ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

समानुपातिक सांसदहरूलाई आयोगले आज प्रमाण पत्र दिने

१ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिने भएको छ। समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान ११ बजे प्रमाणपत्र दिने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ। बहादुरभवन स्थित आयोगको प्रांगणमै सो कार्यक्रम हुने छ।  फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन...

गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

१४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका हुन्। 'सभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको छ। केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान भएको छ, त्यही उक्त राजीनामाबारे छलफल हुन्छ,' कांग्रेसका एक पदाधिकारीले...

बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, यस्तो छ विनिमयदर

३१ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र...

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

४६ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन्। ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन्। ती तस्बिरमा ४५ अनुहारहरू छन्। निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान...

६ प्रदेशका यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

५९ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा...

आज चैते दसैंको घटस्थापना

१ घण्टा अघि   सेतोपाटी

चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैंको नवरात्र सुरु गरिँदै छ। चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ। चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...

पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग

१ घण्टा अघि   सेतोपाटी

कास्की, पोखराका स्थानीय विनोद बराल बेलायत गएको २७ वर्ष भयो। उनी लन्डनको 'नून फुड' नामक खाद्य कम्पनीमा रिसर्च एन्ड डेभलपमेन्ट सेफ प्रमुख भएर काम गरिरहेका छन्। उनी यो कम्पनीमा आबद्ध भएको एक महिना मात्रै भयो। उनका अनुसार यो कम्पनीले विभिन्न परिकारको...

श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि

११ घण्टा अघि   सेतोपाटी

सहिद परिवार सुनिता राईका लागि भदौ २३ गते सामान्य दिनजस्तै सुरू भयो। उनलाई न त्यो दिन जेनजी आन्दोलन हुँदैछ भन्ने जानकारी थियो, न त्यसको प्रभावले आफ्नो जीवन बदलिँदैछ भन्ने कुनै अनुमान। अपराह्नतिर सामाजिक सञ्जालमा फैलिएका मृत्युका खबर देखे–सुनेपछि मात्र सुनिताले...

अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा अदालतको राहत

११ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता राजपाल यादवलाई ९ करोड भारतीय रूपैयाँको चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतबाट अन्तरिम राहत मिलेको छ। बुधबार अदालतले उनको जेल सजाय तत्कालका लागि स्थगित गर्दै उनलाई हाललाई जेल नपठाउने आदेश दिएको हिन्तुस्तान टाइम्सले जनाएको छ।  अदालतले पहिले दिएको...

गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु

१२ घण्टा अघि   सेतोपाटी

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। वेलका नगरपालिका-४ स्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको  को १ ख ३५१६ नम्बरको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको हो। वेलका बोर्डिङ स्कुलको बसबाट खस्दा वेलका नगरपालिका-४ कै ९ वर्षीय सफल...

न्युजिल्यान्डका कलिन मनरोले जेबीबाट इयू टी-२० लिग खेल्ने

१२ घण्टा अघि   सेतोपाटी

बेल्जियमको इयू टी-२० लिगमा लागि जेबी ब्रुजेजले न्युजिल्यान्डका कलिन मनरोलाई आबद्ध गरेको छ।  न्युजिल्यान्डका मनरोलाई टोलीले पहिलो सिजनका लागि भित्र्याएको हो। ३९ बर्षीय ब्याटर मनरोले आइपिएलसहित विश्वका चर्चित लिग खेलेका छन्।  यसअघि जेबीले  दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई...

अत्यधिक रक्तस्राव भएकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरेर ल्याइयो काठमाडौं

१२ घण्टा अघि   सेतोपाटी

संखुवासभाबाट अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ। जिल्ला अस्पातलमा मंगलबार शिशु जन्माएकी सुत्केरीको बुधबार पनि अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर आज काठमाडौं ल्याइएको हो। मकालु गाउँपालिका- १ की २८ वर्षीया महिलालाई उद्धार गरिएको प्रमुख...

जय ट्रफीको उपाधि भिडन्तमा आर्मीमाथि पुलिसको नियन्त्रण

१३ घण्टा अघि   सेतोपाटी

जय ट्रफी इलिट कप बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तअन्तर्गत दोस्रो दिनको खेल सकिदा नेपाल पुलिस क्लबले खेल नियन्त्रणमा लिएको छ।  माथिल्लो मुलपानी मैदानमा बुधबार दोस्रो दिन दोस्रो इनिङग्स सुरु गरेको आर्मीले दिनको खेल सकिदा १७८-९ को स्थितिमा छ। अन्तिम...

रामकृष्ण ढकालको फिल्म 'मालती मंगले' को शीर्ष गीत सार्वजनिक (भिडिओ)

१३ घण्टा अघि   सेतोपाटी

गायक रामकृष्ण ढकालको निर्माणमा बनेको फिल्म 'मालती मंगले' को शीर्षक गीत सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच 'सुनैको सपनी' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा रामकृष्ण ढकाल र रचना रिमालको स्वर छ। शब्द आनन्द अधिकारीको हो भने संगीत निर्देशक उज्ज्वल सागर...

इरानी ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले मध्यपूर्वमा खटायो २०१ सैन्य विज्ञ!

१३ घण्टा अघि   सेतोपाटी

इरानको ड्रोन आक्रमणबाट जोगाउन मध्यपूर्वमा आफ्ना दुई सय बढी सैन्य विज्ञ खटिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। इरानको शाहिद ड्रोनबाट जोगाउन आफ्ना २०१ सैन्य विज्ञ खटिएको र थप ३४ जना खटिन तयार रहेको जेलेन्स्कीले जानकारी दिएको द गार्डियनले लेखेको...

समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर?

१३ घण्टा अघि   सेतोपाटी

राज्य नश्लीय र एकल जातीय भयो भनेर पाखा लगाइएका जाति, वर्ग, क्षेत्रहरूले वर्षौंदेखि संघर्ष गर्दै आएका छन्। तर कहिलेकाहीँ अनौठो हुँदोरहेछ — समावेशी सिद्धान्त बमोजिम स्थापित क्लस्टरहरू स्वयं एकल जातीय बन्दा रहेछन्। यस पटकको समानुपातिक निर्वाचनमा दलित क्लस्टरमा ठ्याक्कै त्यस्तै देखियो। यसै त निर्वाचित हुने...

'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि नेपालमा पनि एकसाथ रिलिज हुँदै, एड्भान्स बुकिङ तीव्र

१३ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि भारतसहित विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ। नेपालमा पनि फिल्म बिहीबार एकसाथ रिलिज हुँदैछ।  नेपालका सिनेमा हलले यो फिल्मलाई ठूलो संख्यामा शो दिएका छन्। बिहीबारको लागि नेपालमा फिल्मले ३२५ शोज पाएको जनाइएको...

टुँडिखेलमा यसरी मनाइयो घोडे जात्रा (तस्बिरहरू)

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा घोडे जात्रा मनाइएको छ।  प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा बुधबार दिउँसो टुँडिखेलमा मनाइएको हो।  जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा सेनाले विभिन्न प्रदर्शन गरेको हो।  समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री...

दुई दिनपछि बस्छ कांग्रेस केन्द्रीय समिति बैठक, के विषयमा हुन्छ छलफल?

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले चैत ६ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको र अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न यो बैठक राखेको नेताहरूले जनाएका छन्। साथै समसामयिक राजनीतिक घटनाक्रम...

प्रिमियरका छात्रहरू निस्सा फुटबल र यू–१९ जेभियर बास्केटबल प्रतियोगिताका विजेता

१४ घण्टा अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनुअम स्कुलका छात्रहरूले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उपाधि जितेका छन्। फुटबल टोलीले नेपाल इन्टर–स्कुल स्पोर्ट्स एसोसिएसन (निस्सा) लिग फुटबल २०२६ जित्यो भने बास्केटबल टोली १२औँ जेभियर इन्टरनेसनल यू–१९ बास्केटबल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।...

फिफाले इरानको खेल अमेरिकाबाट मेक्सिको सार्न गर्‍यो अस्वीकार

१४ घण्टा अघि   सेतोपाटी

यस वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकप फुटबलमा इरानका खेलहरू अमेरिकाबाट मेक्सिको सार्ने प्रस्तावलाई फिफाले अस्वीकार गरेको छ। इरानको फुटबल संघले आफ्ना खेलाडीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको थियो। अमेरिका र इजरायलसँग इरानको तनाव र सैन्य टकराव चलिरहेको...

सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा

१४ घण्टा अघि   सेतोपाटी

जात्रा एउटै हो, तर मनाउने तरिका आनका तान फरक छ। हामी कुरा गर्दै छौं, घोडेजात्राको। काठमाडौंमा सेनाले परेड खेलेर मनाउने घोडेजात्रा पाटनमा भने फरक छ। यहाँ महर्जन समुदायका गुठियारहरू घोडा कुदाउँदै जात्रा मनाउँछन्। नेपाल भाषामा यसलाई 'याकः सल जात्रा' भनिन्छ।...

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

१४ घण्टा अघि   सेतोपाटी

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ। नेपाल सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देहीकै देवदह, कपिलवस्तुको...

निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने

१४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएकाे प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।  उक्त कार्यक्रम आयाेगकाे प्राङ्गण कान्तिपथमा हुनेछ।  फागुन २१ गते प्रतिनिधि सभा...