संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्न खोजियो, मैले जोगाएँः अध्यक्ष दाहाल
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भूमिका खेलेको दाबी गरेका छन्। शुक्रवार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्। उनले जेन–जी आन्दोलनपछि...