ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मौनतामा हारेको प्रेम!

३ मिनेट अघि   सेतोपाटी

लक्ष्मीका बुवा भीमबहादुरको जीवन कुनै ठुलो सपना बोकेर सुरु भएको थिएन। उनको जीवनयात्रा त आवश्यकताको कठोर बाटो, बाध्यताको भारी बोझ र समाजले थोपरिदिएको नियतिसँग जुध्दै अघि बढेको एक साधारण तर असाधारण अनुभव थियो। सिन्धुपाल्चोकको दुर्गम गाउँमा जन्मिएका उनी दलित हुनुको...

डोजर लगाउँदैनौं, अनुरोध गरेर सुरक्षित ठाउँमा सार्छौं— सरकार प्रवक्ता

२२ मिनेट अघि   सेतोपाटी

सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले विपद पूर्वतयारीका लागि सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा सार्न लागिएको बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी वस्तीहरू बर्सेनि बाढीको प्रकोपमा पर्ने र यसपालि पनि बर्खा नजिकिँदै गरेका कारण उनीहरूको...

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त

३२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले आज कार्कीलाई पठाएको पत्रमा केन्द्रीय सदस्य पदबाट मुक्त गरिएको उल्लेख छ। कार्की दोलखाका हुन्। ‘तपाईंलाई राप्रपाको केन्द्रीय सदस्यलगायत पार्टी जिम्मेवारीबाट मुक्त गरिएको छ,’...

रेखाको कथा!

३७ मिनेट अघि   सेतोपाटी

स्कुले विद्यार्थीदेखि रेखाको अल्झाइ अहिले पनि सकिएको छैन। विद्यालयमा किन रेखा पढाइएको होला? रेखा भनेपछि सरलरेखा र वक्ररेखा भनेर छुट्टाउनुको के अर्थ? सिधा रेखा बाङ्गिनु रेखाको बाध्यता होला, नियति होला। चाहना त सबै रेखाको सरल बन्नु नै हो नि। सरल...

पोखराका सरकारी जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम, सुकुम्बासीलाई तत्काल नछुने

४४ मिनेट अघि   सेतोपाटी

पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। महानगरपालिकाको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गरेर अतिक्रमण हटाउन समयसीमा तोकेको मेयर आचार्यले बताए।  पोखरा...

भोलि साँझसम्म सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ- सहमहामन्त्री स्नेही

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भोलि साँझसम्म संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गरिने बताएका छन्। संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गर्न छलफल गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति र महामन्त्रीहरू रहेको समितिसमेत बनाइएको उनले बताए। यो...

लोकतन्त्रको आँगनमा दलित- 'उत्सव' कि 'अस्तित्व'को लडाइँ?

१ घण्टा अघि   सेतोपाटी

आज देशैभरि लोकतन्त्र दिवस मनाइँदैछ। सहरका चोकहरूमा दीपावली गरिँदैछ र सरकारी मञ्चहरूबाट 'समानता' र 'न्याय' का लामा भाषणहरू सुनिँदैछन्। तर, यही उत्सवको पृष्ठभूमिमा एउटा नमीठो प्रश्न खडा छ— के यो लोकतन्त्रले बझाङका पहाडदेखि काठमाडौंका गल्लीहरूसम्मका दलितलाई चिन्न सक्यो? तपाईंको प्रश्न—...

श्रम संस्कृतिका महासचिव आरेन भन्छन्- सुकुम्बासी बस्ती हटाउन खोजे त्यहाँ मेरो उपस्थिति हुनेछ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका महासचिव एवम् प्रतिनिधि सभा सदस्य आरेन राईले सरकारले जबरजस्ती गरेर सुकुम्बासी बस्ती हटाउन खोजे प्रतिवादका लागि आफ्नो उपस्थिति हुने बताएका छन्।  सेतोपाटीसँगको कुराकानीमा उनले सुकुम्बासहरूको बस्ने ठाउँ व्यवस्था नगरी बस्ती हटाउन नपाइने, त्यसो गरे आफू प्रतिवादका लागि उपस्थित...

सिआइबीको डिएसपी भन्दै ठगी गर्ने एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

पाल्पा प्रहरीले सिआइबीको डिएसपी हुँ भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी रूरू गाउँपालिका वडा नं.२ ग्वादी बस्ने अन्दाजी २७ वर्षका रिजन भन्ने राजेश विश्वकर्मालाई पक्राउ गरेको हो। विश्वकर्माले श्रीमान विदेश पठाउने क्रममा रकम फसेकी महिलालाई आफु...

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको दोस्रो हार

१ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले दोस्रो हार ब्यहोरेको छ। शुक्रबार नेपाललाई  भानुआटुले नेपाल महिलालाई २२ रनले पराजित गरेको छ। रवाण्डाको किगालीमा भएको खेलमा भानुआटुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो।  लक्ष्य...

कांग्रेस संसदीय दल नेता निर्वाचन स्थगित, बन्यो समिति

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ। निर्वाचन समितिकी सदस्य मुना भुसालले अहिलेका लागि संसदीय दल नेता चयनसम्बन्धी प्रक्रिया स्थगित गरिएको बताइन्। संसदीय दल नेता निर्वाचनका लागि कार्यतालिका प्रकाशन गरिएको थियो। अपराह्न ३ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम थियो।...

एमाले प्रमुख सचेतकमा ऐन महर

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्। बझाङबाट प्रतिनिधि सभामा निर्वाचित उनलाई दल नेता रामबहादुर थापा ‘बादल’ले प्रमुख सचेतक नियुक्त गरेका हुन्।  ‘नेकपा (एमाले) संघीय संसदीय दलको विधान २०७७ बमोजिम तपाईंलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी...

राहदानी लगायत भौतिक सेवा घरमै पुर्‍याउन काभ्रे जिल्ला प्रशासनले हुलाकसँग गर्‍यो सम्झौता

१ घण्टा अघि   सेतोपाटी

काभ्रे जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाकले सेवा सम्झौता गरेका छन्। जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा हुलाकमार्फत घरमै उपलब्ध गराइदिन यी दुई सरकारी निकायले सम्झौता गरेका हुन्। ‘घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गर्ने नागरिकहरूलाई...

चार कारोबार दिनपछि नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब २७ करोडको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ५ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब २७ करोड...

अमेरिकामा हुने जी-२० शिखर सम्मेलनमा पुटिनलाई निम्तो दिने ट्रम्पको तयारी

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी-२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निम्तो दिने तयारी गरेका छन्। ट्रम्पको डोरल गल्फ रिसोर्टमा हुने सो शिखर सम्मेलनमा निम्तो अझै पठाइनसके पनि उनले पुटिनलाई निम्तो दिन लागेको भनेर द...

दक्षिण पूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार

१ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। मन्त्रालयकाअनुसार...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

२ घण्टा अघि   सेतोपाटी

धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन्। यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन्। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता...

‍सुकुम्बासीबारे के भन्छ प्रहरी?

२ घण्टा अघि   सेतोपाटी

सुकुम्बासी एवं भूमिहिन व्यवस्थापनबारे नेपाल प्रहरीले सहयोग गर्न अपिल गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि भएको उल्लेख गरेको छ। ‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी/भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास...

'ओप्पो ए६एक्स' अब नेपालमा, के छन् विशेषता?

२ घण्टा अघि   सेतोपाटी

ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ। दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ। भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा...

भारतलाई ‘नर्क’ भनेको लेख ट्रम्पले पोस्ट गरेपछि!

२ घण्टा अघि   सेतोपाटी

भारतलाई 'नर्क' टिप्पणी गरेको लेख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेपछि भारतले कडा आलोचना गरेको छ। अमेरिकाको जन्मसिद्ध नागरिकताको विरोध गरिएको र भारत तथा चीनजस्ता देशका आप्रवासीहरूले यस प्रावधानको दुरुपयोग गरेको आरोप लगाइएको एउटा टक-शोलाई शब्दमा उतारेर ट्रम्पले ट्रुथ सोसलमा...

एमालेले भन्यो– सुकुम्बासीमाथि बल प्रयोग तत्काल रोकियोस्

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सरकारले सुकुम्बासी बस्तीहरू जबर्जस्ती तथा बलपूर्वक हटाउन लागेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। एमाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको यस प्रकारको कदमले नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताका आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका...

उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै प्रदर्शन (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

उच्च शिक्षामा लगानी वृद्धिको माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। क्याम्पसको स्ववियू तथा विभिन्न संगठनमा आबद्ध विद्यार्थीहरूले शुक्रबार प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।  उनीहरूले सरकारी क्याम्पसको भौतिक संरचनाहरूको सुधार, प्रविधिमैत्री पाठ्यक्रम, विद्यार्थीलाई रोजगारीसँग जोड्न इन्टर्नसिप, उच्च शिक्षामा रिसर्चका लागि...

रास्वपा पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्कियो सुकुम्बासी टोली

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किएका छन्।  रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उनीहरूले ज्ञापनपत्र बुझाएर फर्किएका हुन्। उनीहरूले आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिन कार्यालय पुगेका थिए। घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाएपछि उनीहरू...

सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस, आजै सुनुवाइ गर्न माग

३ घण्टा अघि   सेतोपाटी

सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ। शुक्रबार बिहान साढे ११ बजे थापाथली बस्तीमा बस्ने गोपाल रन पहेली, जेनजी अगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई, विकासकुमार गुप्ताले...