पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि...
महेन्द्रनगर : महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो। गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो। सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा...