ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

४९ सेकेन्ड अघि   थाहाखबर

कञ्चनपुर : जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन्। फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन्। कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन्। फरारमध्ये १७...

बुधबार बिहानसम्म यी स्थानमा भारी हिमपात र मध्यम वर्षाको सम्भावना

३ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यस प्रणालीको प्रभावले सोमबार गते रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी...

सुत्केरीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, प्रहरी परिचालन (तस्बिरहरू)

६ मिनेट अघि   सेतोपाटी

सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनाव भएको छ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।  उनका अनुसार मृतकका आफन्तहरूले  अस्पतालको लापरवाहीले गर्दा...

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा आज(सोमबार)रातिदेखि १२ गते बिहानसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव...

मोफसलको भाइटिका!

११ मिनेट अघि   सेतोपाटी

तिहारभन्दा त भाइटिका शब्द आफ्नो जस्तो, मिठास र आत्मीय लाग्छ। बुझ्छन् त सबैले तिहार बुझ्छन्। कोही कोही दीपावली पनि भन्दछन् तर दीपावलीले मात्र भाइटिका बुझाउँदैन, अपुरो लाग्छ। पोखरा छाडेको बाइस वर्षपछि पुनः अहिले २०८२ को भाइटिका यस पटक मोफसलमा मनाइयो। बच्चालाई...

चीनद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

१६ मिनेट अघि   थाहाखबर

चीनले आइतवार आफ्नो दक्षिणपश्चिमी सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ उपग्रह पठाएको छ। गाओफेन–१४ ०२ उपग्रह बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च–३बी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो। योजनाबद्ध कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ। यो उपग्रहले राष्ट्रिय...

छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने शीर्ष नेताहरूको विश्वास

२३ मिनेट अघि   थाहाखबर

काठमाडाैं : छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने नेपालका शिर्ष नेताहरूले बताएका छन्। छठ पर्व–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गरी यस पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सद्भाव र सहअस्तित्व सुदृढ पार्ने विश्वास व्यक्त गरेका हुन्।  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,...

एक वर्षपछि भारतसँग भिड्दै नेपाल

२६ मिनेट अघि   सेतोपाटी

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको सिलोङमा हुन लागेको हो। फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ। नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने खेल फिफा+ बाट प्रत्यक्ष प्रशारण...

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कावा सभापति खड्का

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्। छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता तथा...

बिजुली काटिएपछि १० उद्योगका २४ हजार मजदूर कामविहीन

४३ मिनेट अघि   सेतोपाटी

डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत काटिदिएपछि रूपन्देहीका १० वटा उद्योगमा कार्यरत करिब २४ हजार मजदुर कामविहीन भएका छन्। रूपन्देहीका २१ वटा उद्योग र विद्युत प्राधिकरण बीच २०७७ सालदेखि सुरू भएको महसुल विवाद पछिल्लो समय कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि...

दयाहाङ-मिरूनाको 'जारी २' को ट्रेलर सार्वजनिक (भिडिओ)

४४ मिनेट अघि   सेतोपाटी

प्रतीक्षित फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।  उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन्। यसअघिको सुपरहिट फिल्म ‘जारी’ को दोस्रो श्रृंखला भएकाले पनि यो फिल्म दर्शकमाझ प्रतीक्षित...

जेनजी आन्दोलनका घाइतेहरूसँगकाे भेटमा रोइन् स्वास्थ्यमन्त्री शर्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्राडा सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी प्राडा शर्मा सोमबार बिहानै त्रिवि शिक्षण अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे...

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नहोस्: स्वास्थ्यमन्त्री

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन्। सोमबार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाईतेहरुसँग भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै चुनाव भाँड्नका लागि कुनै पनि पक्षले आन्दोलन...

सामसङ नेपालले गर्‍यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत

१ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले नवीनतम फोल्डेबल स्मार्टफोन—ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ।  नवप्रवर्तन  र उद्यमशीलताको उत्सवको विशेष क्षणमा सामसङले नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो। यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको  सहकार्यलाई उजागर...

विशालको ‘रहरसँगै बाध्यता’ म्युजिक भिडियाे सार्वजनिक (भिडियाेसिहत)

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विशाल केसीको ‘रहरसँगै बाध्यता’ म्युजिक भिडियो सार्वजनिक भएको छ। आज(सोमबार) काठमाडौंमा एक कार्यक्रम बीच हाइलाइट्स नेपालबाट उक्त गीत सार्वजनिक भएको हो। गायक प्रमोद खरेलको स्वरमा रहेको याे गीत करिब पाँच मिनेटको छ। यो गीत विदेशमा रहँदा भोगेका दु:ख...

झकिझकाउ पोखरी छठघाट (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

छठ पूजाका लागि जनकपुरधामका पोखरी छठघाट झकिझकाउ पारिएको छ। छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ति जडान गरी छटघाटलाई आकर्षक रूपमा शृंगारेको छ। पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ। जनकपुरको छठ...

बद्री, प्रताप र एलिनाले सके तीन महिने अमेरिका यात्रा

१ घण्टा अघि   सेतोपाटी

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम 'अब सुन्छ अमेरिका' सम्पन्न भएको छ।  सन् २०२५ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्रा फल्स, बोस्टन, न्यु ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, सिकागो, एक्रोन ओहायो, कोलम्बस...

समाजवादीहरूलाई विप्लवले बाेलाए काठमाडाैं

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद पक्षधरलाई काठमाडौं बाेलाएका छन्। स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरेका हुन्।  सोमबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव विप्लवले समाजवादीहरूलाई काठमाडाैंमा भेट्न आग्रह गरेका हुन्।   उनले लेखेका छन्, ‘नेपाललाई...

उपचारका लागि सिंगापुर जाने तयारीमा देउवा दम्पती

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्। जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो।...

शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार) सामाजिक सञ्जालमार्फत उनले यस्ताे आग्रह गरेका हुन्।  मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत...

'भ्वाइस अफ नेपाल' मा फर्किए प्रमोद खरेल, सातौं सिजन शुक्रबारदेखि

२ घण्टा अघि   सेतोपाटी

गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' सातौं सिजनको प्रसारण आउँदो शुक्रबारदेखि सुरू हुने भएको छ।  शोले प्रोमो सार्वजनिक गर्दै कात्तिक १४ गतेदेखि सातौं सिजन प्रसारणमा आउने जानकारी दिएको हो।   सातौं सिजनबाट कोचमा गायक प्रमोद खरेलको पुनरागमन भएको छ। प्रमोदसहित राजु लामा,...

सोमबार थप घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२ घण्टा अघि   सेतोपाटी

सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेको छ।  तिहारपछि सुनचाँदी बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको थियो।  आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेकोमा...

बिहारमा चुनावको मुखैमा जेडियूले गर्‍यो १६ नेतालाई पार्टीबाट निस्कासन

२ घण्टा अघि   सेतोपाटी

बिहार बिधानसभा निर्वाचनको मुखैमा जनता दल युनाइटेड (जेडियू)का १६ नेतालाई पार्टीबाट निस्कासित भएका छन्। पार्टीविरूद्ध गतिविधि गरेको आरोपमा मुख्यमन्त्रीसमेत रहेका अध्यक्ष नितिश कुमारले १६ जनालाई पार्टीबाट निस्कासन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एनडिटिभीका अनुसार विधानसभाका दुई जना बहालवाला सदस्य र...

देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन्।  आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए। जेनजी आन्दोलनको दोस्रोदिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा...