राहदानी लगायत भौतिक सेवा घरमै पुर्याउन काभ्रे जिल्ला प्रशासनले हुलाकसँग गर्यो सम्झौता
काभ्रे जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाकले सेवा सम्झौता गरेका छन्। जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा हुलाकमार्फत घरमै उपलब्ध गराइदिन यी दुई सरकारी निकायले सम्झौता गरेका हुन्। ‘घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गर्ने नागरिकहरूलाई...
