भूमि आयोगले भन्यो– सरकारले कानुनी प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्तीमा डोजर चलायो
काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्ती हटाउने सरकारी कदमप्रति भूमि समस्या समाधान आयोगले आपत्ति जनाएको छ। सरकारले कानुनी प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्तीहरूमा डोजर चलाएको आयोगका प्रवक्ता सनतकुमार कार्कीले बताए। शनिबार र आइतबार सरकारले मनोहरा नदी क्षेत्र, सिनामंगल र थापाथली क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाएको...
