ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत

११ मिनेट अघि   सेतोपाटी

महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राजीनामा स्वीकृत गरेका हुन्।  गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो राजीनामा दिएपछि महान्यायाधिवक्ता बडालले पनि राजीनामा दिएका थिए। महान्यायाधिवक्ता सरकारका कानुन सल्लाहकार हुन्छन्। सरकार परिवर्तनसँगै महान्यायाधिवक्ताले पनि...

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योलता

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्योल भएको छ। कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्योल देखिएको...

आर्थिक सुधारका लागि सहकार्य गर्न तयार छौंः एमच्याम नेपाल

१८ मिनेट अघि   सेतोपाटी

अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै एमच्याम नेपालले नेपालको लोकतान्त्रिक र...

सभापति देउवामाथि बर्बरतापूर्ण आक्रमण भयो: कांग्रेस

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरभित्रै रहेका सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए। शेरबहादुर र आरजुमाथि...

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

२३ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएको छ। आइतबार मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना जारी गर्दै बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने जानकारी दिएका छन्। आइतबारदेखि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट...

गोल्यान ग्रुपको अपिलः अब भावी पुस्ताको लागि काम गरौं

२६ मिनेट अघि   सेतोपाटी

व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ।  गत साता भएको जेन–जी संघर्षको सन्दर्भमा उसले यसका लागि प्रत्येक संस्था, व्यापारिक प्रतिष्ठान र हरेक व्यक्ति एकजुट हुनुपर्ने बताएको छ। ‘अबको...

बारबरा फाउन्डेशनले भन्यो- कोभिडपछि हामी नेपालसँग कुनै सहकार्य गरेका छैनौं

२८ मिनेट अघि   सेतोपाटी

बारबरा फाउन्डेशनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिडपछि कुनै पनि आर्थिक सम्बन्ध नभएको प्रष्ट पारेको छ। जेनजीको प्रदर्शन र त्यसका प्रतिनिधिलाई जोडेर फाउन्डेसनको विषयम‍ा विभिन्न टिकाटिप्पणी हुन थालेपछि बारबराले आइतबार पत्रकार सम्मेलन गरेको थियो।  पत्रकार सम्मेलनपछि विज्ञप्ती जारी गर्दै फाउन्डेसनले कोभिड महामारीको समयमा...

के फागुन २१ को चुनावमा भोट हाल्न अब नाम लेखाउन पाइन्छ?

३५ मिनेट अघि   सेतोपाटी

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव घोषणा गरेपछि त्यो चुनावमा भोट हाल्न मतदाता नामावलीमा अब नाम लेखाउन मिल्छ कि मिल्दैन भन्ने चासो छ। १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरू चुनावमा भोट दिन योग्य हुन्छन्। कसैले १६ वर्षमै...

नेपालको इतिहासमा सबै अन्तरिम सरकारले सफलतापूर्वक काम सम्पन्न गरेका छन्

३७ मिनेट अघि   सेतोपाटी

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरिन्। मुलुकको ४२ औं प्रधानमन्त्रीको इतिहास लेखाएकी कार्की अन्तरिम सरकार प्रमुख हुन्। गत भदौ २३ गतेदेखि सुरू भएको जेन–जी विद्रोहले अवकाशप्राप्त प्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुखको ओहोदामा पुर्‍याएको हो। यो सरकारको...

लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ ः गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालकाा लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले आज सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र...

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

४९ मिनेट अघि   सेतोपाटी

नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको...

आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका वेला आगजनी भएका संस्था पुनः उठ्ने तयारीमा छन्। चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेशन, भटभटेनी, एनसेल लगायतमाथि ठूलो क्षति पुगेको छ। विनोद चौधरीको रवि भवनको निजी निवासमा लुटपाट हुनुका साथै चौधरी समूहअन्तर्गत सतुंगलको सिजीको फ्याक्ट्रीदेखि थापाथलीस्थित...

पर्सामा कारागार आसपास र मुख्य राजमार्ग दंगाग्रस्त क्षेत्र घोषणा, अझै जारी छ कर्फ्यू र निषेधाज्ञा

५७ मिनेट अघि   सेतोपाटी

पर्सामा जेनजीको आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ। बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ। बजार क्षेत्रमा पसलहरु खुल्न थालेका छन्। बीरगन्जबाट लामो तथा छोटो दुरीका लागि चल्ने सवारी साधन सुचारु भएका छन्। तर स्थानीय प्रशासनले कर्फ्यू तथा निषेधाज्ञाको...

कास्की प्रशासनले सुरू गर्‍यो अत्यावश्यक सेवा

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ। सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपदको काम शुरु गरेको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले जानकारी दिइन्। प्रशासनले अहिले दुइवटा सामान्य मर्मतसम्भार गरेर सेवा दिन सुरु गरेको छ।...

लाइसन्स छपाइ र वितरण बन्द

१ घण्टा अघि   सेतोपाटी

यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसन्स) छपाइ तथा वितरण कार्य बन्द गरेकाे छ।  विभागले एक विज्ञप्ती जारी गर्दै विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको जनाएको हो। विभागका अनुसार भदौ...

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ। मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पुरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन...

देशभरिका कारगारबाट भागेकामध्ये ३ हजार ७२३ कैदीबन्दी पक्राउ

१ घण्टा अघि   सेतोपाटी

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी...

काभ्रे प्रहरीले २ दिनमा बरामद गर्‍यो ७३० राउण्ड गोली, ७ जना नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

काभ्रे प्रहरीले दुई दिनमा ७३० राउण्ड गोली र ७ जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हराएको ७३० राउण्ड गोली फेला पारेको छ। २४ गते इलाका प्रहरी कार्यालय बनेपामा आगजानी गरेका ७ जनालाई नियन्त्रणमा लिइएको छ। ...

कार्यथलोमा आगजनीपछि बिलखबन्दमा छन् सिंहदरबारका कर्मचारी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

देशको प्रशासनिक केन्द्र सिंहदरबार बौरिन सकेको छैन। आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक सम्बोधन गरी छिट्टै पुनर्निर्माण हुने आशा पनि व्यक्ति गरेकी छन्। तर कर्मचारी अझै विश्वस्त हुन सकेका छैनन्। खरानी बनेको पश्चिम मोहोडा,...

सुमनाले भनेकी थिइन्– रविलाई 'पास', बालेन 'युवाहरूको आशा'

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी सुमना श्रेष्ठको सभापति रवि लामिछानेसँग केही समयदेखि नै सम्बन्ध चिसिँदै गएको थियो। उनीहरूको चिसिएको सम्बन्धको श्रृंखला लामो छ। त्यसका केही झलक पार्टी सभापतिबारे सुमनाले गरेका टिप्पणीले पनि दिन्छन्। गत...

देशभरबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्म तीन हजार ७२३ कैदीबन्दी...

दुई महिनाको सुत्केरीमाथि बलात्कार

२ घण्टा अघि   सेतोपाटी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा  दुई महिनाको सुत्केरीमाथि बलात्कार भएको खुलेको छ।  रक्सिराङ वडा- २ इन्द्रोङमा बस्ने चेपाङको परिवारमा श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार गरेको खुलेको छ।  शुक्रबार (भदौ २७) राति केही अन्जान व्यक्तिहरूले सुत्केरी महिलामाथि बलात्कार भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।  ‘श्रीमानलाई...

के 'बलिदान', 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' फूलपातीमै आउँछन्?

२ घण्टा अघि   सेतोपाटी

जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिका कारण फिल्महरूको प्रदर्शन पनि प्रभावित बनेको छ। हल ठप्प हुँदा प्रदर्शनरत फिल्म रोकिएका छन्। प्रदर्शन तयारीमा रहेका फिल्मको रिलिज स्थगित गरिएको छ।  असोज ३ गतेका लागि रिलिज तोकिएको 'जारी २' उक्त मितिमा रिलिज नहुने...

भेटेको ५ लाख नगद युवकले गरे फिर्ता

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बानेश्वरमा लुटपाट हुँदा बाटोमा भेटेको ५ लाख नगद युवकले प्रहरीलाई फिर्ता गरेका छन्। ललितपुर महानगरपालिका-११ बस्ने ३७ वर्षीय सुरेश देउलाले आइतबार बिहान जिल्ला प्रहरी परिसर ललितपुर पुगेर पाँच लाख १० हजर ५ सय रुपैयाँ फिर्ता गरेका हुन्। उक्त रकम...