ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योगहरू दुई वर्षभित्र सार्न सर्वोच्चको परमादेश

२२ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको संरक्षणका लागि बनाएको पर्खालभन्दा १५ किलोमिटर वरिपरिका उद्योगहरू बन्द गर्न वा स्थानान्तरण गर्न परमादेश दिएको छ।  जनहित संरक्षण मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलले गएको भदौ ११...

क्यानडाका ३ सहरमा गुञ्जिँदै नेपथ्य, टोरन्टोको टिकट 'सोल्ड आउट'

२७ मिनेट अघि   सेतोपाटी

नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानडामा शृङ्खलाबद्ध सांगीतिक प्रस्तुति दिने भएको छ। क्यानडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा व्यान्डले कन्सर्ट गर्न लागेको हो। नेपथ्यको पहिलो प्रस्तुति १० अप्रिल शुक्रबार सदबरी सहरस्थित 'सदबरी कम्युनिटी एरेना' मा हुनेछ। १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको...

ललितपुर महानगरपालिकाको वातावरण भ्यान (तस्बिरहरू)

२८ मिनेट अघि   सेतोपाटी

ललितपुर महानगरपालिकाले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ। उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका हुन्। वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत् महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ। यस...

किओच बाल अस्पताललाई गोल्छा ग्रुपको पाँच करोड सहयोग

४८ मिनेट अघि   सेतोपाटी

औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमकाबीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।...

'रामायण' टिजर सार्वजनिक, राम अवतारमा यस्तो देखिए रणवीर कपूर (भिडिओ)

५९ मिनेट अघि   सेतोपाटी

बहुप्रतिक्षित बलिउड फिल्म 'रामायण' को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक टिजरमा अभिनेता रणवीर कपूर भगवान् रामको भूमिकामा देखिएका छन्। नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्मको टिजर मुम्बईमा एक भव्य कार्यक्रमकाबीच लन्च गरिएको हो।  टिजरमा रणवीरको राजसी लुकले दर्शकलाई निकै प्रभावित...

आज संसदमा बोल्दै रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने आज संसदमा बोल्ने भएका छन्। आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। आजको बैठकमा दलका शीर्ष नेता बोल्ने कार्यक्रम छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने आज संसदमा बोल्ने कार्यक्रम...

मन्त्री प्रतिभा रावलले सुरू गरिन् सहकारी पीडितसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग छलफल सुरू गरेकी छन्। सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्य लिएको छ। आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या...

अमेरिकाले दुई–तीन साता इरानमाथि थप कडा आक्रमण गर्ने

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबका दुई-तीन साता इरानमाथि कडा आक्रमण हुने बताएका छन्। बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो युद्धमा अमेरिका आफ्ना मुख्य रणनीतिक लक्ष्यहरूको नजिक पुगेको पनि बताए। '३२ दिनको सैन्य कारबाहीमा अमेरिकी सेनाले कम समयमै निर्णायक...

एमाले राष्ट्रिय सभा दल नेतामा प्रेम दंगाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले राष्ट्रिय सभा दल नेतामा प्रेम दंगाल चयन भएका छन्। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीका अनुसार बिहीबार बिहान बसेको संसदीय दल बैठकमा संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि तोकेका हुन्। ‘संसदीय दल नेताले राष्ट्रिय सभामा प्रतिनिधि...

१ घन्टा ७ मिनेट बोल्न मन छ, जम्मा ७ मिनेट दिने खबर आयो- हर्क साम्पाङ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले संसद बैठकमा बोल्न कम समय दिइएकोमा असन्तुष्टि जनाएका छन्। आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा शीर्ष नेता बोल्ने कार्यक्रम छ। ‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर...

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ।  बुधबार प्रतितोला सात हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा...

संसद बैठकअघि कांग्रेस संसदीय दल बैठक बस्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दल बैठक बस्ने भएको छ। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बस्ने भएको हो। आजै दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ। त्यसअघि कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो। सांसद प्रकाशसिंह कार्कीका...

रवि लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक छैन- संसद सचिवालय

२ घण्टा अघि   सेतोपाटी

संघीय संसद सचिवालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक नभएको जनाएको छ।  लामिछाने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए। उनीविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ। अघिल्लो प्रतिनिधि...

महेश बस्नेत विरूद्धको रिट खारेज भए पनि सकिएको छैन कारबाही प्रक्रिया

२ घण्टा अघि   सेतोपाटी

एमाले सचिव महेश बस्नेतविरूद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउन परमादेश मागेको रिट खारेज भए पनि उनीविरूद्ध अनुसन्धान गर्ने बाटो खुला छ। शोभा पाठकले दिएको उक्त रिट उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार खारेज...

प्रलोपा अध्यक्ष मण्डलबाट सुदन किरातीले दिए राजीनामा

२ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) अध्यक्ष मण्डलबाट सुदन किरातीले राजीनामा दिएका छन्। गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष मण्डलमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए। किरातीले केही दिनअघि राजीनामा दिएको अध्यक्ष मण्डलका सदस्य सन्तोष...

आज संसद बैठकमा ३ अध्यादेश पेस गर्दै गृहमन्त्री गुरूङ

३ घण्टा अघि   सेतोपाटी

आजबाट सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरूङले तीन अध्यादेश पेस गर्दै छन्। उनले 'मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२', 'प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२' र 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२' पेस गर्ने सम्भावित कार्यसूची...

शंकर पोखरेलको पुतला जलाउने एमाले अखिलका नेता भन्छन्– पार्टीमा अब विशेष महाधिवेशन

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका जनसंगठनहरू अहिले आन्दोलित छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानमुद्दामा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध साधिएको भन्दै उनीहरू सडकमै निस्किए। शनिबार र आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रहरीसँग घम्साघम्सी पर्‍यो। सिंहदरबार र माइतीघर क्षेत्रमा प्रहरीले लाठीचार्ज गर्दा एमालेका केही...

सुरू भयो एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ। बिहान ८ बजेदेखि परीक्षा आरम्भ भएको हो। यस वर्ष परीक्षा थप पारदर्शी र व्यवस्थित बनाइएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि...

आज विश्व अटिजम सचेतना दिवस

४ घण्टा अघि   सेतोपाटी

बिहीबार विश्व अटिजम सचेतना दिवस हो। यो मस्तिष्क विकाससँग सम्बन्धित छ।  विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ। बोल्ने र सोच्ने शैली फरक हुन्छ।  अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान...

बुटवलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र उद्घाटन

४ घण्टा अघि   सेतोपाटी

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साधन श्रोतका अभावकाबीच पनि नेपाल प्रहरीको काँधमा जनताको शान्ति सुरक्षाको जिम्मेवारी रहेको बताएका छन्।  इलाका प्रहरी कार्यालय बुटवलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीलाई भवन, साधन र...

लुम्बिनी प्रदेशमा ८९ हजार १७ विद्यार्थीले एसइई परीक्षा दिँदै

५ घण्टा अघि   सेतोपाटी

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदै छ। आजदेखि चैत्र २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। यस वर्ष लुम्बिनी प्रदेशबाट कुल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदै छन्।  नियमित (साधारण तथा प्राविधिक) तर्फ...

प्रधानमन्त्री शाहलाई रूसी समकक्षीको बधाई

६ घण्टा अघि   सेतोपाटी

बालेन शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले  रूसको संघीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन्।   सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

६ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा...

आज कति छ अमेरिकी डलरको मूल्य?

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले  बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ।  यस्तै, युरोपियन...