गाउँ बसौँ कि सहर फर्कौँ, दोधारमा परेँ सरकार!
जागिर कस्तो हुन्छ भन्ने अनुभव लिएँ! उहिले उहिले बुढापाकाले भन्थे, ‘सके उद्यम गर्नु, नसके जागिर खानू!’ सुरुमा दोस्रो लाइन पक्रिएँ। जागिर भनेको जा अनि गिर रहेछ। अस्थायी जागिरप्रति निराशा बढ्यो। ग्रामीण विकास पढेको मान्छेले अरूको जागिर खान्छस्? मनले बारबार प्रश्न...
