ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बागलुङमा खानेपानीको मुहानमा कोलिफर्म भेटियो

६ मिनेट अघि   थाहाखबर

बागलुङ : बागलुङमा खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो। जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ।...

रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्न ट्रम्पको निर्देशन

२७ मिनेट अघि   थाहाखबर

रुसका पूर्वराष्ट्रपतिको भड्काउपूर्ण अभिव्यक्तिपछि अमेरिकाले रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्ने भएको छ। पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभको अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उचित स्थानहरूमा पनडुब्बी परिचालन गर्न आदेश दिएका हुन्।  ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेख्नुभएको छ,...

काठमाडौँ-तराई-मधेश द्रुतमार्गको काम धमाधम- तस्विर

३४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग अर्थात् ‘फाष्ट ट्र्याक’ निर्माणको कामले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। तर नीतिगत...

गले मुख्यमन्त्री लामा, भोलि बिहानसम्ममा राजीनामा दिने

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेस संसदीय दलको नेतामा पराजित हुँदा समेत मुख्यमन्त्रीमै बहाल लामा सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन राजी भएका हुन्।  देउवाले बिहीबार लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन...

मधेसका सुख्खा ठाउँ पुग्दा जे देखियो

४७ मिनेट अघि   सेतोपाटी

२०८० सालको गर्मी मौसममा पनि तराई–मधेसका मुख्य सहर जनकपुर र वीरगञ्जमा सुख्खा परेको थियो। इनार र हातेपम्प (ट्युब–वेल) सुकेका थिए। यस सम्बन्धमा पत्रपत्रिकामा समाचार पनि धेरै आएको थियो। त्यस्तो समस्या यी दुई सहरमा मात्र सीमित थिएन, मधेसका अन्य सहरमा पनि...

रूसी पूर्वराष्ट्रपतिको धम्कीपछि ट्रम्पले भने- दुइटा आणविक पनडुब्बी तैनाथ गर्न आदेश दिएको छु

५१ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक पनडुब्बीहरू तैनाथ राख्न आफूले निर्देशन दिएको बताएका छन्। रूसी पूर्वराष्ट्रपति तथा हाल रूसी सुरक्षा परिषद प्रमुख रहेका दिमित्री मेदवेदेवको धम्कीपछि आफूले उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्न निर्देशन दिएको ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत जानकारी...

इङ्ल्याण्डविरुद्ध भारतद्वारा ५२ रनको अग्रता

१ घण्टा अघि   थाहाखबर

पाँचौ टेष्ट अन्तर्गत दोस्रो दिनको खेलमा इङ्ल्याण्डविरुद्ध भारतले ५२ रनको अग्रता लिएको छ। ओभलमा भएको खेलमा पहिलो दिन भारतले २२४ रन बनाएको थियो।  दोस्रो दिन हिजो घरेलु टोली इङ्ल्याण्डले ५१.२ ओभरमा पूरै विकेट गुमाएर २४७ रन जोड्यो। उसका लागि ज्याक...

आज शहीद भीमदत्त पन्तको स्मृति दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साउन १७ अर्थात् शहीद भीमदत्त पन्तको स्मृति दिवस।  २०१० साउन १७ गते गोली प्रहार गरी उनको हत्या गरिएको थियो।  १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए। उनले भारतको...

माओवादी केन्द्रको बैठक, प्रचण्डको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ। बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। हरेक...

माओवादी स्थायी कमिटी बैठकमा सदस्यहरूलाई बोल्न १० मिनेट समय

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शनिबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शनिबार बिहान ११ बजेबाट बैठक सुरू हुने पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। शनिबारको बैठकमा स्थायी कमिटी सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबारदेखि सुरू भएको बैठकको...

कविता : मौनता

२ घण्टा अघि   थाहाखबर

साँचो लागे पनिदुनियाँले सधैँ पात्र बनायो। बोलेको छु लाखौँपटक,तर शून्यअस्तु, अवशेष बनायो। शोकलाई उत्सव बनाउने समाजसँग मेरो साइनो छैन,त्यसैले म मौन छु। कथाको पात्रझैँ मर्नु र कथानक बन्नु फरक रहेछ।काल्पनिक देवता मरेको देख्दा पनिअझै बाँच्न चाहन्छु,दुःखभित्र आशा साँचेर। तर पटकपटकईश्वर परीक्षा लिइरहन्छ,म...

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

२ घण्टा अघि   थाहाखबर

सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो। गोलञ्जोर गाउँपालिका- ६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।...

सुख्खा मधेसलाई वर्षाको त्राण, मध्यम वर्षा

२ घण्टा अघि   सेतोपाटी

मधेसमा अन्ततः वर्षा भएको छ। लामो समयको खडेरीपछि सुख्खाग्रस्त मधेसमा पछिल्लो चौबीस घन्टामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो २४ घण्टाको विवरण अनुसार धनुषा जिल्लाको तुल्सीमा ६३.८ मिलिमिटर,   हर्दिनाथमा ५१ मिलिमिटर,  रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर...

‘छात्रवृत्ति बेच्ने’ निजी विद्यालयसँग महानगरले माग्यो कागजपत्र

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेण्डरी स्कुललाई तीन दिनभित्र कागजपत्र बुझाउन निर्देशन दिएको छ।    विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेश गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले...

प्रकाश सपुतले सार्वजनिक गरे 'नाइँ भनेसी नाइँ' (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रकाश सपुतले तीज गीत 'नाइँ भनेसी नाइँ' सार्वजनिक गरेका छन्। शुक्रबार राति युट्युबमा सार्वजनिक यो गीतको कथानक भिडिओमा रेखा थापा, सिम्रन खड्का, संजोग रसाईली लगायतको अभिनय छ। प्रकाश स्वयंले पनि यसमा अभिनय गरेका छन्। 'बदला बरिलै २' का रूपमा सार्वजनिक गीतमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६...

कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का...

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो...

व्यावसायिक बाख्रापालनमा रमाएका काफलडाँडाका जगबहादुर

४ घण्टा अघि   थाहाखबर

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन शुरु गरेका थिए। ‘विदेशको ठक्करले...

क्यान्सरका कस्ता बिरामीलाई चाहिन्छ इम्युनो थेरापी? (भिडिओ)

४ घण्टा अघि   सेतोपाटी

हाम्रो शरीरमा प्राकृतिक रूपमै इम्युन सिस्टम भन्ने हुन्छ। यसले हामीले व्याक्टेरिया, भाइरस लगायतका विभिन्न संक्रमणबाट जोगाउँछ। तर यी क्यान्सरका कोषिकाले हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) लाई झुक्याउँछन्। उनीहरूले झुक्याएर अथवा त्यसले नदेख्ने गरेर हाम्रो शरीरमा पसेर हाम्रो शरीरलाई नष्ट गर्न...

कोशी प्रदेशको नाम अब ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’

११ घण्टा अघि   थाहाखबर

मोरङ : कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम...

अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गरिँदैन : धनराज गुरुङ

१२ घण्टा अघि   थाहाखबर

ललितपुर : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताएका छन्। नेपाली कांग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारुहरूको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अवसर र चुनौती’ विषयक विचार गोष्ठीलाई...

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

१२ घण्टा अघि   थाहाखबर

नुवाकोट : विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ।  चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो। पुरातत्व विभाग, स्मारक...

खेलकुद पत्रकार थापाको खेलाडी पुस्तक विमोचन

१२ घण्टा अघि   सेतोपाटी

वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको बताउँदै यो...