डुंगेश्वर गाउँपालिकाको लेखा अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दैलेख डुंगेश्वर गाउँपालिकाको लेखा अधिकृतलाई एक लाख घुससहित नियन्त्रणमा लिएको छ। लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्कीलाई सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट अख्तियारले बिहीबार नियन्त्रणमा लिएको हो। गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस...