शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने नियोजित चलखेल भयो : महासचिव पोख्रेल
काठमाडौँ : सत्तारुढ दलका नेता एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतवार दुःखद अवस्था सिर्जना भएको आरोप लगाएका छन्। उनले शिक्षकको आन्दोलनलाई मुठभेडमा लैजान केही तत्त्व लागि परेकाले सम्बन्धित निकायलाई सजगता अपनाउनसमेत आग्रह गरेका...