राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले आज कार्कीलाई पठाएको पत्रमा केन्द्रीय सदस्य पदबाट मुक्त गरिएको उल्लेख छ। कार्की दोलखाका हुन्। ‘तपाईंलाई राप्रपाको केन्द्रीय सदस्यलगायत पार्टी जिम्मेवारीबाट मुक्त गरिएको छ,’...
