ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाले रूपन्देही ३ मा सागर ढकाललाई उम्मेदवार बनाउन लागेको हो?

३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा अर्थपूर्ण स्ट्याटस पोस्ट गरे। सागर ढकालसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै उनले रूपन्देही–३ को उपचुनावको सन्दर्भ राखे। र, आफै अनुमान लगाउन भने। सागर ढकाल तिनै युवा हुन्, जो डडेलधुरामा...

बबरमहल र मीनभवनमा आकाशे पुल निर्माणको काम धमाधम (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ। पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो ।  भौतिक पूर्वाधार मन्त्रालयले दुई...

खाल्डोमा डुबेर धनगढीमा एक बालकको मृत्यु

२० मिनेट अघि   थाहाखबर

धनगढी : धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि...

सर्वसाधारणका लागि विकास हाइड्रोपावरको आइपिओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?

२९ मिनेट अघि   सेतोपाटी

विकास हाइड्रोपावर लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।...

कुलो थुनिएपछि खसेको पहिरोले घर पुरियो, चार जना घाइते

३६ मिनेट अघि   सेतोपाटी

सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्। स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए। घर माथिको कुलो थुनिएर पहिरो...

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४२ मिनेट अघि   सेतोपाटी

वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ। विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई  मंगलबार राति ठक्कर दिएको थियो।  गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी...

लुम्बिनी प्रदेश सभामा आज पनि बजेटमाथि छलफल

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : लुम्बिनी प्रदेश सभाको बैठक बुधबार बस्दैछ। मध्याह्न १२ बजेका लागि बोलाइएकोबै ठकमा बजेटका विभिन्न शीर्षकमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।   बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको...

नेपाल बैंक र लेट मि इनबीच सम्झौता

५० मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले...

कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरपालिकाद्वारा आवेदन खुला

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले संस्थागत  शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ।  महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको...

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चले आज निर्णय सुनाउन सक्ने

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीबारे आज निर्णय सुनाउने मिति तोकेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बुधबार निर्णय सुनाउने दिन तोकेको हो। यसअघि जेठ २८ गते...

लुम्बिनीमा लोसपाले किन फिर्ता लियो सरकारलाई दिएको समर्थन?

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल गर्न असार ७ गते प्रदेशसभाको बैठक आह्वान भएको थियो। बजेटप्रति प्रदेशसभाका सांसद मात्र होइन स्वयं मुख्यमन्त्री र मन्त्रीहरूमा समेत असन्तुष्टि देखिएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गर्‍यो। बैठक स्थगित गर्न मुख्यमन्त्री चेतनारायण...

कुलिङ पिरियडमा सांसदहरूले अनावश्यक रूपमा बुनेका षड्यन्त्रका कथा

१ घण्टा अघि   सेतोपाटी

टिप्पणी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै संवैधानिक, कूटनीतिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी 'कुलिङ पिरियड' को व्यवस्था गरेको थियो। समितिको सर्वसम्मत निर्णयसहित विधेयक प्रतिनिधि सभाबाट पारित भयो। पारित विधेयक...

नक्सालमा जनकपुरे माछा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  ‘म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो’, मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने। साहले भने जस्तै उनी जनकपुरदेखि काठमाडौँसम्म...

एनआरएनए अष्ट्रेलिया निर्वाचन : उम्मेदवारलाई मतदाता फकाउने चटारो

१ घण्टा अघि   थाहाखबर

सिड्नी : गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले गतिविधि तीव्र पारेका छन्। २०२५-२०२७ कार्यकालका लागि अध्यक्षदेखि राज्य संयोजक पदसम्मका आकांक्षीले उम्मेदवारी घोषणादेखि सामाजिक सञ्जालमा प्रचार, सार्वजनिक कार्यक्रम र व्यक्तिगत भेटघाटलाई तिव्रता दिएका छन्। निर्वाचन यही जुलाई २६ मा हुनेछ। अध्यक्ष...

गाजामा ६० दिन युद्धविराम गर्न इजरायल सहमत भएको ट्रम्पको दाबी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिन युद्धविराम गराउने सर्तमा इजरायल सहमत भइसकेको दाबी गरेका छन्।  युद्धविरामका लागि सबै पक्षहरूले तीव्र रुपमा काम गरिरहेको बताउँदै राष्ट्रपति ट्रम्पले शान्तिका लागि मेहनत गरेका कतार र इजिप्टले अब अन्तिम सर्तसहितका प्रस्ताव...

चट्याङ लागेर ३ जना घाइते

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  हेटौँडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्।  हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा हिजो साँझ विद्युतको तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी र नातिनी एक वर्षीया श्रीयाना...

चौरजहारीका चन्द्रले गरे श्रीमती देविकाको हत्या

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : रुकुम पश्चिममा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन्।  चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्र बुढाथोकीले ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका हुन्।  आपसी विवादपछि हिजो राति श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए। उनलाई हिजै राति पक्राउ गरिएको जिल्ला...

कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि जारी रहने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ।  सोमबारदेखि जारी बैठक आज तेस्रो दिन दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार हिजोसम्म ३५ केन्द्रीय पदाधिकारी र सदस्यले आ–आफ्ना...

वित्तीय क्षेत्रको रोग 'पेन–किलर' ले निको हुँदैन, सही उपचार खोज्नुपर्छ

२ घण्टा अघि   सेतोपाटी

मौद्रिक नीति बहस राष्ट्र बैंकले आउँदो साउन पहिलो सातासम्म आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। यसका लागि सबै पक्षसँग सुझाव माग्ने क्रम चलिरहेको छ। यसै सन्दर्भमा मौद्रिक नीतिले अहिलेका आर्थिक समस्या कसरी सम्बोधन गर्न सक्छ भन्नेबारे...

संविधानसभा सदस्य यादवको निधन

२ घण्टा अघि   थाहाखबर

बारा : संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ।  बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डाक्टर जितेन्द्र यादवले जानकारी दिए।  यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए।...

रिपब्लिकन पार्टीकै सिनेटरले गरे ट्रम्पको कर र खर्च विधेयकको विरूद्धमा मतदान

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर खर खर्च विधेयक सिनेटले पारित गरेको छ। मंगलबार अमेरिकी माथिल्लो सदनमा उक्त विधेयक पारितका लागि मतदान भएकामा नाटकीय ढंगबाट पास भएको हो। रिपब्लिकन बहुमत भएको सिनेटमा विधेयकबारे मतदान हुँदा पक्ष र विपक्ष दुवैमा ५०-५०...

‘शार्क ट्यांक नेपाल’ आजदेखि हिमालय टिभीमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बिजनेश रियालिटी शो शार्क ट्याङ्कको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल आजदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदैछ।  शार्क ट्याङ्क नेपालको पहिलो संस्करणको हिजो भएको प्रिमियरमा कार्यक्रमका शार्क र शार्क ट्यांक इण्डियाका शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ताले आ–आफ्ना अनुभव सुनाए। ...

श्रीलंकासँग भिड्दै नेपाल, यस्तो छ हेड टु हेड

२ घण्टा अघि   सेतोपाटी

एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ।  छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो।...

पोखरामा ‘स्पा सेन्टर’बाट आठ बालिकाको उद्धार

२ घण्टा अघि   थाहाखबर

पर्वत : प्रहरीले पोखरा महानगरपालिकामा सञ्चालित तीनवटा ‘स्पा सेन्टर’बाट आठ बालिकाको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखरा महानगरपालिका- ६ मा सञ्चालनमा रहेका ‘स्पा सेन्टर’हरूबाट बालिकाहरूको उद्धार गरिएको हो। जिल्ला...