ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्रिय सभाका समितिहरूको निर्वाचन चैत २४ गते

६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा अन्तर्गतका समितिहरूमा भदौ २४ गते सभापति चयन हुने भएका छन्।  समिति सभापति चयनका लागि राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेका छन्।  जसअनुसार चैत २३ गते बिहान साढे १० बजेदेखि १२ बजेसम्म समिति सभापतिका लागि...

पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार प्रकरणमा १० जनालाई धरौटीमा छाड्न आदेश

९ मिनेट अघि   सेतोपाटी

पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार गरेको आरोपमा मुद्दा चलेका १० जनालाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले १० जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे, म्यानेजर सुवास...

फागुनमा ३.६२ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर

१३ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा फागुन एक महिनामा वार्षिक औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत फागुनमा यस्तो वृद्धिदर ३.७५ प्रतिशत थियो। चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुनसम्म) को औसत मूल्य वृद्धि दर २.१३ प्रतिशत...

सिकार एल्गोरिदमको!

१३ मिनेट अघि   सेतोपाटी

कमरेडहरू सामन्तमा सामन्तहरू कमरेडमा परिवर्तन भइसक्दा समेत परिवर्तन तिमी देख्दैनौ भने, कि त तिमी राजनीतिमा छैनौ कि त तिमी जनसाधारण हैनौ।   वन-पाखा खेतबारी देउराली भन्ज्याङ वारिपारि डोजर गाडी आइसक्दा पनि सडक पुल ठेक्कापट्टा कालोपत्रे भइसक्दा पनि आफूसँग मोटर छैन...

इरानी फिल्म प्रदर्शनसँगै काठमाडौंमा सुरू भयो निफ

१५ मिनेट अघि   सेतोपाटी

नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरू भएको छ। हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म 'माइ डटर्ज हेयर' प्रदर्शनसँगै निफ सुरू गरिएको हो।  सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा...

भित्रियो १४ खर्ब ४९ अर्ब रेमिटेन्स, वैदेशिक रोजगारीमा जाने घटे

२१ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिटेन्स १४ खर्ब नाघेको छ। गत आर्थिक वर्ष २०८१-८२ को यही अवधिमा भने १० खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ३७.६६ प्रतिशतले बढेको हो।...

प्यारी छोरीको सम्झनामा एक असहाय बुबाको चित्कार!

२३ मिनेट अघि   सेतोपाटी

मिति: २०८२ चैत्र १९ गते स्थान: तिम्रो रित्तो कोठा मेरी प्यारी छोरी, मेरी प्यारी छोरी, मेरो मुटुको एउटा सानो टुक्रा, आज तिमी हामीबाट भौतिक रूपमा टाढा भएको पनि धेरै समय भइसकेको छ। तर विश्वास गर, मेरा लागि समय त्यही दिन रोकिएको...

दिपक भट्टको कारोबार क्रममा सेयर ब्रोकरलाई पनि कारबाही हुने

२६ मिनेट अघि   सेतोपाटी

व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएको ब्रोकर कम्पनीलाई पनि कारबाही हुने भएको छ। सम्बन्धित ब्रोकरमाथि कारबाही गर्न सम्पत्ति शुद्धीकरण विभागले सेयर बजार नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई भनेको छ।  व्यवसायी दिपक भट्टले नेपाल पुनर्बीमा...

एमाले सांसद बादलले संसदमा गरे प्रश्नैप्रश्न

३५ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले संसदीय दल नेता तथा सांसद रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकम बोल्दै दल नेता बादलले फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो...

नेपाललाई ग्रे-लिष्टबाट हटाउने प्रक्रिया अघि बढ्यो: पूर्व अर्थमन्त्री खनाल

३९ मिनेट अघि   सेतोपाटी

पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल ग्रे लिष्टको सूचीबाट हटाउने प्रक्रिया अघि बढेको बताएका छन्। ‘नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे सूचीबाट हटाउने प्रक्रिया अघि बढिरहेकोमा आभारी छु,’ खनालले भनेका छन्। उनले यो काम दृढ संकल्पका साथ निरन्तर अघि बढिरहेको बताए। सम्बन्धित...

दुई तिहाइ सदुपयोग गर्न नसकेको हाम्रो अनुभव रास्वपाका लागि शिक्षा हुन सक्छ- वर्षमान पुन

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन 'अनन्त' ले आफ्नो दलको उतारचढावबाट शिक्षा लिएर अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सचेत गराएका छन्।  प्रतिनिधि सभाको पहिलो बैठकमा पार्टीका तर्फबाट धारणा राख्ने क्रममा पुनले आफूहरूले दुई पटकसम्म दुई तिहाइ जनमतको सदुपयोग...

प्रेमको पर्खाल!

४७ मिनेट अघि   सेतोपाटी

पोखराको बिहानहरूमा एउटा अनौठो शान्ति हुन्थ्यो। फेवातालको पानीमा परावर्तित हिमालझैँ उनीहरूको प्रेम पनि निर्मल देखिन्थ्यो क्षितिज र किरणको। काकाको ससुराली जाँदा भेटिएको त्यो सम्बन्ध कुनै सामान्य चिनजान थिएन, त्यो बिस्तारै परिवारले स्वीकारेको, सपनाले सिँचिएको र भविष्यले बोलाएको प्रेम थियो। त्यति...

अपराधीको तीनपुस्ते सम्पत्तिबाट जफत गरेर सहकारी पीडितलाई दिनुपर्छ- ज्ञानेन्द्र शाही

४८ मिनेट अघि   सेतोपाटी

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले भन्दा पनि अपराधीहरूको तीन पुस्ते सम्पत्तिबाट सहकारी पीडितलाई पैसा दिनुपर्ने बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी पीडितको रकम हडप्नेलाई कारबाही हुनुपर्ने बताए।  ‘सडकको किनारामा मकै पोलेर, साग बेचेर, पसिना र रगत बेचेर संकलन...

के यी संस्था सुशासनका बाधक हुन्?, जो परेका छन् खारेजीको प्रस्तावमा

५२ मिनेट अघि   सेतोपाटी

बालेन नेतृत्वको सरकारले पदभार सम्हालेकै दिन शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूची सार्वजनिक तय गरियो। यी १०० बुँदामध्ये धेरै अघिल्लो सरकारले तय गरेका सुशासन मार्गचित्र २०८२ अन्तर्गतका देखिएका छन्। २०८२ पुस १४ प्रधानमन्त्रीस्तरीय बैठकबाट सुशासन मार्गचित्र तयार गर्न प्रधानमन्त्री तथा...

प्रिमियम डिजाइनको ‘भिभो भी–७०’ सार्वजनिक हुँदै

१ घण्टा अघि   सेतोपाटी

भिभोले फ्ल्यागशिप स्मार्टफोन 'भिभो भी–७०' को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ।  कम्पनीले 'जाइस पोर्ट्रेट सो प्रो' अवधारणामार्फत मोबाइल फोटोग्राफीलाई अझ उन्नत बनाउने संकेत दिएको छ। यसमा ५० मेगापिक्सलको जाइस सुपर टेलिफोटो क्यामरा रहने अपेक्षा गरिएको छ, जसले टाढाबाट खिचिएका...

अपराजित मधेशमाथि शीर्ष स्थानको आर्मीको जित, सुदूरपश्चिमले गण्डकीलाई हरायो

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले अपराजित रहेको मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।  जनकपुरमा भएको खेलमा हात पारेको जितपछि आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ। सुदुरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा छ। नेपाल...

यी हुन् हर्क साम्पाङले संसदमा उठाएका सात मुख्य बुँदा

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठकमा विभिन्न मागहरू उठाएका छन्। बिहीबार दिउँसो सुरू भएको बैठकमा साम्पाङले बैठक ढिला गरी सुरू भएकोमा आपत्ति जनाए। उनले आजको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला सुरू भएको बताए। ‘अघिल्लो शपथ...

बाक्लो अँध्यारो चिर्न कोही मैन बन्नैपर्ने रहेछ– सुहाङ नेम्वाङ

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले अँध्यारो चिर्न आफूले संसदीय दल नेतामा दाबी गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले आफ्नो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्त्वाकांक्षा नभई पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा...

दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका छन्।  बिहीबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले माफीको मूल्य अब न्यायले सुनिश्चित गर्ने पनि बताए। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश...

‘दिमाग घोच्ने मान्छे’ अब डिगो ओटिटी प्लेटफर्ममा

१ घण्टा अघि   सेतोपाटी

उज्वल थापाको जीवनयात्रामा आधारिक वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब डिशहोम गो (डिगो) ओटिटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ। यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ। ओटिटी प्लेटफर्म डिगोमा १९९...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ८१ करोडमा सीमित

१ घण्टा अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार १२ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन...

प्रतिपक्षी दलहरूलाई लामिछानेको आग्रह– हामीले बाटो बिरायौं भने सच्याइदिनुहोला

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले पार्टी र सरकारमाथि २४ सै घन्टा निगरानी गरिदिन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्। ‘प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ। हामीमाथि २४ सै घन्टा निगरानी गरिदिनुहोला,’ प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति लामिछानेले आग्रह...

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ। आज प्रतिनिधि सभामा कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले भने,...

ओली–लेखक पक्राउबारे लामिछाने– न्याय पाउने हक शहीदकी आमाको हो

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताउँदै त्यसलाई राजनीतिक प्रतिशोधन नभन्न आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले सन्दर्भ उल्लेख नगरी न्याय दिलाउन चालिएको कदमलाई राजनीतिक प्रतिशोध नभन्न...