कांग्रेसका पूर्वसांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापना माग्दै दायर गरेको रिटमा कारण देखाऊ आदेश
नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ। कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते दर्ता गरेको रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ भएको हो।...
