एमाले स्थायी कमिटीको कसरी हुँदैछ निर्वाचन? यी हुन् आकांक्षी
नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओली बहुमतमा छन्। ३०१ सदस्यीय केन्द्रीय कमिटीमा प्रतिपक्षी धारमा उभिने मुस्किलले १२ जना पनि छैनन्। १९ सदस्यीय पदाधिकारीमा प्रतिस्पर्धी खेमाबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्रै जितेका थिए।...
