कीर्तिपुरको होल्डिङ सेन्टरमा यसरी राखिएको छ सुकुम्बासीहरूलाई
कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वारबाट करिब डेढ सय मिटर अगाडि बढ्दा 'राधास्वामी सत्संग व्यास नेपाल' को बोर्ड देखिन्छ। रातो–सेतो रङले रंगिएका पिलर र कालो रङको ठूलो फलामे गेटबाट भित्र पस्दा कुनै भव्य भवनमा प्रवेश गरेजस्तो अनुभूति हुन्छ। गेटसँगै जोडिएको...
