संकटकाल
कुरा २०६३ सालको दसैंताकाको। तीनवर्षपछि गाउँमा पुग्दा मनै फुरुङ्ग। द्वन्द्वकालमा सुनसान बनेका गाउँमा फेरि रौनक थपिँदै थियो। देउरालीमा लिङ्गेपिङ हाल्दै थिए युवाहरू। ब्रुङ र नगराको सुमधुर आवाज सुन्दा मनै पुलकित हुन्थ्यो। घरहरूलाई आपसमा जोड्ने बाटाहरू पुरपार र तासतुस गरेर मर्मत गरिएका...