रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ४ दाङको स्थलगत रिपोर्टिङ सकेर रूपन्देहीको क्षेत्र नम्बर २ आउँदा हामीले एउटा खास कुरा 'नोटिस' गर्यौं। दाङ– २ का मतदातासँग आसन्न चुनावबारे कुरा गर्दा उनीहरूलाई खुल्न समय लाग्थ्यो। अरू धेरै कुरा गरेपछि मात्रै उनीहरू बिस्तारै खुल्दै...
