ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चिनी उद्योग संघले भन्यो- भारतले निर्यात रोके पनि अहिले मौज्दात छ, मूल्य बढ्दैन

८ मिनेट अघि   सेतोपाटी

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको जानकारी गराएको छ।  संघले शुक्रबार विज्ञप्ति निकाल्दै चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी गराएको हो।  संघका अनुसार चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आई करिब १ लाख...

टाटा मोटर्सको 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' सुरू

८ मिनेट अघि   सेतोपाटी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि ३ गतेसम्म 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न...

निर्माण व्यवसायीले सुरू गरे देशव्यापी आन्दोलन

१२ मिनेट अघि   सेतोपाटी

निर्माण व्यवसायीले देशव्यापी आन्दोलन सुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत आज विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापनपत्र बुझाएसँगै उनीहरूले देशव्यापी रूपमा आन्दोलन सुरू गरेका  हुन्। आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले ज्ञापनपत्र बुझाउँदै मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक...

जेनजी आन्दोलनले १७९ कार्यालयको कागजपत्र भेटिएन, करिब डेढ खर्बको लेखा परीक्षणमा असर

२५ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ मा भएको जेनजी समूहको आन्दोलनको कारण लेखा परीक्षणमा समस्या देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार जेनजी आन्दोलनको कारण १७९ वटा कार्यालय तथा निकायको कागजपत्र (स्रेस्ता) दिन नसकेको कारण ठूलो रकम लेखा परीक्षण नै हुन नसकेको जनाएको...

विपन्न नागरिक उपचारमा वार्षिक ४ अर्ब ५९ करोड खर्च

३३ मिनेट अघि   सेतोपाटी

विपन्न नागरिक उपचारमा वार्षिक ४ अर्ब ५९ करोड खर्च नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत एक वर्षमा ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रूपैयाँ खर्च भएको देखिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार मुटु रोगी ८ हजार ४१०, मृगौला रोगी १२...

सुकुम्बासी बालबालिकासँग कुरा गर्दै कार्यवाहक मेयर डंगोल

४० मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता ढंगोलले सुकुम्बासी बालबालिकासँग कुराकानी गरेकी छन्। शुक्रबार दिउँसो महानगरको कार्यालयमा सुकुम्बासी बालबालिका, अभिभावक र  केही विद्यालयका प्रतिनिधिहरूसँग कुराकानी गरेकी हुन्। बालबालिकालाई आवासीय शिक्षा उपलब्ध गराउन बालबालिका, अभिभावक र स्कुलको प्रतिनिधिसँग कुराकानी गरेको महानगरका सहायक प्रवक्त...

युवा स्वरोजगार कोषले ४३२ सहकारीबाट ६७ करोडभन्दा बढी कर्जा असुल गर्न बाँकी

४३ मिनेट अघि   सेतोपाटी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी गरिएको कर्जामध्ये ४३२ सहकारी संस्थाबाट ६७ करोड १९ लाख ६४ हजार रूपैयाँ असुल हुन बाँकी रहेको देखिएको छ। कोषको विवरणअनुसार २०८२ सार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रूपैयाँ कर्जा सापटी...

श्रीलंकामा राजदूतावास बनाउन किनिएको जग्गा दुई पटक निजी व्यक्तिलाई बिक्री

४७ मिनेट अघि   सेतोपाटी

श्रीलंकाको कोलम्बोस्थित राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा खरिद भएको जग्गा दुई पटक निजी व्यक्तिलाई बिक्री गरिएको पाइएको छ।  महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले यस्तो खुलासा गरेको हो। प्रतिवेदन अनुसार अमेरिकी डलर ३ लाख ६० हजारमा १.५...

दुई सातादेखि चिया निर्यात ठप्प, सरकारले समस्या सुन्दै नसुनेको व्यवसायीको गुनासो

४८ मिनेट अघि   सेतोपाटी

नेपालको 'चिया हब' मानिने कोशी प्रदेशका तराई तथा पहाडी जिल्लाहरूमा यतिबेला चियाको हरियो पत्ती टिप्ने चटारो छ। प्रि–मनसुनमा नियमित अन्तरमा भइरहेको वर्षाले हरियो पत्तीको उत्पादन पनि ह्वात्तै बढेको छ। चैत र वैशाख महिनाभरि टिपिने हरियो पत्ती चियाको गुणस्तरका लागि सबभन्दा...

सरकारी अस्पतालहरूमा म्याद सकिएका ९ करोडका औषधि, आपूर्तिकर्ताबाट उठाउन सुझाव

५५ मिनेट अघि   सेतोपाटी

आर्थिक वर्ष २०८०-८१ मा विभिन्न सरकारी अस्पतालहरूमा ९ करोड ७ लाख १७ हजार रूपैयाँ मूल्यका औषधिजन्य मालसामान तथा किट को म्याद समाप्त भएकोले औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न महालेखा परिक्षकको कार्यालयले सुझाएको छ।  महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले यस्तो सुझाव दिएको हो। ...

'लालीबजार' फिल्म हेरेर निर्णय लिन सर्वोच्चले गरायो उच्च अदालतको ध्यानाकर्षण

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले ‘लालीबजार’ फिल्म रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले फिल्म प्रदर्शनीमा समेत आइसकेको हुँदा निवेदन परेमा फिल्म हेरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय लिन...

१४९ जलविद्युत आयोजनाबाट १८ करोडभन्दा बढी रोयल्टी बक्यौता

१ घण्टा अघि   सेतोपाटी

विद्युत विकास विभागका अनुसार १४९ जलविद्युत आयोजनाबाट १८ करोड ४६ लाख ४७ हजार रूपैयाँ रोयल्टी बक्यौता असुल हुन बाँकी रहेको देखिएको छ।  महालेखा परीक्षकको कार्यालयको वार्षिक लेखा परीक्षण प्रतिवेदनले यो रोयल्टी असुल गर्न भनेको छ।  विद्युत ऐन, २०४९ को दफा...

नेपाली मुद्रा लगातार कमजोर देखिएपछि महालेखाले भन्यो- जोखिम व्यवस्थान गर्ने उपाय खोज

१ घण्टा अघि   सेतोपाटी

नेपाली मुद्रा लगातार कमजोर हुँदा सार्वजनिक ऋणमा ठूलो अतिरिक्त दायित्व थपिएपछि महालेखा परीक्षकको कार्यालयले सचेत गराएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म विनिमय दरको उतारचढावका कारण मात्र सार्वजनिक ऋणमा ६५ अर्ब ५४ करोड ७९ लाख रूपैयाँ अतिरिक्त...

ऋण लिएको रकम छैन खर्च, सरकारलाई वर्षमा ५ अर्ब बढी ब्याज भार

१ घण्टा अघि   सेतोपाटी

ऋण लिएर पनि खर्च गर्न नसक्दा सरकारले वार्षिक ५ अर्ब बढी रकम ब्याजभार परेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ६३औं प्रतिवेदन अनुसार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको १ खर्ब ३२ अर्ब ४४ करोड ६७ लाख रूपैयाँ खर्च हुन नसकी...

४७ अर्ब रूपैयाँका ७८२ वटा आयोजना निर्माण अधुरै

१ घण्टा अघि   सेतोपाटी

विभिन्न मन्त्रालयका ७८२ वटा ठेक्का समयमै सम्पन्न नभएर अधुरा रहेको महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले औंल्याएको छ। २०८० ८१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिॅंचाइ मन्त्रालयका ७८२ वटा आयोजनाको निर्मा अधुरै रहेको प्रतिवेदनले उल्लेख...

साउनदेखि रूकुमपूर्व र रोल्पाका सेवाग्राही ब्लुबुक नविकरण गर्न झर्नुपर्ने छैन दाङ

१ घण्टा अघि   सेतोपाटी

साउनदेखि  रूकुमपूर्व र रोल्पाका सेवाग्राही सवारी दर्ता किताब नविकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्न प्रदेश राजधानी दाङ झर्नुपर्ने बाध्यता नरहने भएको छ।  प्रदेश सरकारको यो निर्णयसँगै अबदेखि  गुल्मी र अर्घाखाँचीका त्यस्ता सेवाग्राहीहरू बुटवल पुग्नुपर्ने बाध्यता रहने छैन। त्यस्तै, बर्दियाका...

सरकारी ऋण लगानीको झन्डै आधा उठ्न बाँकी

१ घण्टा अघि   सेतोपाटी

नेपाल सरकारले दिएको ऋणमध्ये धेरै रकम समयमा फिर्ता हुन नसकेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपाल सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रूपैयाँ रहेकोमा उठाउन बाँकी भाखा नाघेको...

टेलिकम र इन्टरनेट कम्पनीहरूले प्राधिकरणलाई करिब एक अर्ब बढी बुझाउन बाँकी

१ घण्टा अघि   सेतोपाटी

दूरसञ्चार सेवा प्रदायक, नेटवर्क दूरसञ्चार सेवा प्रदायकले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषमा करिब एक अर्ब रूपैयाँ रकम दाखिला नगरेको महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदनले २०८०-८१ मा कम्पनीहरूले यस्तो रकम नबुझाएको भन्दै उठान ताकेता गर्नुपर्ने उल्लेख गरेको हो। विभिन्न...

राप्रपाले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न धवलशम्शेर लगायत नेताहरूलाई दियो जिम्मेवारी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक उपाध्यक्ष हेमजंग गुरूङ, महामन्त्री धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल लगायतलाई महाधिवेशन कार्यतालिका प्रस्तावित गर्न जिम्मेवारी दिएको अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ। साथै बैठकले आगामी जेठ...

बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार

२ घण्टा अघि   सेतोपाटी

रित नपुर्‍याई गरिने खर्चमा वन मन्त्रालय र सञ्चार मन्त्रालय सबैभन्दा अगाडि देखिएका छन्। महालेखा परीक्षकको कार्यालयको ६३औं प्रतिवेदनअनुसार वन तथा वातावरण मन्त्रालयमा लेखा परीक्षण गरिएको रकममध्ये करिब १४ प्रतिशत बेरुजु देखिएको हो। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ६.७ प्रतिशत...

थप बढ्यो बेरुजु, अद्यावधिक गरिएको साढे ७ खर्ब माथि (पूरा प्रतिवेदन)

२ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८१/२०८२ सम्म नेपालको बेरुजु ७ खर्ब ५५ अर्ब माथि पुगेको छ। सरकारी खर्चको लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षकको कार्यालयले निकालेको ६३ औं प्रतिवेदन अनुसार रित नपुर्‍याइ गरिएको खर्च थप ३ प्रतिशतले बढेर साढे ७ खर्ब माथि पुगेको...

सडकबाट २०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

२ घण्टा अघि   सेतोपाटी

प्युठानमा शुक्रबार दिउँसो भएको गाडी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।  प्यूठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका – ५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थल पुगेका जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका...

स्कुल जान नपाएका दिदीभाइ, भन्छन्– हामीलाई यो ठाउँ मन परेन भनेर बालेन सरकारलाई भन्दिनू है!'

२ घण्टा अघि   सेतोपाटी

हामी सुकुम्बासी परिवारलाई राखिएको नागार्जुन नगरपालिका-२ को इचंगु अपार्टमेन्ट जाँदा तलमाथि डुल्दै थिए — भूमिका र मुकेश दाहाल। १३ वर्षीया भूमिका र १२ वर्षीय मुकेश दिदीभाइ हुन्। उनका बुबा विक्रम र आमा सुनिता भने कोठामा भेटिएनन्। उनीहरूको कोठा नम्बर हो...

मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धरले गरे पदभार ग्रहण

२ घण्टा अघि   सेतोपाटी

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका तारा मानन्धरले शक्रबारदेखि पदभार ग्रहण गरेका छन्। बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस...