सरकारी अस्पतालहरूमा म्याद सकिएका ९ करोडका औषधि, आपूर्तिकर्ताबाट उठाउन सुझाव
आर्थिक वर्ष २०८०-८१ मा विभिन्न सरकारी अस्पतालहरूमा ९ करोड ७ लाख १७ हजार रूपैयाँ मूल्यका औषधिजन्य मालसामान तथा किट को म्याद समाप्त भएकोले औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न महालेखा परिक्षकको कार्यालयले सुझाएको छ। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले यस्तो सुझाव दिएको हो। ...
