ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पुँजी बजार सुधारको लागि कार्यदल गठन

१३ मिनेट अघि   सेतोपाटी

पुँजी बजारमा विकसित  विसङ्गती तथा समस्या अध्ययन गर्न कार्यदल गठन भएको छ। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले  ४ सदस्य रहेको कार्यदल गठन गरेका छन्।  नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको हो।  अन्य सदस्यमा...

चुनावमार्फत स्थिरता खोज्दै निजी क्षेत्र, भन्छ– सरकार हाम्रो मनोबल उकास्ने गरी अघि बढोस्

१५ मिनेट अघि   सेतोपाटी

आफ्नो चार दशक लामो औद्योगिक करिअरमा विराटनगरका उद्योगी पवनकुमार सारडाले यस पटक जस्तो राज्यविहीनताको अवस्था कहिल्यै देखेका थिएनन्। नेपालको स्थापित औद्योगिक घराना सारडा ग्रुपका निर्देशक सारडाले २०३६ सालको जनमत संग्रह देखे। २०४६ सालको जनआन्दोलन, २०५२ सालमा सुरू भएर दशक लामो...

जेन–जी प्रदर्शनका घाइते भेट्न पूर्वराष्ट्रपति भण्डारी प्रहरी अस्पताल जाने

२१ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने भएकी छिन्।  उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी जान लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। जेन–जी प्रदर्शनका क्रममा हालसम्म...

१६ वर्ष पुगेका जेन–जी पुस्ताले नागरिकता देखाएर यसपालि भोट हाल्न पाउँछन्?

३८ मिनेट अघि   सेतोपाटी

सेतोपाटीसँग प्रश्न–उत्तर सम्पादकीय नोट— युवाहरू सहित धेरै मानिसका मनमा राजनीति, अर्थतन्त्र, संविधान, कानुन लगायत विषयमा थुप्रै प्रश्न हुन्छन्। कतिपय प्रश्नको उत्तर सरल भए पनि सबैलाई थाहा हुँदैन। तपाईंका मनमा पनि यस्ता प्रश्न वा खुलदुली भए हामीलाई सरल र छोटा प्रश्न सोध्नुहोस्।...

पुसभित्र नयाँ संसद भवन तयार गरिने

४२ मिनेट अघि   सेतोपाटी

सिंहदरबारभित्र बन्दै गरेको संघीय संसद भवनको निर्माण आउँदो पुसभित्रै सम्पन्न गरिने भएको छ। अहिलेसम्म ८६ प्रतिशत सकिएको नयाँ संसद भवनका बाँकी काम पुसभित्रै सक्ने गरी तीव्रता दिन सरकारले निर्देशन दिएको छ। आगामी फागुन २१ हुने घोषणा गरिएको आमनिर्वाचनपछि बन्ने प्रतिनिधिसभा बैठकको सुरूआत नयाँ...

मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिFचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्। शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो...

सुहाङ नेम्वाङले मागे माफी

५० मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाका निवर्तमान सांसद सुहाङ नेम्वाङले माफी मागेका छन्। शुक्रबार विज्ञप्तिमार्फत् नेम्वाङले आफू सक्रिय राजनीतिमा आएको दुई वर्ष भएको उल्लेख गर्दै अहिलेको अवस्था निर्माणमा आफ्नो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी माग्ने बताएका हुन्। ‘मैले फर्केर हेरेँ म पनि सक्रिय...

साफ क्लब महिला च्याम्पियनसिपमा पाँच क्लबबीच प्रतिस्पर्धा

५३ मिनेट अघि   सेतोपाटी

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ क्लब महिला चाम्पियनसिप आयोजना गर्दैछ।  आगामी मंसिर १९ देखि पुस ५ गतेसम्म हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।  प्रतियोगितामा साफका पाँच वटा क्लबले भाग लिदैछन्।  जसम साफका श्रीलंका र माल्दिभ्सका...

डुंगेश्वर गाउँपालिकाको लेखा अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दैलेख डुंगेश्वर गाउँपालिकाको लेखा अधिकृतलाई एक लाख घुससहित नियन्त्रणमा लिएको छ।  लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्कीलाई सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट अख्तियारले बिहीबार नियन्त्रणमा लिएको हो।  गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस...

ओटिटीमा सार्वजनिक भयो 'ऊनको स्वीटर'

१ घण्टा अघि   सेतोपाटी

यस वर्षको सुपरहिट फिल्म 'ऊनको स्वीटर' ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।  विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म शुक्रबारदेखि नेपाली ओटिटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज गरिएको हो।  आर्टमाण्डुको प्रस्तुति तथा नवीन चौहानको लेखन/निर्देशन रहेको यो फिल्म गत वैशाख २६ गते सिनेमा...

क्षतिग्रस्त कांग्रेस पार्टी कार्यालयको निरीक्षणमा पुगे एमाले नेताहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका नेताहरू कांग्रेस पार्टी कार्यालय पुगेका छन्। शुक्रवार मध्यान्ह एमाले नेताहरू कांग्रेस पार्टी कार्यालयमा पुगेका हुन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल लगायतका नेताहरूले जेनजी आन्दोलनका क्रममा आगजनी तोडफोड भएको...

सिंहदरबारभित्रका क्षतिग्रस्त सवारी साधन थालियो व्यवस्थापन गर्न (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गतेको प्रदर्शनको मुख्य निशाना सरकारी एवम् सार्वजनिक सम्पत्ति पर्‍यो। सार्वजनिक भवनमा आगो झोसिए भने भवन परिसरमा रहेका सवारी साधनहरू तोडफोड र आगजनी गरियो। सिंहदरबार र आसपासका कार्यालयमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त तुल्याइए। अहिले ती क्षतिग्रस्त सवारी...

युक्रेन सीमाबाट दुई नेपालीको उद्धार, स्वदेश फर्किँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : युक्रेनको सीमामा हिरासतमा परेका दुई नेपाली नागरिक उद्दार गरिएको छ।  रौतहटका  जय प्रकाश साह र बाग्लुङ्गका  सन्देश केसीलाई जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सक्रिय पहलमा उद्धार गरी आज अपरान्ह स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार कार्यमा नेपाल सरकार,...

जेनजी आन्दोलनमा आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारमा हटाउँदै, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु गरिएको छ। विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएको सयौं सवारी साधन नयाँबानेश्वर वीरेन्द्र सम्मेलन केन्द्रको परिसर भित्र राखिने भएको छ। हाल...

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ। शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो। सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि...

संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्न खोजियो, मैले जोगाएँः अध्यक्ष दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भूमिका खेलेको दाबी गरेका छन्। शुक्रवार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्। उनले जेन–जी आन्दोलनपछि...

भाटभटेनीमा १० हजार कर्मचारी, कसैले गुमाउनु पर्ने छैन जागिर

२ घण्टा अघि   सेतोपाटी

प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्।  अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको...

फ्रान्समा सरकारको विरोध गर्दै हजारौं मानिसहरू किन निस्किए सडकमा

२ घण्टा अघि   सेतोपाटी

फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्।  राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्। सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि...

संसद भवन निर्माण पुसभित्रै सक्न मन्त्री घिसिङको निर्देशन

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताए। मन्त्री घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय,...

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

२ घण्टा अघि   थाहाखबर

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो।     उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका...

ऊर्जा, सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडेर नयाँ ठेक्का लगाउने

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय अन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश...

माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरूको पार्टी होः अध्यक्ष दाहाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले माओवादी केन्द्रले बीचमा...

गायिका शान्तिश्री परियारद्वारा जेनजी आन्दोलनका घाइतेहरूका लागि आर्थिक सहयोग

२ घण्टा अघि   सेतोपाटी

गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा जीवनयापनमा सहयोग पुर्‍याउनका लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेकी छन्।  घाइतेहरूको सहयोगमा लागिरहेकी आशिका तामाङमार्फत शान्तिश्रीले सहयोग उपलब्ध गराएकी हुन्।  सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश पोस्ट गर्दै उनले आफ्नो सानो भए...

अब राजश्व तिर्न मास्टर कार्ड, भिजा कार्ड र अलिपे जस्ता कार्डहरू प्रयोग गर्न सकिने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अब विदेशमा बस्ने नेपाली र नेपाल आउने पर्यटकलाई राजश्व तिर्न सजिलो हुने भएको छ।  भुक्तानी कागजरहित, व्यक्तिरहित, र नगदरहित हुने र काममा पारदर्शिता ल्याउन भन्दै सरकारले अन्तर्राष्ट्रिय कार्डबाट पनि राजश्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले...