ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्कीलाई चीनको बधाइ

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ। आफ्नो विदेश मन्त्रालयले आफ्नो वेबसाइटमार्फत कार्कीलाई बधाइ दिएको हो। उसले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले...

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

११ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको  कास्कीको जनजीवन सामान्य बन्दै गएको छ। सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ। फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ। सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका...

रेशम चौधरीले छाडे नाउपा, अर्को पार्टी खोल्ने

४५ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्षरूपमा आफ्नो धारणा राख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन। यो पार्टी २०७८ पुसमा खुलेको थियो। टीकापुर घटनामा दोषी ठहर भई आजीवन काराबासमा रहेका बेला उनले जेलभित्रै...

विद्यालय आजदेखि खुल्दै

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि क्रमश: खुल्ने भएका छन्। भौतिक रूपमा क्षति भएका बाहेकका विद्यालय तथा क्याम्पसहरुमा पठनपाठन नियमति गर्न लागिएको हो। आधिकांश विद्यालयले बालबालिकाका अभिभावकलाई आजदेखि विद्यालय खुल्ने भन्दै सूचना पठाएका छन्।...

ट्र्म्प रुसमाथि थप कडा प्रतिबन्ध लगाउन तयार

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा प्रतिबन्ध लगाउन तयार रहेको बताएका छन्। त्यसका निम्ति ट्रम्पले नेटो सदस्य राष्ट्रले रुसको तेल खरिद गर्न रोक्नेलगायत केही शर्त पूरा गर्नुपर्नेमा जोड दिएका छन्।  ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै नेटो राष्ट्र सहमत भएर...

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

१ घण्टा अघि   थाहाखबर

गण्डकी : पोखरा महानगरपालिका-२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यो वर्ष मरिचका बिरुवा बिक्रीबाट दुई लाख ७५ हजार आम्दानी गरेका छन्। अमृतकुञ्ज पर्माकल्चर अर्ग्यानिक फार्ममा उत्पादित एक हजार १०० बिरुवा बिक्री गरेर उनले आम्दानी गरेका हुन्। फार्ममा उत्पादन भएका बिरुवा पोखरा...

रेशम चौधरीले छाडे नाउपा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन्। उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन्। उनले थाहाखबरसँग कुराकानी गर्दै आफूले पार्टी छाडेको...

'प्रचण्डकै नेतृत्वमा चुनावमा गए माओवादीले ठूलो क्षति ‍बेहोर्नुपर्छ'

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय नेकपा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनबारे पार्टीभित्रै बहस र चर्चा हुन थालेको छ। गत साउनमा पार्टीको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले यो विषय जोडतोडले उठाए। तर स्थायी समितिका अधिकांश सदस्य वर्तमान नेतृत्वकै पक्षमा उभिएपछि यो विषय बहसमा आउन सकेन। त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल...

बेलायतमा किन निस्किए एक लाखभन्दा बढी मानिसहरू सडकमा?

१ घण्टा अघि   सेतोपाटी

बेलायतको लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा निस्किए। कसैको हातमा संयुक्त अधिराज्यको झन्डा, कसैले इंग्ल्याण्डको रातो–सेतो झन्डा, कसैले अमेरिकी र इसराइली झन्डासमेत बोकेका थिए। कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन (मागा)' समर्थक टोपी लगाएका थिए। उनीहरूले...

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

२ घण्टा अघि   थाहाखबर

कञ्चनपुर :  सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ। गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ। नेपाल पन्छी संरक्षण संघ (बीसीएन) ले हरेक वर्ष सञ्चालन गर्ने...

दुबईमा भारत र पाकिस्तान आमनेसामने हुँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।   दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ।  समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने...

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दैछिन्।  कार्की बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।  सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको...

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

३ घण्टा अघि   सेतोपाटी

काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न...

आज राष्ट्रिय बालदिवस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय बाल दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी...

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले  एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ।...

आज बाल दिवस, राष्ट्रपति पौडेलले दिए शुभकामना

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन्। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ। यस वर्षको बालदिवसका नारा ...

आज कति छ विदेशी मुद्राहरूको विनिमयदर?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५  पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र...

भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको निर्देशन

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो। सुरक्षा निकायले कर्फ्यू र निषेधाज्ञालाई समेत...

आज यी स्थानमा हुनेछ भारी वर्षा

४ घण्टा अघि   सेतोपाटी

आइतबार मनसुन पुनः सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने प्रणाली (मनसुनको न्यूनचापीय रेखा) सरदर अर्थात् भारततर्फ नै अवस्थित छ।  आइतबार देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। कोशी, मधेस, बागमती र...

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।  बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ।...

आर्सनल शीर्ष स्थानमा

४ घण्टा अघि   थाहाखबर

लन्डन : इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले शनिबार नटिङघम फरेस्टलाई ३–० गोलले पराजित गरेको छ।  आर्सनलको गृह मैदानमा भएको खेलमा घरेलु टिमका लागि माटिर्न जुबिमेन्दीले दुई तथा भिक्टर ग्योकरेसले एक गोल गर्नुभयो । जुबिमेन्दी र ग्योकरेस दुवै यस सत्रमा आर्सनलमा भित्रिएका...

जितियाको निराहार व्रत आज

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिला क्षेत्रका आमाहरूले आइतबार जितिया व्रत बस्दैछन्। शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ ९दर० खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत शुरु गरेका हुन् । आश्विनकृष्णपक्षको अष्टमी तिथिमा यो...

आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बुबाआमा बेखबर

४ घण्टा अघि   सेतोपाटी

हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बसेका छन्। छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहेका छन्। शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ। उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन। तर उनीहरूलाई थाहा...

जसले तोडफोड र आगजनीबाट बचाए पुरातत्त्व विभाग

४ घण्टा अघि   सेतोपाटी

सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म प्रदर्शनकारीको आक्रमणमा परेर दनदनी जलिरहँदा त्यही ठाउँको एउटा सरकारी कार्यालय भवन भने जोगिएको छ। जोगिएको सरकारी कार्यालय हो, पुरातत्त्व विभाग। यहाँ महत्त्वपूर्ण कुरा के छ भने, पुरातत्व विभागको संरक्षण सेना वा प्रहरीले गरेका होइनन्। यसलाई त्यहाँ रहेका पुरातात्त्विक सामग्रीको महत्त्व बुझेका सचेत र जागरूक नागरिकहरूले जोगाएका हुन्। घटना भदौ २४ को हो। अघिल्लो दिन जेन-जी आन्दोलन क्रममा...