रेशम चौधरीले छाडे नाउपा, अर्को पार्टी खोल्ने
नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्षरूपमा आफ्नो धारणा राख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन। यो पार्टी २०७८ पुसमा खुलेको थियो। टीकापुर घटनामा दोषी ठहर भई आजीवन काराबासमा रहेका बेला उनले जेलभित्रै...