ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दक्षिण अफ्रिकासँग लज्जास्पद हारपछि भारतीय कप्तानको भनाइ ‘ट्रोल’, स्टार स्पोर्ट्सको विवादित विज्ञापनको पनि आलोचना

१६ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपको सुपर-८ खेलमा दक्षिण अफ्रिकासँ आयोजक भारतीय टोली ७६ रनको फराकिलो पराजित भएपछि भारत र पाकिस्तानसहित विश्वभरका क्रिकेट विज्ञहरूले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन्। सामाजिक सञ्जालमा पनि यो खेललाई लिएर व्यापक चर्चा भइरहेको छ। विशेषगरी दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन, भारतीय...

सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी?

२५ मिनेट अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ। फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड जम्मा भएको हो।  विसं २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ...

'आबाट आमा' को कमाइ नाघ्यो ११ करोड

४७ मिनेट अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' ले घरेलु बक्स अफिसमा ११ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।  माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा ११ करोड २४ लाख ६ हजार ९६९ रूपैयाँ कमाइ गरेको हो। उक्त कमाइ हुँदा...

सही कुराका लागि मात्रै मेरो जिद्दी हो-ओली

५२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैं सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन्।  आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरे।  श्रीमती राधिका शाक्यको...

२ वर्षमा सक्ने गरी ठेक्का लगाइएको पुल बन्न लाग्यो ८ वर्ष

१ घण्टा अघि   सेतोपाटी

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि सम्पन्न भएको छ। यहाँको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको ढिलासुस्ति र गलत डिजाइनका कारण आठ वर्षमा सम्पन्न...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, ९ जनाको सनाखत (नामावली)

१ घण्टा अघि   सेतोपाटी

धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले...

विवाह गर्दै रश्मिका र विजय, सामाजिक सञ्जालमार्फत गरे पुष्टि

१ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डाले अन्ततः आफ्नो विवाहको आधिकारिक पुष्टि गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला दुवैले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन्।  यी दुईले...

बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ- ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरूले देशलाई कमजोर पारेको बताएका छन्।  श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।...

धादिङ दुर्घटनाको छानबिन गर्न गृहले समिति गठन गर्ने

१ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटना भएको विषयमा गृह मन्त्रालयमा बैठक बसेको छ। सोमबार बिहान मन्त्रालयमा बैठक बसेर छानबिन समिति गठन गर्ने निर्णय भएको सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। ठूलो दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश...

वीरगञ्जमा सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्जमा सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-११ आइतबार साँझ दुई फरक समुदायबीच झडप भएको थियो।  समुदायबीच सद्भाव बिगारेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए। प्रहरी स्रोतका...

बुटवलमा वडाध्यक्ष सहित ५० बढी युवा एमालेमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

बुटवलमा वडा अध्यक्ष सहित ५० बढी युवा एमाले प्रवेश गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध युवा नेताहरु विष्णु पौडेललाई जिताउने अभियानमा सहभागी हुँदै एमाले प्रवेश गरेको रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङले जानकारी दिए।...

आइसिएफसी फाइनान्सको ऋणपत्र खुल्यो

१ घण्टा अघि   सेतोपाटी

आइसिएफसी फाइनान्सले आज (सोमबार) देखि ऋणपत्र बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा '८ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९' निष्कासन गरेको हो। फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ५० करोड रूपैयाँ बराबरको ५ लाख...

महिला क्रिकेटरलाई यौन दुर्व्यवहार गरेपछि बंगलादेशका पूर्वक्रिकेटर इस्लामलाई आजीवन प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले पूर्व फास्ट बलर मन्जुरुल इस्लामलाई बोर्ड अन्तर्गतका सबै किसिमका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बोर्डले गठन गरेको एक स्वतन्त्र छानबिन समितिले उनलाई 'दुर्व्यवहार र हैरानी' गरेको दोषी फेला पारेपछि यो निर्णय लिइएको...

रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले कांग्रेसमै फर्किए

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्। सोमबार बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे। पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा...

'भाइसँगै विलीन भयो परिवारको सपना, ओभाएनन् आमाबुबाका आँखा'

२ घण्टा अघि   सेतोपाटी

सहिदको कथा एक वर्षअघि काठमाडौं आएका थिए, १९ वर्षीय दीपकसिंह साउद। बैतडी शिवनाथ गाउँपालिका–२ का दीपक विदेश जाने सपना बोकेर काठमाडौं छिरेका थिए। कक्षा–११ मा पढ्दै गर्दा गाउँका साथीहरू विदेश जान थालेपछि दीपक गाउँमा बसिरहन सकेनन्। ११ को परीक्षा दिनासाथ उनी...

बालेनको बाचापत्र- भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग, १ हजार दिनमा समाधान

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा-५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्।  उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा...

गुल्सन झा घाइते, जय ट्रफीको खेल गुमाउने

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका अलराउन्डर गुल्सन झा घाइते भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी घाइते भएपछि जय ट्रफीअन्तर्गतको नेपाल एपिएफ क्लबविरूद्धको सोमबारदेखिको खेल गुमाएका हुन्।  उनको स्थानमा नेपाल पुलिस क्लबले सोहिल कुँवरलाई खेलाएको छ।  आइसिसी...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक- दुइटा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार...

दुई दिनमा ८८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।  आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

२ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्। आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन...

धादिङ बस दुर्घटना- ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु, मृतकको संख्या १८ पुग्यो

२ घण्टा अघि   सेतोपाटी

धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा...

डिभाइडरमा ठोक्किएर पल्टेको मोटरसाइकललाई बसले दियो ठक्कर, चालकको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको...

धादिङमा दुर्घटना भएको बस बेलुका ७ बजे छुटेको थियो पोखराबाट

३ घण्टा अघि   सेतोपाटी

सोमबार बिहान  धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ। पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक...

निर्वाचन आयोगले भन्यो- प्रचारप्रसारमा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्दा भौतिक वस्तुको प्रयोग नगर्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ती जारी गरी राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न भनेको हो। त्यसको सट्टा कपडा, तुल, फ्लेक्स...