ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रामकृष्ण ढकालको फिल्म 'मालती मंगले' को शीर्ष गीत सार्वजनिक (भिडिओ)

३ मिनेट अघि   सेतोपाटी

गायक रामकृष्ण ढकालको निर्माणमा बनेको फिल्म 'मालती मंगले' को शीर्षक गीत सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच 'सुनैको सपनी' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा रामकृष्ण ढकाल र रचना रिमालको स्वर छ। शब्द आनन्द अधिकारीको हो भने संगीत निर्देशक उज्ज्वल सागर...

इरानी ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले मध्यपूर्वमा खटायो २०१ सैन्य विज्ञ!

६ मिनेट अघि   सेतोपाटी

इरानको ड्रोन आक्रमणबाट जोगाउन मध्यपूर्वमा आफ्ना दुई सय बढी सैन्य विज्ञ खटिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। इरानको शाहिद ड्रोनबाट जोगाउन आफ्ना २०१ सैन्य विज्ञ खटिएको र थप ३४ जना खटिन तयार रहेको जेलेन्स्कीले जानकारी दिएको द गार्डियनले लेखेको...

समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर?

१० मिनेट अघि   सेतोपाटी

राज्य नश्लीय र एकल जातीय भयो भनेर पाखा लगाइएका जाति, वर्ग, क्षेत्रहरूले वर्षौंदेखि संघर्ष गर्दै आएका छन्। तर कहिलेकाहीँ अनौठो हुँदोरहेछ — समावेशी सिद्धान्त बमोजिम स्थापित क्लस्टरहरू स्वयं एकल जातीय बन्दा रहेछन्। यस पटकको समानुपातिक निर्वाचनमा दलित क्लस्टरमा ठ्याक्कै त्यस्तै देखियो। यसै त निर्वाचित हुने...

'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि नेपालमा पनि एकसाथ रिलिज हुँदै, एड्भान्स बुकिङ तीव्र

४१ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि भारतसहित विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ। नेपालमा पनि फिल्म बिहीबार एकसाथ रिलिज हुँदैछ।  नेपालका सिनेमा हलले यो फिल्मलाई ठूलो संख्यामा शो दिएका छन्। बिहीबारको लागि नेपालमा फिल्मले ३२५ शोज पाएको जनाइएको...

टुँडिखेलमा यसरी मनाइयो घोडे जात्रा (तस्बिरहरू)

५५ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा घोडे जात्रा मनाइएको छ।  प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा बुधबार दिउँसो टुँडिखेलमा मनाइएको हो।  जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा सेनाले विभिन्न प्रदर्शन गरेको हो।  समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री...

दुई दिनपछि बस्छ कांग्रेस केन्द्रीय समिति बैठक, के विषयमा हुन्छ छलफल?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले चैत ६ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको र अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न यो बैठक राखेको नेताहरूले जनाएका छन्। साथै समसामयिक राजनीतिक घटनाक्रम...

प्रिमियरका छात्रहरू निस्सा फुटबल र यू–१९ जेभियर बास्केटबल प्रतियोगिताका विजेता

१ घण्टा अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनुअम स्कुलका छात्रहरूले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उपाधि जितेका छन्। फुटबल टोलीले नेपाल इन्टर–स्कुल स्पोर्ट्स एसोसिएसन (निस्सा) लिग फुटबल २०२६ जित्यो भने बास्केटबल टोली १२औँ जेभियर इन्टरनेसनल यू–१९ बास्केटबल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।...

फिफाले इरानको खेल अमेरिकाबाट मेक्सिको सार्न गर्‍यो अस्वीकार

१ घण्टा अघि   सेतोपाटी

यस वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकप फुटबलमा इरानका खेलहरू अमेरिकाबाट मेक्सिको सार्ने प्रस्तावलाई फिफाले अस्वीकार गरेको छ। इरानको फुटबल संघले आफ्ना खेलाडीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको थियो। अमेरिका र इजरायलसँग इरानको तनाव र सैन्य टकराव चलिरहेको...

सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा

१ घण्टा अघि   सेतोपाटी

जात्रा एउटै हो, तर मनाउने तरिका आनका तान फरक छ। हामी कुरा गर्दै छौं, घोडेजात्राको। काठमाडौंमा सेनाले परेड खेलेर मनाउने घोडेजात्रा पाटनमा भने फरक छ। यहाँ महर्जन समुदायका गुठियारहरू घोडा कुदाउँदै जात्रा मनाउँछन्। नेपाल भाषामा यसलाई 'याकः सल जात्रा' भनिन्छ।...

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

१ घण्टा अघि   सेतोपाटी

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ। नेपाल सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देहीकै देवदह, कपिलवस्तुको...

निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएकाे प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।  उक्त कार्यक्रम आयाेगकाे प्राङ्गण कान्तिपथमा हुनेछ।  फागुन २१ गते प्रतिनिधि सभा...

साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!

२ घण्टा अघि   सेतोपाटी

डिजिटल युगको यात्रामा हामी जति अघि बढिरहेका छौँ, साइबर अपराधको जाल त्यति नै फराकिलो हुँदै गएको छ। यो अब केवल प्राविधिक ज्ञानको कमीको विषय होइन, बरु मानवीय मनोविज्ञान र भावनात्मक कमजोरीको खेल हो। काठमाडौँका २३ वर्षीय सुजन श्रेष्ठ (नाम परिवर्तन)...

सांसदको शपथपछि मात्रै रास्वपाले संसदीय दल नेता चयन गर्ने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको शपथपछि मात्रै संसदीय दल नेता चयन गर्ने भएको छ। प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको शपथपछि मात्रै दल नेता चयनलगायत थप प्रक्रिया अघि बढ्नेछ। संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने...

हेलिकप्टरमा आगलागी नहुँदा टर्‍यो मानवीय क्षति

२ घण्टा अघि   सेतोपाटी

बेलायती सेनामा रहेका खोटाङ केपिलासगढी २ का डाकमणि राईकी पत्नी मनलछी राईको एक महिनाअघि बेलायतमै निधन भएको थियो। नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने योजनाअनुसार शव काठमाडौं ल्याइएको थियो। बुधबार बिहान काठमाडौंबाट शव हेलिकप्टरमा गाउँ लैजाने योजना बनेको थियो। तर ठाउँ अभाव भएपछि...

ओझेलमा अरुण किनारको मनकामना!

२ घण्टा अघि   सेतोपाटी

मनोरम प्रकृति, अनुपम एवं उत्कृष्ट संस्कृति, भौगोलिक विविधता, आतिथ्यपूर्ण संस्कार र व्यवहार, विशिष्ट रहनसहन, भेषभूषा र खानपान, सहिष्णुता र सद्भाव, ऐतिहासिक वैभव, सामाजिक तथा सांस्कृतिक विविधताबिचको एकता लगायतका मौलिक पहिचानका कारण नेपाल विश्वका सबै रुचि र उमेर समूहका पर्यटकका लागि...

सम्बन्ध!

३ घण्टा अघि   सेतोपाटी

सम्बन्धहरू चाहँदैमा बन्दैन समयले बुनिरहेको हुन्छ कयौँ सम्बन्धहरू हामीले रोजेका पनि हुँदैन समयसँगै आफैँ जोडिरहेको हुन्छ। कोही सम्बन्धहरू प्रारब्ध बनेर आएका हुन्छन् कोही पाठ बनेर सिकिन्छ कोही त मौनतामै बसेर तड्पिन्छ र थाहा नपाई दुई आत्मा हल्लाइदिन्छ। हामी भेटलाई संयोग...

सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने

३ घण्टा अघि   सेतोपाटी

बेल्जियमको इयू टी-२० लिगमा लागि लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको छ।  सन्दीपलाई रेड लायन्सले ड्राफ्टअघि नै प्रि-साइन गरेको हो।  यसअघि जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको थियो।  जेबी ब्रुजेज नेपाल प्रिमियर लिग...

प्रतिनिधि सभा बैठक हल निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै पूर्ण रूपमा तयार नभएकाले...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सुरक्षा प्रमुख मारिएपछि इरानले इसराइलको राजधानीमा हान्यो मिसाइल

३ घण्टा अघि   सेतोपाटी

इरानले इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ। मंगलबार बेलुकी तेल अविभको घना आवादी रहेको ठाउँमा इरानले मिसाइल प्रहार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस हमलालाई इरानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानीको हत्याको बदला...

अभिमुखीकरणमा रास्वपा सभापति रवि लामिछानेले गरेका सम्बोधनका २० हाइलाइट्स

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको अभिमुखीकरणको समापनमा मात्रै सभापति लामिछाने उपस्थित भएका थिए।  बिरामी भएर केही दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका सभापति...

रास्वपालाई छुनै हुँदैन गाली गरिहाल्छन् भन्ने छवि बनेको छ, त्यसबाट निस्कनुपर्छ- रवि लामिछाने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूमा विजयीको उन्माद देखिएको छ।  ललितपुरमा आयोजित अभिमुखीकरण कार्यशालामा समापन मन्तव्य राख्दै सभापति लामिछानेले अत्यधिक मत आएका कारण नेता कार्यकर्ताहरूमा विजयको उन्माद देखिएको र त्यो कदापि स्वीकार्य नहुने बताएका...

रवि लामिछानेले भने– पार्टीले सही मान्छेलाई मन्त्री बनाउँछ, कसैलाई भनिरहनुपर्दैन!

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बनाइदिन भनेर नधाउन अनुरोध गरेका छन्। ललितपुरको रोयल टुलिप होटलमा नवसांसदहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको अन्तिम दिन बुधबार लामिछानेले भने, 'अहिलेसम्म कुन मन्त्रालय कसलाई दिने भन्ने यकिन भएको छैन।' 'तपाईंहरूमध्ये कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भन्दै धाउने र म फलानो मन्त्री भन्दै मिडिया...

अधिनायकवाद आउँदैन, चनाखो भएर काम गर्नेछौं- रवि लामिछाने

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने बताएका छन्। रास्वपाका नवनिर्वाचित सांसदहरूलाई आयोजना गरिएको अभिमुखीकरण समापन समारोहलाई आज सम्बोधन गर्दै सभापति लामिछानेले चनाखो भएर काम गर्दै जाने बताए। ‘मुलुक नयाँ मानिसहरूको हातमा गयो,...