ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्जमा सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ

५ मिनेट अघि   सेतोपाटी

पर्साको वीरगञ्जमा सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-११ आइतबार साँझ दुई फरक समुदायबीच झडप भएको थियो।  समुदायबीच सद्भाव बिगारेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए। प्रहरी स्रोतका...

बुटवलमा वडाध्यक्ष सहित ५० बढी युवा एमालेमा प्रवेश

८ मिनेट अघि   सेतोपाटी

बुटवलमा वडा अध्यक्ष सहित ५० बढी युवा एमाले प्रवेश गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध युवा नेताहरु विष्णु पौडेललाई जिताउने अभियानमा सहभागी हुँदै एमाले प्रवेश गरेको रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङले जानकारी दिए।...

आइसिएफसी फाइनान्सको ऋणपत्र खुल्यो

११ मिनेट अघि   सेतोपाटी

आइसिएफसी फाइनान्सले आज (सोमबार) देखि ऋणपत्र बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा '८ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९' निष्कासन गरेको हो। फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ५० करोड रूपैयाँ बराबरको ५ लाख...

महिला क्रिकेटरलाई यौन दुर्व्यवहार गरेपछि बंगलादेशका पूर्वक्रिकेटर इस्लामलाई आजीवन प्रतिबन्ध

१५ मिनेट अघि   सेतोपाटी

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले पूर्व फास्ट बलर मन्जुरुल इस्लामलाई बोर्ड अन्तर्गतका सबै किसिमका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बोर्डले गठन गरेको एक स्वतन्त्र छानबिन समितिले उनलाई 'दुर्व्यवहार र हैरानी' गरेको दोषी फेला पारेपछि यो निर्णय लिइएको...

रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले कांग्रेसमै फर्किए

१८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्। सोमबार बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे। पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा...

'भाइसँगै विलीन भयो परिवारको सपना, ओभाएनन् आमाबुबाका आँखा'

२८ मिनेट अघि   सेतोपाटी

सहिदको कथा एक वर्षअघि काठमाडौं आएका थिए, १९ वर्षीय दीपकसिंह साउद। बैतडी शिवनाथ गाउँपालिका–२ का दीपक विदेश जाने सपना बोकेर काठमाडौं छिरेका थिए। कक्षा–११ मा पढ्दै गर्दा गाउँका साथीहरू विदेश जान थालेपछि दीपक गाउँमा बसिरहन सकेनन्। ११ को परीक्षा दिनासाथ उनी...

बालेनको बाचापत्र- भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग, १ हजार दिनमा समाधान

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा-५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्।  उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा...

गुल्सन झा घाइते, जय ट्रफीको खेल गुमाउने

३२ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका अलराउन्डर गुल्सन झा घाइते भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी घाइते भएपछि जय ट्रफीअन्तर्गतको नेपाल एपिएफ क्लबविरूद्धको सोमबारदेखिको खेल गुमाएका हुन्।  उनको स्थानमा नेपाल पुलिस क्लबले सोहिल कुँवरलाई खेलाएको छ।  आइसिसी...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक- दुइटा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति

४८ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार...

दुई दिनमा ८८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

५४ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।  आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

१ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्। आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन...

धादिङ बस दुर्घटना- ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु, मृतकको संख्या १८ पुग्यो

१ घण्टा अघि   सेतोपाटी

धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा...

डिभाइडरमा ठोक्किएर पल्टेको मोटरसाइकललाई बसले दियो ठक्कर, चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको...

धादिङमा दुर्घटना भएको बस बेलुका ७ बजे छुटेको थियो पोखराबाट

१ घण्टा अघि   सेतोपाटी

सोमबार बिहान  धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ। पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक...

निर्वाचन आयोगले भन्यो- प्रचारप्रसारमा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्दा भौतिक वस्तुको प्रयोग नगर्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ती जारी गरी राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न भनेको हो। त्यसको सट्टा कपडा, तुल, फ्लेक्स...

'दिनको १२ घन्टा, महिनाको ३० दिन काम गर्नुपर्छ, भने अनुसार तलब पनि पाइँदैन'

२ घण्टा अघि   सेतोपाटी

नेपालीहरू रोजगारीका लागि सबभन्दा धेरै खाडीका संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी, कुवेत, बहराइन, ओमन र मलेसिया पुग्छन्। यी मुलुक जाने अधिकांशले करार सम्झौता अनुसार तलब तथा सेवासुविधा भने पाइरहेका छैनन्। यस्तैमध्ये एक हुन् राजेन्द्र शाह। उनी दुई वर्षदेखि मलेसियाको एक...

ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्। आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए। अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती...

एपोलो हाइड्रोपावरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

३ घण्टा अघि   सेतोपाटी

एपोलो हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५७ करोड रूपैयाँको ३० प्रतिशत अर्थात १४ करोड...

धादिङमा बस दुर्घटना- मृत्यु हुनेमा ११ महिला र ६ जना पुरूष

३ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका १७ मध्ये २ जना विदेशी नागरिक रहेको पनि प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग...

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरू

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो। डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस...

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरू

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो। डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस...

अमेरिकी डलर स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ।          युरोपियन...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ। कास्कीको छोम्रोङमा १५.४...

निर्वाचन आउन १० दिन बाँकी, जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना...