ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अपराधीको तीनपुस्ते सम्पत्तिबाट जफत गरेर सहकारी पीडितलाई दिनुपर्छ- ज्ञानेन्द्र शाही

३५ सेकेन्ड अघि   सेतोपाटी

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले भन्दा पनि अपराधीहरूको तीन पुस्ते सम्पत्तिबाट सहकारी पीडितलाई पैसा दिनुपर्ने बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी पीडितको रकम हडप्नेलाई कारबाही हुनुपर्ने बताए।  ‘सडकको किनारामा मकै पोलेर, साग बेचेर, पसिना र रगत बेचेर संकलन...

के यी संस्था सुशासनका बाधक हुन्?, जो परेका छन् खारेजीको प्रस्तावमा

४ मिनेट अघि   सेतोपाटी

बालेन नेतृत्वको सरकारले पदभार सम्हालेकै दिन शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूची सार्वजनिक तय गरियो। यी १०० बुँदामध्ये धेरै अघिल्लो सरकारले तय गरेका सुशासन मार्गचित्र २०८२ अन्तर्गतका देखिएका छन्। २०८२ पुस १४ प्रधानमन्त्रीस्तरीय बैठकबाट सुशासन मार्गचित्र तयार गर्न प्रधानमन्त्री तथा...

प्रिमियम डिजाइनको ‘भिभो भी–७०’ सार्वजनिक हुँदै

१२ मिनेट अघि   सेतोपाटी

भिभोले फ्ल्यागशिप स्मार्टफोन 'भिभो भी–७०' को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ।  कम्पनीले 'जाइस पोर्ट्रेट सो प्रो' अवधारणामार्फत मोबाइल फोटोग्राफीलाई अझ उन्नत बनाउने संकेत दिएको छ। यसमा ५० मेगापिक्सलको जाइस सुपर टेलिफोटो क्यामरा रहने अपेक्षा गरिएको छ, जसले टाढाबाट खिचिएका...

अपराजित मधेशमाथि शीर्ष स्थानको आर्मीको जित, सुदूरपश्चिमले गण्डकीलाई हरायो

१२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले अपराजित रहेको मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।  जनकपुरमा भएको खेलमा हात पारेको जितपछि आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ। सुदुरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा छ। नेपाल...

यी हुन् हर्क साम्पाङले संसदमा उठाएका सात मुख्य बुँदा

२७ मिनेट अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठकमा विभिन्न मागहरू उठाएका छन्। बिहीबार दिउँसो सुरू भएको बैठकमा साम्पाङले बैठक ढिला गरी सुरू भएकोमा आपत्ति जनाए। उनले आजको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला सुरू भएको बताए। ‘अघिल्लो शपथ...

बाक्लो अँध्यारो चिर्न कोही मैन बन्नैपर्ने रहेछ– सुहाङ नेम्वाङ

२९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले अँध्यारो चिर्न आफूले संसदीय दल नेतामा दाबी गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले आफ्नो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्त्वाकांक्षा नभई पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा...

दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी

३७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका छन्।  बिहीबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले माफीको मूल्य अब न्यायले सुनिश्चित गर्ने पनि बताए। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश...

‘दिमाग घोच्ने मान्छे’ अब डिगो ओटिटी प्लेटफर्ममा

५२ मिनेट अघि   सेतोपाटी

उज्वल थापाको जीवनयात्रामा आधारिक वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब डिशहोम गो (डिगो) ओटिटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ। यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ। ओटिटी प्लेटफर्म डिगोमा १९९...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ८१ करोडमा सीमित

५४ मिनेट अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार १२ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन...

प्रतिपक्षी दलहरूलाई लामिछानेको आग्रह– हामीले बाटो बिरायौं भने सच्याइदिनुहोला

५८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले पार्टी र सरकारमाथि २४ सै घन्टा निगरानी गरिदिन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्। ‘प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ। हामीमाथि २४ सै घन्टा निगरानी गरिदिनुहोला,’ प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति लामिछानेले आग्रह...

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ। आज प्रतिनिधि सभामा कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले भने,...

ओली–लेखक पक्राउबारे लामिछाने– न्याय पाउने हक शहीदकी आमाको हो

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताउँदै त्यसलाई राजनीतिक प्रतिशोधन नभन्न आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले सन्दर्भ उल्लेख नगरी न्याय दिलाउन चालिएको कदमलाई राजनीतिक प्रतिशोध नभन्न...

स्वार्थको द्वन्द्व र नयाँ सरकार

१ घण्टा अघि   सेतोपाटी

नेपालको लोकतान्त्रिक अभ्यासमा पछिल्लो समय स्वार्थको द्वन्द्वले विधिको शासन र नैतिकताको जग पटक पटक हल्लाएको छ। सार्वजनिक पदमा बसेको व्यक्तिको व्यक्तिगत लाभ, नातागोता वा व्यावसायिक स्वार्थ र उसले निर्वाह गर्नुपर्ने सार्वजनिक कर्तव्यबीच टक्कर पर्छ, तब स्वार्थको द्वन्द्व जन्मिन्छ। विडम्बना, नेपालमा...

अमेरिकी चाहना अनुसार शासन चलाइरहेकी भेनेजुएलाकी राष्ट्रपति माथिको प्रतिबन्ध फुकुवा!

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजमाथि लगाएका प्रतिबन्धहरू हटाएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए। त्यसपछि मदुरोकी उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालिरहेकी छन्। मदुरोलाई पक्राउ गरेपछि अमेरिकाले...

सम्पत्ति शुद्धीकरण कसुरमा दीपक भट्ट पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एआइजी मनोज केसीले जानकारी दिए। उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचार पछि प्रहरीले उनलाई पक्राउ गरेको...

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्व बन्धु बगाले

१ घण्टा अघि   सेतोपाटी

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्व बन्धु बगाले नियुक्त भएका छन्। बालरोग विशेषज्ञ डा. बगाले स्वास्थ्य सेवा अन्तर्गत ११ औँ तहमा कार्यरत छन्। बगालेले पहिले पनि केही महिना भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेर काम गरेका थिए।  यसअघि भरतपुर...

युवराज दुलाल बने नेकपाको प्रमुख सचेतक

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन्। नेकपा संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उनलाई दल नेता चयन गरेका हुन्।  ‘हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा...

तस्बिरमा हेर्नुस् प्रतिनिधि सभाको पहिलो बैठक

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको पहिलो बैठक सुरू भएको छ। सिंहदरबारस्थित संघीय संसद भवनमा आज दिउँसो बैठक बसेको हो। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। उक्त निर्वाचनपछि पहिलो पटक आज प्रतिनिधि सभा बैठक बसेको हो। बैठकमा दलका शीर्ष नेता र स्वतन्त्र...

पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न एमालेको माग

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका हुन्। ‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको...

देउवाको सचिवालयले भन्यो- बूढानीलकण्ठमा रहेको निवास बिक्री गर्ने योजना छैन

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवास बिक्री गर्ने कुनै तयारी नरहेको सचिवालयले जानकारी दिएको छ। केही सञ्चार माध्यमहरूमा पूर्वप्रधानमन्त्री देउवाले निवास बिक्री गरेको खबर आएको भन्दै सचिवालयले उक्त निवास बिक्री गर्ने कुनै योजना नरहेको बताएको हो। ‘बूढालीलकण्ठस्थित देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम...

प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको पहिलो बैठक सुरू भएको छ। सिंहदरबारस्थित संघीय संसद भवनमा आज दिउँसो बैठक बसेको हो। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। उक्त निर्वाचनपछि पहिलो पटक आज प्रतिनिधि सभा बैठक बसेको हो। बैठकमा दलका शीर्ष नेता र स्वतन्त्र सांसद...

दीपेन्द्रसिंह ऐरीले किन लगाउँछन् ४५ नम्बरको जर्सी?

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी हाल पाकिस्तानमा छन्।  पाकिस्तान सुपर लिग टोली इस्लामावाद युनाइटेडमा आबद्ध ऐरीले अहिलेसम्म भने प्लेइङ-११ मा स्थान बनाएका छैनन्।  सुदूरपश्चिमको कञ्चनपुरमा हुर्किएका ऐरी नेपाली टोलीका भरपर्दा अलराउन्डर हुन्। नेपालका लागि महत्वपूर्ण खेल...

सल्यानमा अटो दुर्घटना, पाँच जना घाइते

२ घण्टा अघि   सेतोपाटी

सल्यानको कपुरकोट गाउँपालिका–४ लामिडाँडामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार बिहान करिब ११:२० बजे किमुचौरबाट मूलपानीतर्फ जाँदै गरेको (अस्थायी) म.प्र. ०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको...

अध्यक्ष परिषदका सदस्यहरूले धमाधम राजीनामा दिएपछि प्रलोपाले बोलायो केन्द्रीय समिति बैठक

२ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बुधबार बसेको अध्यक्ष परिषद् बैठकले केन्द्रीय कमिटिको बैठक आगामी वैशाख तेस्रो साता बस्ने र त्यसभन्दा अगाडि अध्यक्ष परिषद्को तयारी बैठक गर्ने निर्णय गरेको अध्यक्ष सन्तोष परियारले जानकारी दिए। अध्यक्ष...