ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अल्पमत र बहुमतबाट अनुशासन कारबाही गरे पार्टी झन् अराजक हुन्छ: मीनेन्द्र रिजाल

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अल्पमत र बहुमतबाट अनुशासन कारबाही गर्ने हो भने पार्टी झन् अराजक बन्ने बताएका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै रिजालले भने, ‘अल्पमत र बहुमतबाट अनुशासन कारबाही गर्‍यौं भने अझै बढी अराजक...

बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?

२७ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरका बारेमा बोलेका छन्। उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेका हुन्। केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको...

कांग्रेस केन्द्रीय समितिमा शशांकको प्रस्ताव- धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले संविधान संशोधन गर्दा यही कुरा राख्न प्रस्तावसमेत गरेका हुन्। ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस...

अनमेल विवाह र यातनाले निम्त्याएको भोजपुरको वीभत्स हत्याकाण्ड

४० मिनेट अघि   सेतोपाटी

अघिल्लो दिन साँझतिर गिरी परिवारको घरमा कुखुराको भाले काटेर खाने कुराकानी हुँदै गरेको छिमेकीले सुनेका थिए।  आइतबार बिहान तिनै छिमेकीले घरको सिकुवामा डोकोले छोपिरहेको अवस्थामा कुखुराको भालेलाई ज्यूँदै फेला पारे। तर, त्यो परिवारको घरमा उपलब्ध सबै सदस्यलाई भने घरैमा मृत...

यी विषयमा भएन सहमति, कहिले पारित होला शिक्षा विधेयक ?

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रस्तावमा स्थगित भएको पाँच दिनपछि आज(आइतबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ। आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ। केही विषयमा सहमति नभएपछि...

राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू राजनीतिमा फर्किदा वितृष्णा बढाउँछ: चन्द्र भण्डारी

४४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू फेरि सक्रिय राजनीतिमा फर्किदा त्यसले वितृष्णा बढाउने बताएका छन्। आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किदा त्यसले आलोचना झन् बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका हुन्। ‘राष्ट्रपति...

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

४६ मिनेट अघि   सेतोपाटी

गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ।  रोशी खोलाले  बगाएको सडक बनाउन चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडि बढाएको छ। तर काम अगाडि बढ्न पनि काम त्यति अगाडी बढ्न सकेको छैन । अहिले डाइभर्सन...

अदालतले म्याद नदिएपछि ठेकेदार मनोज भेटवाल छुटे

५० मिनेट अघि   सेतोपाटी

बैंकिङ कसुरमा पक्राउ परेका ठेकेदार मनोज भेटवाल केही दिनमै छुटेका छन्। जिल्ला अदालत काठमाडौंले म्याद नथपेकाले उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार असार १९ गते म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा स्वास्थ्य अवस्थाका कारण म्याद...

अनुशासनका नाममा पार्टीमा एकपक्षीय कारबाही भइरहेको छ: एनपी साउद

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अनुशासनका नाममा पार्टीभित्र एकपक्षीय कारबाही भइरहेको बताएका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहार देखिएको छ। अनुशासनका नाममा एक पक्षीय कारबाही भएको छ। यसले...

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २१ स्वर्ण

१ घण्टा अघि   सेतोपाटी

नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ। नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन्। महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५०...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो। यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान...

केराको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा केराको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। कालीमाटी बजारमा आइतबार केरा प्रति दर्जन थोक मूल्य न्यूनतम एक सय ३५ देखि अधिकतम एक सय ४५ रूपैयाँमा बिक्री भइरहेको छ। एक साताअघिको तुलनामा...

दोस्रो सिजनको नेपाल प्रिमियरका लागि ८ टोलीमा ५१ खेलाडी रिटेन

१ घण्टा अघि   सेतोपाटी

दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्  अघिल्लो सिजन खेलेका कम्तिमा ४५ खेलाडी भने...

गोकर्णेश्वर नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका तीन जनामाथि कुटपिट

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको गोकर्णेश्वर नगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका तीन जनामाथि कुटपिट भएको छ। आइतबार बिहान सवा १० बजे गोकर्णेश्वर नगरपालिका-८  छहारी क्लबस्थित नगरपालिकाको गेटअगाडि तीन जनाले प्रदर्शन गरेका थिए। अर्थोपेडिक अस्पताल नारायणटारको कम्पाण्डमा पार्किङ शुल्क लिएको भन्दै तीन जनाले प्रदर्शन गरेका हुन्। ३३ वर्षीय...

सत्ता गठबन्धन भत्काउन प्रचण्ड लागि पर्नुभएको छ, रास्वपा लगायतले सघाएका छन्: रघुवीर महासेठ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन्।  आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रियसँगै अन्तर्राष्ट्रिय शक्तिहरू लागिरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाएका...

निगुरोको मूल्य बढ्यो, कति पुग्यो किलोको?

१ घण्टा अघि   सेतोपाटी

बजारमा निगुरोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। कालीमाटी बजारमा आइतबार निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम ८० रूपैयाँदेखि अधिकतम एक सय  रूपैयाँमा कारोबार भइरहेको छ। एक साताअघिको तुलनामा यो प्रतिकिलो ३० रूपैयाँसम्म...

असार २९ गतेदेखि आइपिओ बिक्री गर्दै बुंगल हाइड्रो

१ घण्टा अघि   सेतोपाटी

बुंगल हाइड्रोले असार २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८३ करोड रूपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड...

बल्झियो पारित गर्ने चरणमा पुगेको विद्यालय शिक्षा विधेयक

१ घण्टा अघि   सेतोपाटी

पारित गर्ने चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा विवाद बल्झिएको छ। नेपाल शिक्षक महासंघले दलहरूलाई विधेयकका कयौं प्रावधानमा असहमति जनाएपछि दलहरू पुन: छलफलमा जुटेका हुन्।  विधेयकमाथि छलफल गर्न आइतबार दिउँसो १ बजे समितिको बैठक डाकिएको छ।  तर विधेयकमा सहमति जुट्ने सम्भावना भने न्यून...

शिक्षा समितिकाे बैठक बस्दै, टुंगिएला विधेयक ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ। समितिको आज(आइतबार) दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ। उक्त बैठकमा शिक्षा विधेयक र टुंगिन बाँकी रहेको विषयमाथि छलफल हुने कार्यसूचि रहेको समितिले जनाएको...

त्रिभुवन विमानस्थल साँघुरो भएकाले यात्रु छिटो र सामान पास हुन ढिलो हुन्छ : मन्त्री पाण्डे

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन्। विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन्। ...

सभापति र महामन्त्रीका आकांक्षीकै जिल्लामा क्रियाशील नवीकरणमा ढिलाइ भयो: प्रकाश रसाइली

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) ले सभापति, उपसभापति र महामन्त्री उम्मेदवार आकांक्षीहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भइरहेको बताएका छन्। सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका रसाइलीले आफ्नो जिल्ला, क्षेत्र...

महासेठको दाबी : एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच अन्तरविरोध छैन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर...

टक्क अडिएको जीवन!

२ घण्टा अघि   सेतोपाटी

‘तिमी अझै आइपुगेको छैनौ? तिम्रो यो समयमा न आउने बानी कहिले नसुध्रिने भयो है?’ म बल्ल भद्रकाली पेट्रोल पम्पमा आफ्नो बाइकमा पेट्रोल भर्दै थिएँ। मैले ठिक साढे पाँच बजे न्युरोड गेटमा भेट्ने भनेर उसलाई समय दिएको थिएँ। सिंहदरबारबाट न्युरोड सामान्यतया...

मन्त्री पार्टी अध्यक्षलाई गाडी दिने, मन्त्रालय गाडी खोजिदिन गृहलाई पत्र लेख्ने

२ घण्टा अघि   सेतोपाटी

सिंहदरबारभित्र रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायले प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको एउटा सरकारी गाडी हराएको भन्दै खोजिदिन गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गर्‍यो। सरकारी स्वामित्वको गाडी केही समयदेखि हराइरहेको भन्दै मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै असार १५ गते गाडी खोजिदिन...