ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

५० सेकेन्ड अघि   सेतोपाटी

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईलाई धरौटीमा छाड्न आदेश भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी...

चीनले ट्रम्पलाई झुकाएपछि भारतले पनि थाल्यो प्रतिकार!

१५ मिनेट अघि   सेतोपाटी

अमेरिकाले चिनियाँ वस्तुमा उच्च भन्सार लगाउँदा पनि चीन नझुकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर घटाएका छन्। चीनले प्रतिकार गरेर अमेरिकालाई झुकाएसँगै अब भारतले पनि प्रतिकार गर्ने नीति अँगालेको देखिन्छ। ट्रम्पले उच्च भन्सार दरको प्रतिकार नगरी वार्ता गर्न गएका मित्र राष्ट्रलाई भन्दा प्रतिकार गरेको प्रतिस्पर्धी...

क्रिकेटर सन्दीपले गरे क्यानको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उनले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गरेका हुन्।  उनले यस निर्णय क्रिकेट वा...

महालेखाले औंल्याएका त्रिविका ५ बेथिति

२० मिनेट अघि   सेतोपाटी

महालेखा परीक्षकको ६२ औं प्रतिवेदन सार्वजनिक भएको छ। महालेखा परीक्षक तोयम राखले बुधबार ६२ औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका हुन्। उक्त प्रतिवेदनमा देशकै ठूलो र पुरानो विश्वविद्यालयको बेथिति उजागर गरिएको छ। प्रतिवेदनमा त्रिविभित्रका बेथितिका चाङ औंल्याइएका छन्। मुख्य रूपमा...

स्वरोजगार बन्न भन्दै सरकारले दिएको १ अर्ब २२ करोड रकम उठेन

२१ मिनेट अघि   सेतोपाटी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १ अर्ब २२ करोड ६७ लाख ९८ हजार भाका नाघेको छ।  समयमा असुली नहुँदा कोषको रकम जोखिममा परेको हाे।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा लगानी गरेको छ। नियमअनुसार यो रकम तोकिएको समयमा...

माग पूरा नभए असार १५ पछि राहत शिक्षकले आन्दोलन गर्ने

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले छुट्टै राष्ट्रिय समिति गठन गरेका छन्। हालै महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हो। बुधबार संवाद डबलीमा...

कमिसनको विषयमा इप्पानलाई आधिकारिक धारणा पठाउन धितोपत्र बोर्डले गर्‍यो पत्राचार

२७ मिनेट अघि   सेतोपाटी

प्राथमिक सेयर निश्कासन (आइपीओ) सहजिकरणको लागि कमिसन मागिएको विषयमा तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न भन्दै नेपाल धितोपत्र बोर्डले स्वतन्त्र उर्जा उत्पादक संस्था (इप्पान)लाई पत्राचार गरेको छ।  सञ्चालक समितिको बैठकको निर्णय अनुसार इप्पानलाई यसरी पत्राचार गरिएको धितोपत्र बोर्डका प्रवक्ता...

नागढुंगामा ट्राफिक प्रहरीले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल

२९ मिनेट अघि   सेतोपाटी

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेको भिडिओ भाइरल भइरहेको छ।   बुधबार सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा ट्राफिक प्रहरीले एक तल्लो तहका प्रहरीलाई कुटेको देखिन्छ। ट्राफिक प्रहरीले प्रहरीलाई सडकको बीचमा थप्पड हान्दै लछारपछार पारेका छन्। मोबाइल हेर्दै प्रहरीलाई लछारपछार पार्दै कुटपिट गरेको भिडिओमा देखिन्छ। उक्त...

रहेनन् 'कान्तारा २' अभिनेता राकेश पुजारा

३७ मिनेट अघि   सेतोपाटी

'कान्तारा २' अभिनेता राकेश पुजाराको मृत्यु भएको छ।  उनले केही दिनअघि मात्रै 'कान्तारा २' को छायांकन सकेका थिए। ११ मेमा उनी आफन्तको मेहेन्दी समारोहमा सहभागी भएका थिए। जहाँ उनी आफ्ना साथीसँग कुराकानी गरिरहेका थिए। त्यतिबेला उनी अचानक बेहोस भएर लडे। उनलाई तुरून्तै...

बुटवल पावरलाई न्यादी हाइड्रोको सेयर बेच्न धितोपत्र बोर्डले लगायो रोक

३८ मिनेट अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डले बुटवल पावरलाई न्यादी हाइड्रोपावर कम्पनीको सेयर बेच्न रोक लगाएको छ। बुटवल पावरले आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने लागेको थियो। बुटवल कम्पनीका सञ्चालकहरू न्यादी हाइड्रोपावरमा समेत सञ्चालक रहेकोले नियम अनुसार बिक्री गर्न...

६६ स्थानीय तहले ढाटे: बैंकमा भटिएन साढे ३२ करोड

४३ मिनेट अघि   सेतोपाटी

६६ वटा स्थानीय तहले बैंकमा राखिएको भनेर विवरण राखेको भन्दा ३२ करोड ६६ लाखले कम रकम रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदनले यस्तो ‍औंल्याएको हो। स्थानीय तहहरूले हरेक महिना आफ्नो लेखाजोखा (स्रेस्ता) र बैंक खाताको हिसाब मिलान गरेर...

सत्ताको अपजस लिनबाट जोगिने प्रयत्नमा कांग्रेसका दुई महामन्त्री !

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उत्कृष्ट र उपयुक्त शब्द खेलाउँदै धाराप्रवाहका साथ आकर्षक शैलीमा बोल्न खपिस नेपाली कांग्रेसका दुई महामन्त्री पछिल्लो समय संसद्‌मा देखिएका छैनन्। यसबीचमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित भइसक्यो भने विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि छलफल...

सरकारले तलब दिने गरी नियुक्त गर्ने सबै पदको योग्यता तोक: महालेखा परीक्षकको कार्यालय

१ घण्टा अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले सरकारले गर्ने हरेक नियुक्तीमा योग्यता तोक्न सरकारलाई सुझाएको छ। महालेखाको लेखा परीक्षण सम्बन्धी वार्षिक प्रतिवेदनबाट राज्यकोषबाट तलब दिने गरी गरिएका नियुक्तिको योग्यता र मापदण्ड तोक्न भनिएको हो। तर निर्वाचित हुने पदमा भने यस्तो योग्यता वा मापदण्ड बनाउन...

अस्ट्रेलियामा नेपालीलाई सघाउने 'भेट्छ एप', के के छन् सुविधा?

१ घण्टा अघि   सेतोपाटी

चितवनका नवीन सापकोटा सन् २०१४ मा अस्ट्रेलिया गए। त्यो विकसित मुलुकमा पुगेपछि उनले कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै काममा अनेक समस्या भोग्नुपर्‍यो। समस्या पार लाग्दै जान्छ। समयको अन्तरालमा विगतमा भोगेको समय विस्मृतिमा जान थाल्छ। नवीन पनि...

महालेखाले भन्यो– कर र भन्सार महसुलमा नीतिगत स्थिरता कायम गर

१ घण्टा अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले अर्थतन्त्रको दीर्घकालीन सुधारको लागि सरकारलाई सुझाव दिएको छ। महालेखा परीक्षकको कार्यालयले ६२ औं प्रतिवेदन सार्वजनिक गर्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको लागि गर्नुपर्ने कामको सुझाव दिएको छ। स्वदेशी कच्चा पदार्थमा आधरित उद्योगको प्रवर्द्धन गर्नको लागि कर र भन्सार...

४ हजार ९६५ मेगावाटका आयोजनासँग पिपिए गर्दै विद्युत प्राधिकरण

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले ४ हजार ९६५ हजार मेगावाटका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)खोलेको छ।  प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका ५४ आयोजनाको पिपिए खोलेको हो।  १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूले पिपिए गर्न पाउने उल्लेख...

नियमविपरीत पदाधिकारीलाई अतिथि सत्कारमा दिइयाे २ करोड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ७३ स्थानीय तहले २०८१ मा नियमले नपाउने भान्से, घरभाडा, अतिथि सत्कारलगायत अन्य सुविधाबापत पदाधिकारीलाई २ करोड ५२ लाख ४१ हजार भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०।८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त...

स्थानीय तहका पधाधिकारीलाई ऐन विपरीत भान्से, इन्धन र चाडपर्व वापत करोडौं सुविधा

१ घण्टा अघि   सेतोपाटी

स्थानीय तहले पदाधिकारी तथा सदस्यका लागि ऐनमै नभएको इन्धन, पोसाक यातायात सुविधा दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले उल्लेख गरेको छ। प्रदेश सभाले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनले तोकिदिएको भन्दा अन्य सुविधा दिएको...

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ भन्छन्- क्यान अध्यक्षले प्रतिसोध साँधे

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूविरूद्ध प्रतिसोध साँधेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष गुरुङले अध्यक्ष चन्दले प्रतिसोधकै भरमा आफूमाथि प्रदेश संघका अविश्वासको प्रस्ताव ल्याएको आरोप...

नयाँ शहर बनाउन सरकारले ८ अर्ब खर्च गर्‍यो : महालेखा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नयाँ शहर निर्माण गर्न सरकारले दश वर्षमा ८ अर्ब २९ करोड बढी रुपैयाँ खर्च गरेको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा जग्गा खरिद, ५८९ किलोमिटर सडक स्तरोन्नति, ३४ किलोमिटर सडक...

तीन गुणा बढी समय थप्दा पनि ४१६ आयोजना अधुरा

१ घण्टा अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले तोकिएको भन्दा तीन गुणा बढी समय थप गर्दा पनि काम पूरा नभई ४१६ आयोजना अधुरा भएको उल्लेख गरेको छ।  बुधबार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र सञ्चार तथा...

हलमा रौनक फर्काउँदै 'ऊनको स्वीटर', कस्तो छ व्यापार?

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'ऊनको स्वीटर' ले यति बेला सिनेमा हलहरूमा राम्रो व्यापार गरिरहेको छ। वैशाख २६ गते अर्थात गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित देशभरका हलहरूमा दर्शकको साथ पाएको हो। निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो 'हाइप'...

नेपाल ट्रष्टको १७२ रोपनी जग्गा मोहीको नाममा नामसारी

१ घण्टा अघि   सेतोपाटी

नेपाल ट्रष्ट ऐन, २०६४ को प्रावधानविपरीत ट्रष्टको स्वामित्वमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही र निजको हकवालाको नाममा नामसारी भएको खुलेको छ।  महालेखा परीक्षकको कार्यालयको ६२ औँ प्रतिवेदनले ट्रष्टको सम्पत्ति संरक्षण र व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखाएको हो। ट्रष्टको...

कृषि बीमा दाबी भुक्तानीमा ढिलाइ, ४ हजार ८२७ जनाले भुक्तानी पाएनन्

१ घण्टा अघि   सेतोपाटी

कृषि बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको तथा लापरबाही गरिएको देखिएको छ। कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ अनुसार बीमा दाबी जानकारी प्राप्त गरेको ५७ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको देखिएको हो। अहिले ४ हजार ८२७ बीमालेखको...