ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

बसको ठक्करबाट बालिकाको मृत्यु

१ मिनेट अघि   सेतोपाटी

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले सडक छेउमा...

नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ

१ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्। चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए। ‘आजै जिल्ला अदालत कैलाली बुझाउँदै छौं’, उनले भने। अरूण चौधरी कैलाली क्षेत्र नम्बर २...

गृह मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान कायमै

११ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ।  बिहीबार साँझ बसेको केन्द्रीय समिति र स‌ंसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने अडान कायम राखेको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै...

बाँकेबाट काठमाडौं हुँदै धनगढी ल्याइए सांसद चौधरी

१२ मिनेट अघि   थाहाखबर

धनगढी : बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ। चौधरीलाई श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो। चौधरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले...

मलेसियाका गृहमन्त्री काठमाडौंमा

१९ मिनेट अघि   नेपालखबर

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपाल आएका छन्।  गृहमन्त्री इस्माइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ओर्लेका हुन्। मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टा छुट्टै...

पक्राउ परेका सांसद अरूण चौधरीलाई ल्याइयो कैलाली

२१ मिनेट अघि   सेतोपाटी

प्रहरीले पक्राउ गरेका सांसद अरूण चौधरीलाई कैलाली ल्याइएको छ। कैलाली क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभाका सांसद चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो। चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो। नेपालगञ्जबाट काठमाडौं...

सांसद चौधरीलाई रिहाई गर्न नागरिक उन्मुक्ति पार्टीले दियो २४ घण्टे अल्टिमेटम

३० मिनेट अघि   फरक धार

नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसदलाई रिहाई गर्न माग गरेको छ । उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोध गर्दै २४ घन्टाभित्र छोड्न अल्टिमेटम दिएको छ ।  १० वर्षसम्म...

३ मन्त्रालय कटौती गरेर १३ वटा कार्यालय !

३९ मिनेट अघि   थाहाखबर

हेटौंडा : तीनवटा मन्त्रालय कटौती गरेर सरकारी खर्च घटाएको बागमती प्रदेश सरकारले १३ वटा कार्यालय खोल्ने तयारी गरेको छ। प्रदेशमा कायम १४ वटा मन्त्रालयबाट ३ वटा मन्त्रालय कटौती गर्दै ११ वटा बनाएको प्रदेश सरकारले काटिएको मन्त्रालयअन्तर्गतका १३ वटा कार्यालय खोल्ने...

दाहाल र ओलीले दुई दिनको समय मागेपछि सरकारबाट बाहिरिनबाट रोक्कियो स्वतन्त्र पार्टी

४० मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेपछि सरकारबाट बाहिरिनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रोक्किएको छ ।  सो पार्टीका महामन्त्री मुकुल ढकालले पत्रकारहरुलाई जानकारी दिने क्रममा सत्तारुढ दलहरुबाट आग्रह भएकाले दुई दिनको समय...

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, दुई दिन पर्खिने

४२ मिनेट अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । रास्वपाले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको...

रास्वपाले सरकारबारे निर्णय लिन दुई दिनको समय कुर्ने

४४ मिनेट अघि   नेपालखबर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने भएको छ।  बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो। बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई...

माओवादी प्रवक्ता भन्छन् - रास्वपाले धैर्य गर्नुपर्छ

४८ मिनेट अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकबारे...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

५० मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने भएकाे छ । आज बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयाे ।  

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

५५ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे छ ।  फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद चौधरीलाई पक्राउ गरेको विरोध गर्दै पार्टीले रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे हाे । १०...

सिमसार दिवसमा राप्ती नदी सरसफाई

१ घण्टा अघि   सेतोपाटी

विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ। 'आजको आवश्यकता सिमसारको पुनर्स्थापना' नारासहित नदीको करिब पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको हो।  मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखि मेघौलीको राधाकृष्ण सामुदायिक वनसम्मको नदी, आसपासको जंगल र सिमसार क्षेत्रको सरसफाई गरिएको हो। चितवन...

सांसद चौधरी पक्राउले सत्ता गठबन्धनमा तरंग, सुदूरपश्चिम सरकार संकटमा

१ घण्टा अघि   नेपालखबर

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला मच्चिएको छ।  यो घटनापछि सुदूरपश्चिम प्रदेशको निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति सत्तारुढ गठबन्धनसँग झनै रिसाएको छ।  मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको...

रविलाई गुरु घिमिरेको सुझाव : अदालतलाई मान्नू, पदप्रति आशक्ति नदेखाउनू

१ घण्टा अघि   नेपालखबर

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पदप्रति धेरै आशक्त नहुन सुझाव दिएका छन्।  माघ १३ गते सर्वोच्च अदालतको फैसलापछि सांसदसहित सबै पद गुमाएका रविले गृहमन्त्रालयमा फर्किन जोडबल गरिरहेपछि घिमिरेले यस्तो बताएका हुन्। उनले देशको कानुन...

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस

१ घण्टा अघि   नेपालखबर

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ। निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो। गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द...

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ ।  बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको...

सांसद चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदै, अध्यक्ष रञ्जिता पनि साथमा

१ घण्टा अघि   नेपालखबर

बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको...

अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिवको कार्यविभाजन, को कहाँ?

१ घण्टा अघि   नेपालखबर

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवापछि नयाँ कार्यविभाजन भएको छ। ६ जना सहसचिव नयाँ आएका र ६ जना सरुवा भएर गएपछि अर्थमन्त्री विष्णु पौडेलले नयाँ कार्यविभाजन गरेका छन्।  नयाँ कार्यविभाजन अनुसार धनिराम शर्माले बजेट महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्। त्यस्तै श्रीकृष्ण नेपाललाई...

त्रिदेशीय सिरिज : क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी, राष्ट्रिय टोलीमा फर्किए सन्दीप

१ घण्टा अघि   नेपालखबर

क्रिकेट एशोसिएन नेपाल (क्यान) ले त्रिदेशीय सिरिजका लागि २० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।  पोखरामा माघ १७ मा बसेको क्यान कार्य समिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।  क्यानले सअघि...

प्रहरीका १६३ डिएसपीको सरूवा (सूचीसहित)

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ।  बिहीबार प्रहरी प्रधान कार्यालयले १६३ जना डिएसपीको सरूवा गरेको हो। प्रहरीले तीन वटा सरूवा सूची सार्वजनिक गरेको हो। जसमा ११६ जना, ३४ जना र १३ जनाको काज सरूवा गरेको हो।  माघ...

स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि संदीप पनि प्रशिक्षणमा

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । बालिका बलात्कारको आरोप लागेका उनी धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन हटाएको थियो ।  क्यानले यसअघि २८ सदस्यीय टोली बनाएर बन्द प्रशिक्षणमा पठाउने...