ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सडकबाट २०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

५८ सेकेन्ड अघि   सेतोपाटी

प्युठानमा शुक्रबार दिउँसो भएको गाडी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।  प्यूठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका – ५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थल पुगेका जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका...

स्कुल जान नपाएका दिदीभाइ, भन्छन्– हामीलाई यो ठाउँ मन परेन भनेर बालेन सरकारलाई भन्दिनू है!'

१९ मिनेट अघि   सेतोपाटी

हामी सुकुम्बासी परिवारलाई राखिएको नागार्जुन नगरपालिका-२ को इचंगु अपार्टमेन्ट जाँदा तलमाथि डुल्दै थिए — भूमिका र मुकेश दाहाल। १३ वर्षीया भूमिका र १२ वर्षीय मुकेश दिदीभाइ हुन्। उनका बुबा विक्रम र आमा सुनिता भने कोठामा भेटिएनन्। उनीहरूको कोठा नम्बर हो...

मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धरले गरे पदभार ग्रहण

२२ मिनेट अघि   सेतोपाटी

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका तारा मानन्धरले शक्रबारदेखि पदभार ग्रहण गरेका छन्। बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस...

एन्फा माथिको प्रतिबन्ध फुकुवा

४० मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको प्रतिबन्ध बिना सर्त फुकुवा गरिएको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना सर्त फुकुवा गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै...

नख्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ

४८ मिनेट अघि   सेतोपाटी

नख्खु कारागार काठमाडौंबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुर्चाैंडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।  इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको...

तरलता थुप्रिँदा कर्जा विस्तार सुस्त, भ्यालुएटर आन्दोलनले थप असर

१ घण्टा अघि   सेतोपाटी

बैंकिङ प्रणालीमा अहिले करिब १२ खर्ब रूपैयाँ हाराहारी तरलता भए पनि अपेक्षित रूपमा कर्जा विस्तार हुन सकेको छैन। बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त भए पनि निजी क्षेत्रबाट कर्जाको माग कमजोर रहँदा वित्तीय प्रणालीमै रकम थुप्रिने अवस्था देखिएको हो। पछिल्लो समय युवाको...

मन्त्रालय संख्या ८ कायम गर्ने निर्णय लुम्बिनी मन्त्रिपरिषद बैठकको निर्णय

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ। प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्य सहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको  मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण...

शुक्रबार नेप्से स्थिर, कारोबार रकम ३ अर्ब ९ करोडमा सीमित

१ घण्टा अघि   सेतोपाटी

शुक्रबार नेप्से परिसूचक स्थिर छ। बिहीबार २७३०.१७ विन्दुमा बन्द भएको नेप्से आज २७३१.९४ विन्दुमा बन्द भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ९ करोड रूपैयाँको कारोबार भएको...

नीताले सार्वजनिक गरिन् 'पार्वती' को पहिलो झलक

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म 'पार्वती'को पहिलो झलक सार्वजनिक गरेकी छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरहरूमा नीतालाई फरक र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको देखिन्छ। पहिलो पोस्टरमा उनी स्कुले छात्राको पोसाकमा देखिन्छिन्।...

जेनजी प्रतिनिधिले छलफल बहिष्कार गर्ने भनेपछि कार्यदल संयोजक असिम शाहले के भने?

१ घण्टा अघि   सेतोपाटी

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ।  कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको...

इरानबारे सीको समान धारणा रहेको ट्रम्पको दाबी

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे आफ्नो र चिनियाँ राष्ट्रपति सी चिनफिङको समान धारणा रहेको दाबी गरेका छन्। सीसँग शुक्रबार दोस्रो चरणको वार्ता सकिएपछि इरान मामलामा आफ्नो धैर्यता टुट्दै गएको भन्दै उनले त्यस्तो टिप्पणी गरेका छन्। इरानलाई आणविक हतियार बनाउन दिन...

पोखराको बसपार्क ओगटेको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोन भ्यू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

देशकै पर्यटकीय नगरी पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा झन्डै ४ सयभन्दा बढी सुकुम्बासी घर परिवार रहँदै आएको छ।   पाँच दशकदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाका कारण यहाँको बसपार्क प्रभावित बन्दै आएको छ। २०३२ सालमा बसपार्क निर्माणका लागि अधिग्रहण...

रूप्सेमा रमझम, काभ्रेभीरमा त्रास!

१ घण्टा अघि   सेतोपाटी

मिति २०८३, बैशाख १७। पानी परिरहेको छ। हामी मुक्तिनाथ तीर्थाटनमा छौँ। वर्षाले सडक बिगारेको छ भन्ठानेर हामीले आफ्नो मोटर म्याग्दीको बेनी बजारमै थन्क्याएका छौँ। दिनको १२ बज्नै लागेको छ। म्याग्दीको बेनी बजारबाट हामीले माइक्रोबस समात्यौँ। हाम्रो मुक्तिनाथसम्मको बाँकी यात्रा अब...

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे कांग्रेस सभापति थापालाई

२ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटवार्ता गरेका छन्। सभापति थापालाई भेट्न मुख्यमन्त्री शाह कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए। मुख्यमन्त्री शाह र सभापति थापाबीच आज शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्ता सौहार्दपूर्ण रहेको...

साउन १ मा आउने 'गौँथली'को पोस्टर सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'गौँथली'को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो।  सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा अभिनेता अरूण क्षेत्री र अभिनेत्री सिम्रन खड्का दुवै अटाएका छन् भने अर्कोमा सिम्रन मात्रै...

यस वर्षको मनसुनमा प्रदेशका कुन-कुन जिल्ला कति हुन्छन् प्रभावित?

२ घण्टा अघि   सेतोपाटी

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बिहीबार स्वीकृत कार्ययोजनाअनुसार यस वर्ष देशभरिका करिब ५१ हजार ८६८ घुरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने देखिएको आकलन...

प्रतिबन्धविरूद्ध संयुक्त विद्यार्थी संगठनको मार्चपास (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

संयुक्त विद्यार्थी संगठनले 'प्रतिबन्धविरूद्ध प्रतिरोध गरौं' भन्ने नारा लगाएर मार्चपास गरेको छ।  शुक्रबार काठमाडौंको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म संगठनले मार्चपास गरेको हो। उनीहरूले 'इनफ इज इनफ', 'गरिबको चमेली बोल्दिने कोही छैन', 'विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर', 'प्रधानमन्त्री नशा, देश दशामा' लगायत प्लाकार्ड...

गोठ र गोठालाहरू!

२ घण्टा अघि   सेतोपाटी

पहिलाका गोठालाहरू— चिटिक्क देखिन्थे, टक्क दौरा–सुरुवाल, टिलिक्क जुत्ता, रङ्गिन टोपी लगाउँथे। मिठो बोल्थे, ठुला–ठुला गफ गर्थे, आकाश–पाताल एक पार्थे, तर काम गर्दैनथे— बरु दूध चोर्थे।  गोठ गोबरले भरिन्थ्यो, झिँगाहरू भन्किन्थे झ्याल–ढोका खुला छोडिन्थ्यो छिमेकीहरू निर्बाध आउँथे–जान्थे मानौँ गोठको ढोका होइन,...

'नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ'

२ घण्टा अघि   सेतोपाटी

नेपालका लागि जोएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जी. ओ. अटोमोबाइल्स प्रा. लि. ले सहज स्वामित्व, पारदर्शी स्पेयर पार्ट्स मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको छ। साथै सातवटै प्रदेशमा सम्पन्न प्रदेश स्तरीय समीक्षा बैठकको प्रतिवेदन, केन्द्रीय कार्यसमिति बैठकको मिति र एजेण्डा, संविधान संशोधन सम्बन्धमा...

परदेशीको बाध्यता र स्वास्थ्य चेतना!

२ घण्टा अघि   सेतोपाटी

सधैँझैँ नियमित रूपमा अफिसतर्फ जाँदै गर्दा शिन्जुकु स्टेशन पुग्न केही समय मात्रै बाँकी थियो। बिहानको व्यस्त समय भएकाले ट्रेनभित्र मानिसहरूको निकै भीड थियो। सबै आ–आफ्नै गन्तव्यतर्फ हतारिइरहेका थिए। त्यही क्रममा अचानक एक जना अधबैँसे जापानी पुरुष ट्रेनभित्रै ढले। घटना यति...

सात मुलुकसँग अघि बढ्यो श्रम सम्झौता प्रक्रिया

२ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पुनःश्रम स्वीकृतिको नीतिगत प्रबन्धमा सुधार...

प्रधानन्यायाधीशमा सिफारिस भएपछि इजलास बसेका छैनन् न्यायाधीश शर्मा

३ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माले कुनै पनि मुद्दा हेरेका छैनन्।  उनी दिनहुँजसो सर्वोच्च अदालत आइरहेका छन् तर इजलासमा बस्दिनँ भनेर गोला तान्न जाने गरेका छैनन्।  गएको शुक्रबारदेखि आज पनि न्यायाधीश शर्माको इजलास नदेखेपछि हामीले सर्वोच्च अदालतका प्रवक्ता...

फोनपोइन्ट्स '२.२' उत्सव सुरू: मात्र २ पोइन्टमा उपहारको वर्षा!

३ घण्टा अघि   सेतोपाटी

नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतीक्षित '२.२' उत्सव आधिकारिक रूपमा घोषणा गरेको छ। जेठ २ गतेदेखि सञ्चालनमा आउने यो उत्सव यस वर्षकै सबैभन्दा ठूलो र वृहत् 'रिवार्ड फेस्टिभल' का रूपमा चर्चामा छ। यस '२.२ उत्सव' अन्तर्गत खाना, लाइफस्टाइल,...