ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सभामुखसमक्ष राप्रपाको अडान: 'जेनजीका माग पूरा नभएसम्म संसद पुन:स्थापना नगरौँ'

१ मिनेट अघि   थाहाखबर

​काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) 'जेनजीका माग पूरा नभएसम्म संसद पुन:स्थापना नगर्न सभामुख समक्ष अडान राखेकाे छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद पुन:स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको राजनीतिक दलहरूको छलफलमा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले कठोर उक्त अडान राखेका...

देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला

४ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन्। अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका हुन्। बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि...

सभामुखलाई राप्रपाका ८ बुँदे सुझाव

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजीको माग पूरा नभएसम्म संसद पुनर्स्थापना गर्न नहुने धारणा राखेको छ। सभामुख देवराज घिमिरेले डाकेको बैठकमा राप्रपाका ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएकोले 'जेनजीको माग' पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद पुनर्स्थापनाको...

कांग्रेसले भन्योः निर्वाचनको तयारी सुरू गर्छौं

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन्। सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुधवार उनले यस्तो बताएका हुन्। उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताए। लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताए।...

रोमान्टिक-कमेडी फिल्म 'दे दे प्यार दे २' को ट्रेलर सार्वजनिक

१३ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'दे दे प्यार दे २' को ट्रेलर सार्वजनिक भएको छ। अंशुल शर्माद्वारा निर्देशित यो फिल्म अजयको बहुप्रतीक्षित सिक्वेल हो। यो सिक्वेलमा अजय देवगनले आशिष मेहराको भूमिकालाई निरन्तरता दिएका छन्। तर यसपटक उनलाई आयशाका अभिभावकलाई मनाउने...

सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं :स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा...

अमेरिकामा अर्थमन्त्री खनालको दातृ निकाय प्रतिनिधिसँग छलफल, कस्ता छन् चासो?

२० मिनेट अघि   सेतोपाटी

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालले बुधबार अमेरिकाको वाणिज्य प्रतिनिधिलगायतसँग छलफल गरेका छन्। अर्थमन्त्रालयका प्रतिनिधिहरूका अनुसार नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवर्द्धन तथा...

समसामयिक प्रस्ताव तयार पार्न एमालेले बनायो ज्ञवालीको नेतृत्वमा समिति

२१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले समसामयिक प्रस्ताव तयार पार्न समिति गठन गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा समिति गठन भएको हो। उक्त समिति सदस्यहरूमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र केन्द्रीय सदस्य महेश बर्तौला छन्। एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरअघि सुरू भएको छ।...

मधेशमा कांग्रेस–जनमत विवाद, कांग्रेस प्रचार विभाग प्रमुख गुप्ता भन्छन् : जनमत गद्दार बन्याे

२६ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेस प्रदेशमा सरकार गठनको नयाँ समीकरण बनेसँगै नेपाली कांग्रेस र जनमत पार्टीबीच विवाद चुलिएकाे छ। कांग्रेस मधेशका प्रचार प्रमुख नितेश गुप्ताले जनमतमाथि गम्भीर आरोप लगाएका छन् । उनले जनमत पार्टीले प्रारम्भिक सहमति विपरीत पैसाको प्रलोभनमा परेर लोसपासँग हात मिलाएको दाबी गरेका छन्। ...

एमाले केन्द्रीय कमिटी बैठक (लाइभ)

२७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।   लाइभ:

कारागारबाट भागेका कैदी चोरी अभियोगमा भारतमा पक्राउ

२९ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट फरार भएका दुई जना भारतमा मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका छन्।  भारत बिहारस्थित अररिया जिल्लाको फारबिसगञ्जस्थित बथनाहाबाट पिन्टुकुमार यादव र उमेशकुमार मेहतालाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाइ छ। उनीहरू सोमबार पक्राउ परेको जानकारी भारतीय...

जेनजीका मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुन्छन्, सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः राजेन्द्र पाण्डे

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेनजीका मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुने बताएका छन्। सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरू...

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

३३ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार भएको कारोबारको तुलनामा बुधबार सुन प्रतितोला चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   मंगलबार प्रतितोला दुई लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार सुन बुधबार दुई लाख ४८ हजार...

केन्द्रीय कमिटी बैठकस्थलमा आइपुगे ओली (तस्बिरहरू)

३६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दसौं केन्द्रीय कमिटी बैठकस्थलमा पुगेका छन्। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा उनी पुगेका हुन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति...

सभामुखलाई दलहरूले दिएनन् प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च जान 'ग्रीन सिग्नल'

३९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन विरूद्धमा रिट लिएर सर्वोच्च अदालत जाने मनसायमा रहेका सभामुख देवराज घिमिरेलाई राजनीतिक दलहरूले ‘पर्ख र हेर’को अवस्थामा बस्न सुझाव दिएका छन्।  एमाले बाहेकका दलहरूले प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर सर्वोच्च जाने विषयमा सभामुखलाई स्पष्ट धारणा नदिएका हुन्।  सिंहदरबारस्थित...

‘मोडिफाइड मोटरसाइकल’ विरुद्ध कास्की प्रहरीको ‘अपरेसन ३६५’

४७ मिनेट अघि   थाहाखबर

पर्वत : स्वरूप परिवर्तन गरिएका ‘मोटरसाइकल’ले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले तिनीहरूका विरुद्ध ‘अपरेसन ३६५’ सुरु गरेको छ। ‘मोडिफाइड मोटरसाइकल’ले ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने लगायतका गतिविधिहरू बढिरहेको...

अनमोलको फिल्म 'जेरी अन टप' ले मल्टिप्लेक्समा कति पायो शो?

५८ मिनेट अघि   सेतोपाटी

अभिनेता अनमोल केसी झन्डै डेढ वर्षपछि नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन्। उनको शीर्ष अभिनय रहेको फिल्म 'जेरी अन टप' यही शुक्रबार (असोज ३१) देखि प्रदर्शनमा आउँदैछ। फिल्म रिलिज हुन दुई दिन बाँकी रहँदा अधिकांश मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्दै महामन्त्रीद्वय धवल शम्शेर र कुन्तिकुमारी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीले बहिष्कार गर्ने भएका छन्। आफूहरूले केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने जानकारीसहितको पत्र उनीहरूले आज अध्यक्ष राजेन्द्र लिङ्देनलाई पठाएको पार्टी सचिवालय स्रोतले जनाएको छ।...

सशस्त्र प्रहरीमा एकैपटक १६८ जना अधिकृतको कमाण्ड हेरफेर

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एकैपटकमा १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड हेरफेर गरेको छ। जसमा सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १६८ जना छन्। पछिल्लो...

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च जानेबारे सभामुख र दलका प्रतिनिधिबीच छलफल

१ घण्टा अघि   सेतोपाटी

  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। बुधबार सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका हुन्। छलफलमा सचेतकहरू कांग्रेसका श्याम घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, राप्रपाका ज्ञानेन्द्र...

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठक स्थल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बस्दैछ। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू गर्ने तयारी छ। बैठक स्थलमा नेताहरू आउने क्रम जारी छ। गत भदौ...

दलका प्रतिनिधि र सभामुखको छलफल सुरु, रास्वपा गएन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दलहरुले सभामखमार्फत् संसद पुनःस्थापनाको कसरत सुरु गरेका छन्।  भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन्।  हिजो मात्र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति...

मधेसमा कांग्रेस र एमालेबाहेक दल मिलेर सरकार बनाउने सहमति, लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा कांग्रेस एमालेलाई बाहिर राखेर नयाँ सरकार गठन गर्ने सहमति भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल (जितेन्द्र सोनार) लाई मुख्यमन्त्री बनाउनेगरि सहमति भएको हो   जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी मिलेर सरकार...

हिमाल हेर्न सुइरेचौर - फोटो फिचर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सामाखुसी क्षेत्रबाट लगभग ४५ मिनेटमा पुग्न सकिने नुवाकोट शिवपुरी गाउँपालिकाको सुइरेचौर  हिमाल हेर्नका लागि उपयुक्त गन्तव्य बन्ने गरेको छ।यो क्षेत्रबाट अन्नपूर्ण हिम श्रृङ्खला, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ। हेर्नुहोस् तस्विर-...