ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेन-जी आन्दोलनपछि तत्कालीन मन्त्रीहरूकाे विचल्ली, अधिकांश आफन्तको शरणमा

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेन-जी आन्दोलनका क्रममा भागेर ज्यान जोगाउन सफल भएका तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरू ‘घर न घाट’को अवस्थामा पुगेका छन्।जेन-जी युवाहरूको निशानामा परेका उनीहरूका निजी घर तथा डेरामासमेत आगजनी र तोडफोड भएपछि उनीहरू विचल्लीमा परेका हुन्।  २३ भदौमा सुरु भएको जेन-जी आन्दोलन २४...

विदेशी मुद्राको सञ्चिति २८ खर्ब ६ अर्ब

१९ मिनेट अघि   सेतोपाटी

रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो (साउन) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ।  डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो...

असोज १ गते शोक दिवस मनाउने निर्णय, सरकारले दियो सार्वजनिक बिदा

२८ मिनेट अघि   सेतोपाटी

सरकारले असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा शोक दिवक मनाउने निर्णय गरेको गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।   उनका अनुसार बुधबार (असोज १) शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा...

निष्पक्ष निर्वाचन र संविधान रक्षा हाम्रो प्रमुख जिम्मेवारी हो: गगन थापा

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी भएको बताएका छन्।  सोमबार नेपाली कांग्रेसमा आबद्ध भएका व्यक्तिहरूलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन‍्।  यस्तै उनले पार्टी पुनर्गठन गर्नु आजको अनिवार्य आवश्यकता भएको समेत बताएका छन्। ...

एक महिनामा भित्रियो एक खर्ब ७७ अर्ब रेमिटेन्स

३३ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा एक खर्ब ७७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८१/८२ यही महिना (साउन) मा भने एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर २९.९...

जेनजी आन्दोलनको हिंसात्मक घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले जेनजी आन्दोलनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सोमवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले यसको संरचना कस्तो...

जेनजी प्रदर्शनको घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय

४६ मिनेट अघि   सेतोपाटी

सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। ‘तर संरचनाबारे टुंगो लाग्न भने बाँकी छ,’...

जेन-जी आन्दोलनमा मृत्यु भएका प्रहरीलाई १० लाख दिने निर्णय

४७ मिनेट अघि   सेतोपाटी

केन्द्रीय प्रहरी कार्यालयले जेन-जी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीलाई प्रतिव्यक्ति १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।  सोमबार केन्द्रीय कार्यालयले सूचना जारी गर्दै मृतक प्रहरीलाई १० लाख  रूपैयाँ दिने निर्णय गरेको हो। भदौ २३ र २४ गते भएकोआन्दोलनका क्रममा मृत्यु भएकालाई...

तातोपानी र रसुवा नाका नचलेपछि चीनसँगको व्यापार अब कोराला नाकाबाट

४९ मिनेट अघि   सेतोपाटी

नेपाल र चीनबीचको व्यापारमा महत्त्वपूर्ण मानिने तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि अब कोराला नाकाबाट व्यापारिक गतिविधि सुरू भएको छ। यी दुई प्रमुख नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा दशैंको लागि सामान ल्याउन खोज्ने व्यापारीहरूलाई समस्या परिरहेको बेला, कोराला नाकाबाट व्यापार...

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। ठाउँ भने पछि खोजिने पनि उनले बताए। 

मन्त्रिपरिषद बैठक : असोज १ गते शोक बिदा, मृतक परिवारलाई १५ लाख दिने

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको शोकमा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तारपछि बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक बिदा दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मृतकका परिवारलाई...

रोकिएका त्रिविका सबै परीक्षा तिहारपछि

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनले रोकिएको त्रिभुवन विश्वविद्यालय(त्रिवि) अन्तर्गतका सबै परीक्षा तिहारपछि मात्रै सञ्चालन हुने भएको छ। आन्दोलनसँगै चाडपर्व नजिकिएकाले पनि परीक्षा सारिएको त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहायक परीक्षा नियन्त्रक दावा शेर्पाले जानकारी दिए। उनले थाहाखबरसँग भने,‘आन्दोलनले चलिरहेको र हुन लागेको परीक्षा...

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले भदौ २३/२४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको...

तोडफोड र आगजनीमा संलग्न आरोपमा रास्वपाले गर्‍यो दुई जनालाई कारबाही

१ घण्टा अघि   सेतोपाटी

जेनजी प्रदर्शनमा घुसपैठ गरेर निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई जनालाई कारबाही गरेको छ।  रास्वपा गण्डकी प्रदेशको अनुशासन आयोगले पार्टीको मादी गाउँपालिका संयाजक भोजराज पौडेल र पोखरा महानगर वडा नम्बर १०...

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : सन्दुक रुइत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताएका छन्। उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताए। डा रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका...

बासमती चामलबारे पाकिस्तानसँगको विवादले भारत-ईयूबीच व्यापार वार्तामा असर

१ घण्टा अघि   सेतोपाटी

बासमती चामलको बारेमा भारत र पाकिस्तानबीचको विवादले भारतको युरोपियन युनियनसँग (ईयू) हुन लागेको व्यापार सम्झौताको प्रक्रियालाई जटिल बनाएको छ। व्यापार सम्झौताका लागि नयाँ दिल्लीमा रहेका ईयूका वार्ताकारहरूलाई बासमतीको नामकरण प्रयोग गर्ने आफ्नो अधिकार स्वीकार गर्न भारतले दबाब दिइरहेको भनेर वार्तामा...

भाटभटेनीका तीन शाखामा भेटिए ११ वटा शव

१ घण्टा अघि   सेतोपाटी

विराटनगरको भाटभटेनी सुपर स्टोरमा एक जनाको शव फेला परेको छ।  जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गरेर सबैभन्दा धेरै क्षति व्यहोरेको निजी व्यापारिक प्रतिष्ठान भाटभटेनीमा अहिलेसम्म देशभरीमा ११ जनाको शव फेला परिसकेको छ।  मोरङका प्रमुख जिल्ला अधिकारी...

मान्छेका कारण कसरी जनावरको विकासमा प्रभाव पर्‍यो?

१ घण्टा अघि   थाहाखबर

एजेन्सी : हालै, फ्रान्सेली पुरातत्वविद्हरूले ८ हजार वर्षमा हड्डीमा भएको परिवर्तनको अध्ययनका आधारमा रिपोर्ट गरेका छन्, जसमा मानिसहरूका कारण कसरी घरपालुवा जनावरका आकार क्रमशः बढ्यो र जंगली जनावर साना हुँदै गए।  समयसँगै जनावरहरूको आकार परिवर्तन हुनु सामान्य हो। यो विकास...

गण्डकीमा तोडफोड र आगजनीबाट सबभन्दा धेरै क्षति पोखरामा

१ घण्टा अघि   सेतोपाटी

भ्रष्टाचारविरूद्ध जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका ११ वटा जिल्ला र ८५ वटा स्थानीय तहमध्ये सबभन्दा धेरै पोखरामा भएको छ।  पोखरामा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सबै मन्त्रालयहरू, उच्च अदालत पोखरा, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित...

खुल्दै छन् राजनीतिक दलहरू– नेकपा एमालेले दियो चुनावको पक्षमा उभिने प्रस्ट संकेत

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अन्यौलबीच नेकपा एमालेले पहिलोपटक फागुन २१ गतेलाई घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको पक्षमा उभिने स्पष्ट संकेत गरेको छ। महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। 'यो सरकार अन्तरिम...

खरानीमा उड्यो संसारकै एक उत्कृष्ट आर्किटेक्ट भवन अर्थात् स्वास्थ्य प्रणालीको मुटु

२ घण्टा अघि   थाहाखबर

  काठमाडौँ  : गत भदौ २४ गतेको जेनजी आन्दोलनमा स्वास्थ्य सेवाको वर्तमान प्रणालीलाई ध्वस्त पारेको छ। स्वास्थ्य सेवा विभागको विवरण अनुसार हालसम्म रामशाहपथमा रहेको संघीय स्वास्थ्य मन्त्रालयको भवनसँगै मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) पनि जलेर...

सिभिल अस्पताल लगिएका ४६० जना घाइतेमध्ये कति घर फर्के, कति बाँकी?

२ घण्टा अघि   सेतोपाटी

जेन-जी आन्दोलन क्रममा भदौ २३ गते प्रहरी गोली लागेका सबभन्दा बढी घाइते नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो। त्यो दिनदेखि आइतबार साँझसम्म ४६० जना घाइतेको उपचार गरेको सिभिल अस्पतालले जनाएको छ। अहिले यहाँ ९ जना मात्र उपचाररत छन्। सिभिलका मेडिकल डिभिजन प्रमुख...

शिवम् सिमेन्टले सुरू गर्यो सरसफाई कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएको आगजनी र तोडफोडका कारण सिर्जना भएको क्षति व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ। कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाईका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत...

अन्तरिम सरकारलाई अल्पसंख्यक समुदायको ११ बुँदे सुझाव

२ घण्टा अघि   सेतोपाटी

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ। मायाको पहिचान नेपालको केन्द्रीय कार्यालयमा भएको भेलाले अन्तरिम सरकारलाई माग सम्बोधन गर्न ११ बुँदे सुझाव दिएको हो। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा सोमबार भएको...