आज बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बी
काठमाडौं : मुस्लिम धर्मावलम्बीले शनिबार आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।...