बबरमहल क्षेत्रमा बिहानैदेखि कडाइ, सवारीसाधनलाई प्रवेश रोक
काठमाडौंको नयाँ बानेश्वर-बबरमहल-माइतीघर क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको बैठकबाटै निर्णय गरेर आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ। त्यसलाई पनि मध्यनजर गरेर प्रहरीले बबरमहल क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको हो।...