमा सैनिक कारबाहीमा १० आतङ्ककारीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतङ्ककारी) मारिएका छन्। पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो। विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति...