'साथी नफेर्ने सारस' लाई साथी बनाउँदै
खैरो र सेतो प्वाँख सपक्क समेटिएर बनेको चिल्लो शरीर। लामो घाँटी र अग्लो खुट्टा। रातो र कालो टाउकोमा लामो ठुँड। सरर हेर्दा सारसको पहिचान यही हो। तर यति मात्र होइन। शान्ति र प्रेमको प्रतीक मानिने सारसलाई गौतम बुद्धको जीवनसँग समेत...
