जलवायु परिवर्तन बुझ्न अमेरिकी विद्यार्थी लुम्बिनीदेखि लोमान्थाङसम्म
जलवायु परिवर्तनको असर बुझ्न अमेरिकाको ड्युक विश्वविद्यालय र ड्युक प्लोनट ल्याबका विद्यार्थीले लुम्बिनीदेखि लोमान्थाङसम्म पदयात्रा गरेका छन्। विश्वविद्यालयमा अध्यनरत नेपाल, भारत, अमेरिका र चीनका विद्यार्थी सम्मिलित टोलीले नेपालको तराइदेखि उच्च हिमाली भेगमा देखिएका जलवायु संकट, जीवकोपार्जन र जलवायु अनुकुलनका बारेमा...