ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संसदमा रेखा शर्माको प्रश्न- दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के?

६ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले लामो समयसम्म गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले दुई तिहाइको बलियो सरकार भने पनि लामो समयसम्म गभर्नर नियुक्त गर्न...

सिटामोल र जीवनजल किन्न पत्राचार

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य सेवा विभागले आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन औषधि लिमिटेडलाई पत्राचार गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँगको छलफलपछि विभागले पत्राचार गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि महाशाखा प्रमुख डा....

पोखराको शान्ति स्तुपबाट छोरेपाटन आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते

१५ मिनेट अघि   सेतोपाटी

पोखराको शान्ति स्तुपबाट छोरेपाटनतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ। प्रहरीका अनुसार १ ख ३८८६ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो। दुर्घटनामा परेको गाडीमा २६ जना यात्रु थिए। तीमध्ये ४ जना गम्भीर घाइते भएको कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।...

सन्दीप भन्छन्- क्यानको केन्द्रीय सम्झौतामा रहन्न

१५ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्।  उनले...

नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने सन्दीपको घोषणा

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको बताएका छन्। उनले  आफ्नो निर्णय क्रिकेट...

पार्टीका कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन: रूखो वचन नगर्नू

१६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई रूखो वचन नबोल्न निर्देशन दिएका छन्। गत फागुनदेखि वैशाखसम्म अधिवेशनबाट निर्वाचित भएका जनसंगठनका इन्चार्ज, पदाधिकारीहरूलाई मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाइ दिँदै उनले कार्यकर्तालाई हप्काइदप्काइ नगर्ने भनेका हुन्।...

मेरिट र काबिलियतको कदर छैन, न्यायलयदेखि बैंकसम्म दलीय भागबन्डा छ: सांसद कार्की

१७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अंगमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले न्यायालयदेखि बैंकसम्म दलहरूबीच भागबन्डा चलेको बताएकी हुन्। 'न्यायलय, विश्वविद्यालय, प्रहरी,...

स्याउको मूल्य बढ्यो, कति पुग्यो किलोको?

२७ मिनेट अघि   सेतोपाटी

बजारमा स्याउको मूल्य बढेको छ। माग अनुसार स्याउको आपूर्ति नभएकाले मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'स्याउ सकिन लाग्यो त्यही भएर मूल्य बढेको हो,' उनले भने। उनका अनुसार बजारमा स्याउको मूल्य बढ्न थालेको एक...

संघीयता ल्याउनेहरू नै संघीयताको विरोधी देखिए: जनार्दन शर्मा

२८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै अहिले संघीयताको विरोधी रहेको बताएका छन्।  बुधवार काठमाडौंमा आयोजित 'संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट' छलफल कार्यक्रममा बोल्दै उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने...

फ्लप फिल्मको कारण अभिनय छोड्न चाहन्थे अभिषेक बच्चन

२८ मिनेट अघि   सेतोपाटी

अभिनेता अभिषेक बच्चनले बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन्। तर उनी आफ्नो बुबा अमिताभ बच्चन जति हिट छैनन्। एक समय अभिषेकको सबै फिल्म लगातार फ्लप भइरहेका थिए, त्यतिबेला उनले अभिनय छोड्ने सोचेका थिए।  'मेरो लगातार फिल्म फ्लप भइरहेका थिए। अचानक मेरो अभिनयलाई लिएर पनि...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।         पर्सा, वीरगंज महानगरपालिका-१२ प्रतिमा चोकमा बा.४ ख ३९३५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१५ भिष्वा बस्ने ७३ वर्षीय ननक राउत यादवको मंगलबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर...

चुनौतीले थिचिएको हाम्रो अर्थतन्त्र कसरी ल्याउने लयमा?

३१ मिनेट अघि   सेतोपाटी

नेपाली अर्थतन्त्रमा धेरै चुनौती घरेलु खालका छन्। कोरोनाकालमा राज्यले लागू गरेका कर्जा लगायतका नीति; अनुत्पादक क्षेत्रमा दिइएको कर्जा; नियमनको अप्रभावकारिताले लघुवित्त, सहकारी आदि क्षेत्रमा देखिएका समस्या घरेलु हुन्। राज्यको स्रोत परिचालनमा आएको समस्या, निर्माण र अन्य क्षेत्रको भुक्तानी रोकिएको अवस्था आदिले...

गुल्मी र तनहुँमा बालिकामाथि बलात्कार

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : गुल्मी र तनहुँमा बालिकामाथि बलात्कार भएको छ।  गुल्मी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। हिराले ती बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार जबरजस्ती करणी...

पत्रकार फणि महतको निधन

३५ मिनेट अघि   सेतोपाटी

पत्रकार फणि महतको निधन भएको छ। अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार महतको मंगलबार राति उपचारको क्रममा काठमाठौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। पत्रकार महत लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए। महत दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा थिए। उनी प्रेस...

लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।         ललितपुर, बागमती गाउँपालिका-२ छपेलीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।...

सांसद बजगाईको व्यङ्ग्य: राजनीतिमा भएकाले मैले भनेको ठिक छ, जनताले भनेको छैन!

३८ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले जनताका निराशा र कुरा नसुनिएकोप्रति लक्ष्य गर्दै प्रतिनिधि सभाको बुधबारको बैठकमा कुरा उठाएका छन्। उनले नेताहरूले भनेका कुरा ठिक हुने तर जनताले भनेका कुरा बेठिक हुने भन्दै व्यङ्ग्यसमेत कसे। ‘नेपालमा शिक्षक ठिक हुनुहुन्छ, विद्यार्थी...

यौनधन्दामा लगाएको अभियोगमा तीनजना पक्राउ

३९ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई अवैध रूपमा यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गत सोमबार साँझ पोखरा महानगरपालिका–८ सृजना चोकबाट उनीहरू पक्राउ परेका...

लिग-२ को महत्वपूर्ण सिरिजका लागि नेपाली टोली बेलायततर्फ

४४ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ मा अहिले नेपाल दबाबपूर्ण स्थितिमा छ। आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। नेपालले १२ खेल खेल्दा केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। नेपालले केवल ६ अंक मात्र जोड्न सकेको छ।...

जातीय विभेदको आरोपमा पिएन क्याम्पसका व्यवस्थापन विभाग प्रमुख बर्खास्त

४७ मिनेट अघि   सेतोपाटी

शौक्षिक भ्रमणमा जाँदा विद्यार्थीलाई जातीय विभेदको आरोप लागेपछि पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) को व्यवस्थापन अनुसन्धान विभागका प्रमुख देवीलाल शर्मा बर्खास्त भएका छन्।  क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले उपप्राध्यापक शर्मालाई मंगलबार विभागीय प्रमुखबाट शर्मालाई पदमुक्त गरेको जानकारी दिए। वैशाख २६ गते...

१४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

४८ मिनेट अघि   सेतोपाटी

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।  बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामी पक्राउ परेका हुन्।  उनलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले पक्राउ गरेको हो।  उनीविरूद्ध १४ वर्षीया बालिकालाई रेसुङ्गा नगरपालिका-२...

यसरी नियन्त्रणमा लिइयो मखन गल्लीमा लागेको आगलागी (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मखन गल्लीमा लागेको आगो ६ वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीका दुई घरमा बुधबार बिहान पौने ७ बजेतिर आगलागी सुरू भएको हो। उक्त आगलागी बिहान पौने ९ बजे नियन्त्रणमा आएको हो।...

बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौती : राष्ट्रपति

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौती भएको बताएका छन्। बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै...

अब गण्डकीमै दर्ता भएका सवारीले मात्र पाउँछन् 'राइड सेयरिङ' गर्न, यस्ता छन् मापदण्ड

५७ मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेश सरकारले नियमावलीमार्फत् राइड सेयरिङलाई कानुनी मान्यता दिएको छ। प्रदेश सरकारको मंगलबार बसेको बैठकले निर्देशिका जारी गर्दै राइड सेयरिङलाई कानुनी मान्यता दिएको हो।  नियमावलीमा राइड सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनीसँग कम्तीमा २० वटा सवारी साधान हुनुपर्ने मापदण्ड राखेको छ।...

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

५८ मिनेट अघि   सेतोपाटी

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ।  बुधबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन्। त्यसअघि सांसद प्रेम सुवालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न...