ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!

४ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचन घोषणा गरेसँगै अब लगभग दुई–दुई वर्षको अन्तरालमा चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदै आएको थियो। यसपटक प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने...

असोज १७ देखि २० गतेसम्म अरनिको राजमार्गमा राति गाडी चलाउन रोक

१४ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असोज १७ बाट २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लाभित्रका सबै मुख्य र सहायक राजमार्गमा राति गाडी चलाउन रोक लगाएको छ। राति ७ बजेबाट बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक...

गौतम बुद्धको राजधानी, जहाँ उनले बिताए २९ वर्ष

२४ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ गौतम जब गौतम बुद्ध बने, उनी सारा जगतका भए। तर जबसम्म उनी सिद्धार्थ गौतम थिए, उनी कपिलवस्तुको तिलौराकोटका थिए। यो त्यही भूमि हो, जहाँ शाक्य गणराज्यका राजकुमार सिद्धार्थ गौतमले ज्ञानको खोजीमा घरबार छाडेर हिँड्नुअघि जिन्दगीका २९ वर्ष बिताए। यही...

‘सखिया नाच’ को सुगन्ध, तस्वीरहरू

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : राजापुर नगरपालिका -५ खल्लाजयपुर, बर्दिया का थारु समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ। दशैँ अघि सुरु भएर दशैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो।   थारु गाउँमा दशैँ सुरु भएसँगै सखिया नाचको...

राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र होइन : शंकर पोखरेल

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेमा महासचिव शंकर पाेखरेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । सामाजिक संजालमार्फत उनले यस्ताे धारणा राखेका हुन्।  ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ पाेखरेल लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको...

कपिल शर्मालाई एक करोड माग गर्दै धम्कीपूर्ण मेसेज, एक जना पक्राउ

३९ मिनेट अघि   सेतोपाटी

भारतका चर्चित हास्य कलाकार तथा अभिनेता कपिल शर्मालाई गत साता एक धम्कीपूर्ण मेसेज आयो। मेसेज पठाउनेले आफूलाई गोल्डी बरार र रोहित गोदारा समूहको सदस्यका रूपमा परिचय दिँदै कपिलसँग एक करोड भारतीय रूपैयाँ माग गरेका थिए। यो घटनामा मुम्बई क्राइम ब्रान्चले एक व्यक्तिलाई पक्राउ...

राति यात्रा नगर्न सडक विभागको अनुरोध

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो। सडक विभागले पनि राति...

'काठमाडौं उपत्यकामा ८ देखि १० घन्टा भारी वर्षाको सम्भावना'

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन्। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले औंल्याएका हुन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान...

शिक्षकमाथि खुकुरी प्रहार

१ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ। सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्याललयका शिक्षक  राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।  मादकपदार्थ सेवन गरेर जीवनज्योति माविका शिक्षक राईमाथि...

सम्भावित विपद्‌लाई ध्यानमा राख्दै सबै तयारी अवस्थामा बस्न निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : उर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले   देशभर मनसुनी वर्षाको प्रभाव बढिरहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम उच्च देखिएको भन्दै सडक विभाग अन्तर्गतका देशभरका आफ्ना सबै डिभिजन र योजना प्रमुखहरूलाई तत्काल जिम्मेवारी क्षेत्रमै पुग्न र उच्च सतर्कताका साथ तयारी...

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ।   केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने...

लागुऔषध गिरोहसँग 'सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ। उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ। एएफपीले बिहीबार...

पर्सामा एक युवक मृत फेला

१ घण्टा अघि   सेतोपाटी

पर्साको छिपहरमाई गाउँपालिका–३ मा शुक्रबार बिहान एक युवक मृत फेला परेका छन्। जयमंगलापुरस्थित झलमहिया र भिस्वा जोड्ने सडक खण्डमा २७ वर्षीय रमेश साह कानु मृत फेला परेका हुन्। सडक छेउमा पानी जमेको धान खेतमा डुबेको अवस्थामा रमेश मृत भेटिएका थिए।...

एकै दिन ३०५ वटा दुर्गा मूर्ति विसर्जन, आज थप १२५ स्थानमा विसर्जन हुँदै

१ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा दसैंको एकै दिन ३०५ स्थानमा निर्माण गरिएका दुर्गा मूर्ति विसर्जन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार दसैंको नवरात्रमा दुर्गा पूजाका लागि जिल्लाका विभिन्न ४७६ स्थानमा दुर्गा मूर्ति स्थापना गरिएको थियो। नवरात्र पूजाका लागि घटस्थापनाको दिनदेखि स्थापना गरिएका अधिकांश...

सङ्खुवासभामा निःशुल्क यातायात सेवा

१ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् । जिल्लामा ‘दसँैंतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल...

टी-२० विश्वकप छनौट खेल्ने नेपाली टोलीको सूची सार्वजनिक, को–को परे?

२ घण्टा अघि   सेतोपाटी

यही अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले शुक्रबार उक्त सूची सार्वजनिक गरेको हो। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दिप...

मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

२ घण्टा अघि   थाहाखबर

मनाङ : मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ। मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।  ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै...

असोज २३ गते जेन-जी युवाहरू फेरि आन्दोलन गर्दै छन्?

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि अहिले सामाजिक सञ्जालमा अक्टोबर ९ (असोज २३) को विरोध कार्यक्रमलाई लिएर चर्चा सुरू भएको छ। जेन–जी युवाहरूले त्यस दिन फेरि विरोध कार्यक्रम आयोजना गर्न लागेको हल्लाले धेरैलाई सशंकित बनाइरहेको छ। के अक्टोबर ९ अर्थात्...

टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार ​वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिर राखेर टाेली घाेषणा गरेकाे...

भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध

३ घण्टा अघि   थाहाखबर

नवलपरासी : भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए। उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन्। भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो...

सोयाबिनको छोइला खाने हो? यसरी बनाउनुहोस्

३ घण्टा अघि   सेतोपाटी

दसैंमा अधिकांशको घरमा मासु पाक्छ। तर कतिपय शाकाहारी हुन्छन् त कतिपयलाई मासु मन पर्दैन। अनि कतिलाई मासु खाँदा खाँदा वाक्क पनि लाग्न सक्छ। यस्तोमा मासु बाहेक विशेष परिकार के खाने भन्ने लागिरहेको छ भने भटमासको मस्यौरा सोयाचंक्स/सोयाबिन/न्युटेला/नुट्रेलाको छोइला उपयुक्त हुन सक्छ। आवश्यक...

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा उडान रोकियो

३ घण्टा अघि   थाहाखबर

जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन्। एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए। विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार म्युनिखबाट प्रस्थान गर्न...

रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । ​जल तथा मौसम विज्ञान...

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

३ घण्टा अघि   थाहाखबर

पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ। अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी...